YouVersion लोगो
खोज आइकन

प्रकाश 21:2-5

प्रकाश 21:2-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अनि मैले परमेश्‍वरबाट दुलहाको निम्‍ति दुलही जस्‍तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात्‌ पवित्र सहर, नयाँ यरूशलेम स्‍वर्गबाट तलतिर झरिरहेको देखें। सिंहासनबाट यसो भन्‍ने एउटा चर्को सोर मैले सुनें, “हेर, परमेश्‍वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्‍वर आफै तिनीहरूका परमेश्‍वर भएर तिनीहरूसँग रहनुहुनेछ। उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्‌।” सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्‍नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्‍याउँछु।” उहाँले यसो पनि भन्‍नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्‍य छन्‌।”

शेयर गर्नुहोस्
प्रकाश 21 पढ्नुहोस्

प्रकाश 21:2-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अनि मैले पवित्र सहर अर्थात् नयाँ यरूशलेमलाई आफ्ना पतिको निम्ति दुलहीझैँ सिँगारिएर स्वर्गदेखि परमेश्‍वरबाट तल झरिरहेको देखेँ। तब मैले सिंहासनबाट चर्को सोरले यसो भनिरहेको सुनेँ, “हेर! अब परमेश्‍वरको बास मानिसहरूसित भएको छ, र उहाँ तिनीहरूसित बस्‍नुहुनेछ। तिनीहरू उहाँका जातिहरू हुनेछन्, र परमेश्‍वर आफैँ नै तिनीहरूसित तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब फेरि त्यहाँ न मृत्यु, न शोक, न विलाप अथवा न कष्‍ट नै हुनेछ; किनकि पुराना कुराहरू बितिसकेका छन्।” सिंहासनमा विराजमान हुनुहुनेले भन्‍नुभयो, “म सबै थोक नयाँ बनाउँछु!” तब उहाँले भन्‍नुभयो, “यी वचनहरू लेख; किनकि यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्।”

शेयर गर्नुहोस्
प्रकाश 21 पढ्नुहोस्

प्रकाश 21:2-5 पवित्र बाइबल (NERV)

अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखेँ। यो पवित्र नगर नयाँ यरुशलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिंगारिएकी दुलही जस्तै बनाइएको थियो। मैले सिंहासनबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले भन्यो, “अब परमेश्वरको भवन मानिसहरूसँग छ। उनी तिनीहरूसँग रहनेछन्। तिनीहरू उनका मानिसहरू हुनेछन्। परमेश्वर स्वयं तिनीहरूसित हुनेछन् अनि तिनीहरूका परमेश्वर बन्नेछन्। परमेश्वरले तिनीहरूको आखाँबाट जम्मै आँसु पुछ्नु हुनेछ। अब उसो त्यहाँ मृत्यु, शोक, रोदन वा पीडा केही हुने छैन। सबै पुरानो वस्तुहरू बितेर गए।” उनी एक जो सिंहासनमा थिए उहाँले भन्नुभयो, “हेर! अहिले म हरेक कुरालाई नयाँ तुल्याउँदैछु।” तब उहाँले भन्नुभयो, “यसलाई लेख, किनभने यी वचनहरू विश्वासयोग्य अनि सत्य छन्।”

शेयर गर्नुहोस्
प्रकाश 21 पढ्नुहोस्

प्रकाश 21:2-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अनि परमेश्‍वरबाट स्‍वर्गबाट पवित्र सहर ओर्लिरहेको मैले देखें। तिनलाई आफ्‍ना दुलहा भेट्‍न सिँगारिएकी दुलहीजस्‍तै गरी तयार भएको मैले देखें। सिंहासनबाट ठूलो सोरमा यसो भनेको मैले सुनें, “हेर! अबदेखि परमेश्‍वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ र उनीहरू उहाँकै मानिसहरू हुनेछन्। परमेश्‍वर आफैं उनीहरूसित हुनुहुनेछ अनि उहाँ उनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अबदेखि कोही मर्नुपर्नेछैन। कसैले पनि शोक मानेर रुनेछैन, कुनै किसिमको दु:ख हुँदैन। पुराना सबै कुरा बितिसकेका छन्। तब सिंहासनमा विराजमान् हुनुहुने परमेश्‍वरले भन्‍नुभयो, “हेर! अब म सबै कुरा नयाँ बनाउँछु।” उहाँले मलाई यसो पनि भन्‍नुभयो, “यी कुरा लेख किनभने ती साँचा र विश्‍वास गर्न सकिने कुरा हुन्।”

शेयर गर्नुहोस्
प्रकाश 21 पढ्नुहोस्