YouVersion लोगो
खोज आइकन

प्रकाश 21:4-7

प्रकाश 21:4-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्‌।” सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्‍नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्‍याउँछु।” उहाँले यसो पनि भन्‍नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्‍य छन्‌।” उहाँले मलाई भन्‍नुभयो, “अब सिद्धियो। म अल्‍फा र ओमेगा हुँ, आदि र अन्‍त्‍य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु। जसले विजय प्राप्‍त गर्छ त्‍यसले यो उत्तराधिकार पाउनेछ, र म त्‍यसका परमेश्‍वर हुनेछु, र त्‍योचाहिँ मेरो छोरो हुनेछ।

शेयर गर्नुहोस्
प्रकाश 21 पढ्नुहोस्

प्रकाश 21:4-7 नेपाली समकालीन संस्करण (NCV)

उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब उप्रान्त त्यहाँ मृत्यु, शोक, विलाप अथवा कष्‍ट हुनेछैन; किनकि पुराना कुराहरू बितिसकेका छन्।” सिंहासनमा विराजमान हुनुहुनेले भन्‍नुभयो, “म सबै थोक नयाँ बनाउँदैछु!” तब उहाँले भन्‍नुभयो, “यी वचनहरू लेख, किनकि यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्।” उहाँले मलाई भन्‍नुभयो, “अब सिद्धियो। म नै अल्फा र ओमेगा, आदि र अन्त हुँ। जो तिर्खाउँछ, म त्यसलाई जीवनको पानीको मूलबाट पिउनलाई सित्तैंमा दिनेछु। जो विजयी हुन्छन्, तिनीहरू सबैले उत्तराधिकार पाउनेछन्; अनि म तिनीहरूका परमेश्‍वर र तिनीहरू मेरा सन्तान हुनेछन्।

शेयर गर्नुहोस्
प्रकाश 21 पढ्नुहोस्

प्रकाश 21:4-7 पवित्र बाइबल (NERV)

परमेश्वरले तिनीहरूको आखाँबाट जम्मै आँसु पुछ्नु हुनेछ। अब उसो त्यहाँ मृत्यु, शोक, रोदन वा पीडा केही हुने छैन। सबै पुरानो वस्तुहरू बितेर गए।” उनी एक जो सिंहासनमा थिए उहाँले भन्नुभयो, “हेर! अहिले म हरेक कुरालाई नयाँ तुल्याउँदैछु।” तब उहाँले भन्नुभयो, “यसलाई लेख, किनभने यी वचनहरू विश्वासयोग्य अनि सत्य छन्।” उहाँ जो सिंहासनमा हुनुहुनथ्यो उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा अनि ओमेगा, आदि अनि अन्त हुँ। म कुनै पनि मानिस जो तिर्खाएको छ उसलाई जीवनका पानीको फोहराबाट सित्तैमा दिनेछु। कुनै मानिस, जसले विजय प्राप्त गर्छ, यो सबै प्राप्त गर्नेछ। अनि म उसको परमेश्वर हुनेछु। अनि ऊ मेरो छोरो हुनेछ।

शेयर गर्नुहोस्
प्रकाश 21 पढ्नुहोस्

प्रकाश 21:4-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अबदेखि कोही मर्नुपर्नेछैन। कसैले पनि शोक मानेर रुनेछैन, कुनै किसिमको दु:ख हुँदैन। पुराना सबै कुरा बितिसकेका छन्। तब सिंहासनमा विराजमान् हुनुहुने परमेश्‍वरले भन्‍नुभयो, “हेर! अब म सबै कुरा नयाँ बनाउँछु।” उहाँले मलाई यसो पनि भन्‍नुभयो, “यी कुरा लेख किनभने ती साँचा र विश्‍वास गर्न सकिने कुरा हुन्।” अनि उहाँले भन्‍नुभयो, “अब सबै काम पूरा भइसके! अल्‍फा र ओमेगा आदि र अन्‍त म नै हुँ। जस-जसलाई तिर्खा लाग्‍छ, तिनीहरूलाई म जीवनको पानीको मूलबाट सित्तैंमा पिउन दिनेछु। ज-जसले जित्‍छ, उसले मबाट यो हक पाउनेछ। म उसका परमेश्‍वर हुन्‍छु र ऊ मेरो छोरो हुनेछ।

शेयर गर्नुहोस्
प्रकाश 21 पढ्नुहोस्