YouVersion लोगो
खोज आइकन

प्रकाश 18:1-4

प्रकाश 18:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसपछि ठूलो अधिकार भएका अर्का एउटा स्‍वर्गदूत स्‍वर्गबाट तल आइरहेका मैले देखें। तिनको वैभवले पृथ्‍वी उज्‍यालो भयो। तिनले यसो भनेर शक्तिशाली सोरले कराए: “महानगरी बेबिलोनको पतन भयो, यो महानगरी भूतहरूको वासस्‍थान, हरेक अशुद्ध आत्‍मा, र हरेक अशुद्ध तथा घृणित पक्षीको अखड़ा भएको छ। किनकि सबै जातिहरूले त्‍यसको अशुद्ध कामवासनाको मद्य पिएका छन्, र पृथ्‍वीका राजाहरूले त्‍यससँग व्‍यभिचार गरेका छन्, र पृथ्‍वीका व्‍यापारीहरू त्‍यसको विलासिताको प्रभावले धनी भएका छन्‌।” तब मैले स्‍वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनें: “हे मेरा मानिस हो, त्‍यसबाट निस्‍केर आओ, नत्रता त्‍यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ, र त्‍यसका विपत्तिहरू तिमीहरू भोग्‍नेछौ

शेयर गर्नुहोस्
प्रकाश 18 पढ्नुहोस्

प्रकाश 18:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसपछि मैले अर्को स्वर्गदूतलाई स्वर्गबाट तल आइरहेको देखेँ। तिनीसित ठूलो अख्तियार थियो; अनि तिनको वैभवले पृथ्वी उज्यालो भयो। तिनले ठूलो सोरमा यसो भनेर कराए: “ ‘पतन भयो! महान् सहर बेबिलोनको पतन भयो!’ त्यो भूतहरूको घर भएको छ; अनि प्रत्येक अशुद्ध आत्माको अड्डा, प्रत्येक अशुद्ध चराको अड्डा भएको छ। प्रत्येक अशुद्ध तथा घृणित जन्तुहरूको लुक्ने ठाउँ भएको छ। किनकि सबै राष्ट्रहरूले त्यसको अशुद्ध कामवासनाको मद्य पिएर मातेका छन्। पृथ्वीका राजाहरूले त्यससित व्यभिचार गरेका छन्; अनि पृथ्वीका व्यापारीहरू त्यसको अत्याधिक विलासिताको प्रभावले धनी भएका छन्।” तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनेँ: “ ‘हे मेरा मानिसहरू हो, त्यसबाट निस्केर आओ,’ ताकि तिमीहरूले त्यसका पापहरूको सहभागी हुन नपरोस्; अनि तिमीहरूमा त्यसका कुनै विपत्ति पनि नआओस्

शेयर गर्नुहोस्
प्रकाश 18 पढ्नुहोस्

प्रकाश 18:1-4 पवित्र बाइबल (NERV)

तब मैले स्वर्गबाट तल झर्दै गरेको अर्को स्वर्गदूतलाई देखें। यो स्वर्गदूतको महाशक्ति थियो। त्यस स्वर्गदूतको महिमाले पृथ्वी उज्यालो भयो। त्यो स्वर्गदूत जोडले करायो, “उसको संहार भयो! बेबिलोन महानगर संहार भयो! ऊ अशुद्ध आत्माको बासस्थान बनियो। ऊ हरेक दुषित आत्मा बस्ने स्थान बनियो। ऊ सबै किसिमका अस्वच्छ पंक्षीहरू बस्ने नगर बनियो। ऊ हरेक अस्वच्छ औ घृणित पशुहरूको नगर बनियो। पृथ्वीका समस्त राष्ट्रहरूले उसको व्यभिचारको अनि परमेश्वरको प्रकोपको दाखरस पिएका छन्। पृथ्वीका राजाहरूले उसित व्यभिचारी पाप गरेकाछन्। अनि संसारका व्यापारीहरू उसको भोग विलासको सम्पतिबाट धनी बनेका छन्।” त्यसपछि मैले स्वर्गबाट अर्को आवाजमा भन्दै गरेको सुने

शेयर गर्नुहोस्
प्रकाश 18 पढ्नुहोस्

प्रकाश 18:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यसपछि स्‍वर्गबाट ओर्लिरहेका अर्का एउटा स्‍वर्गदूत मैले देखें। उनको ठूलो अधिकार थियो र उनको तेजले सारा पृथ्‍वी उज्‍यालो भयो। उनले जोडले यसो भनेर कराए, “ध्‍वंश भयो! त्‍यो ठूलो बेबिलोन ध्‍वंश भयो! अब शैतानका भूतहरू र अशुद्ध आत्‍माहरू र अनेक घिनलाग्‍दा र फोहोरी पक्षी त्‍यहाँ बस्‍छन् किनभने सबै जातिहरू त्‍यसको व्‍यभिचारले जाँड पिएर मातेझैँ मातेका छन्। संसारका राजाहरूले त्‍योसित गएर व्‍यभिचार गरे र त्‍यसको नमेटिने अभिलाषा तृष्‍णाले संसारका व्‍यापारीहरू औधी धनी भए।” यसपछि आकाशबाट यसो भन्‍ने अर्को एउटा सोर मैले सुनें, “हे मेरा मानिसहरू हो! त्‍यसदेखि अलग होओ। त्‍यसको पापमा सहभागी नहोओ। त्‍यसको सजाय तिमीहरूमाथि नपरोस्

शेयर गर्नुहोस्
प्रकाश 18 पढ्नुहोस्