प्रकाश 21:1-2
प्रकाश 21:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बितिगएका थिए। समुद्र त अब छँदैथिएन। अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलही जस्तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात् पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तलतिर झरिरहेको देखें।
प्रकाश 21:1-2 पवित्र बाइबल (NERV)
तब मैले एउटा नयाँ स्वर्ग अनि नयाँ पृथ्वी देखें। पहिलो स्वर्ग अनि पृथ्वी अदृश्य भयो। अब त्यहाँ सागर थिएन। अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखेँ। यो पवित्र नगर नयाँ यरुशलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिंगारिएकी दुलही जस्तै बनाइएको थियो।
प्रकाश 21:1-2 नेपाली समकालीन संस्करण (NCV)
तब मैले “एउटा नयाँ आकाश र एउटा नयाँ पृथ्वी देखें,” किनकि पहिलो आकाश र पहिलो पृथ्वी त बितिसकेका थिए; अनि त्यहाँ समुद्र पनि थिएन। अनि मैले पवित्र शहर अर्थात् नयाँ यरूशलेमलाई आफ्ना पतिको निम्ति दुलहीझैं सिँगारिएर स्वर्गदेखि परमेश्वरबाट तल झरिरहेको देखें।
प्रकाश 21:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसपछि मैले नयाँ स्वर्ग र नयाँ पृथ्वी देखें। पहिलो स्वर्ग र पहिलो पृथ्वी हराएर गयो अनि समुद्रचाहिँ लुप्त भयो। अनि परमेश्वरबाट स्वर्गबाट पवित्र सहर ओर्लिरहेको मैले देखें। तिनलाई आफ्ना दुलहा भेट्न सिँगारिएकी दुलहीजस्तै गरी तयार भएको मैले देखें।