YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 91:9-15

भजनसंग्रह 91:9-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यदि तिमीले सर्वोच्‍च प्रभुलाई आफ्‍नो वासस्‍थान बनायौ भने— परमप्रभुलाई, जो मेरो शरणस्‍थान हुनुहुन्‍छ— तिम्रो कुनै अनिष्‍ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन। किनकि उहाँले आफ्‍ना स्‍वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ। तिनीहरूले तिमीलाई आफ्‍ना हात-हातै थाम्‍नेछन्‌, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्‌। तिमीले सिंह र गोमनलाई कुल्‍चनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि लतार्नेछौ। परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यसले मलाई प्रेम गरेको हुनाले, म त्‍यसलाई छुटाउनेछु। त्‍यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्‍यसको रक्षा गर्नेछु। त्‍यसले मेरो पुकारा गर्नेछ, र म त्‍यसलाई उत्तर दिनेछु। त्‍यसका दु:खको घड़ीमा म त्‍यससँग हुनेछु, म त्‍यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 91 पढ्नुहोस्

भजनसंग्रह 91:9-15 पवित्र बाइबल (NERV)

किनभने तिमी परमप्रभुमा भरोसा गर्दछौ। तिमीले सर्वोच्च परमेश्वरलाई आफ्नो सुरक्षाको ठाउँ बनायौ। तिमीलाई केही नराम्रो हुनेछैन। त्यहाँ तिम्रो घरमा कुनै प्रकारको रोग हुने छैन। परमेश्वरले तिमीहरूको लागि स्वर्गदूतहरूलाई आज्ञा दिनु हुनेछ, अनि तिनीहरूले तिमीहरूलाई जहाँ जाँदा पनि रक्षा गर्नेछन्। तिनीहरूका हातहरूले तिमीहरूलाई पक्रनेछन्, त्यसैकारण तिमीहरूले आफ्नो खुट्टा ढुङ्गामा बजार्नु पर्दैन। तिमीहरूले सिंहहरूमाथि र विषालु सर्पहरूमाथि हिंड्ने शक्ति पाउनेछौ। परमप्रभु भन्नुहुन्छ, “यदि कुनै मानिसले ममा भरोसा गर्दछ भने, म उसलाई बचाउँने छु। जसले मेरो नाउँलाई उपासना गर्दछ म मेरो भक्तजनहरूलाई रक्षा गर्नेछु। मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्। अनि म तिनीहरूलाई जवाफ दिने छु म तिनीहरूको दुःखको बेलामा साथ रहनेछु, म तिनीहरूलाई मुक्त गर्ने छु र सम्मान गर्ने छु।

शेयर गर्नुहोस्
भजनसंग्रह 91 पढ्नुहोस्

भजनसंग्रह 91:9-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुलाई आफ्‍ना त्राणकर्ता र सर्वोच्‍च प्रभुलाई आफ्‍ना रक्षक तिमीले बनाएका छौ, यसर्थ तिमीमाथि केही विपद् आइपर्नेछैन र तिम्रो घर छेउछाउ कुनै हुलदङ्गा आउनेछैन। तिमी जहाँ गए पनि रक्षा गर्नलाई परमेश्‍वरले आफ्‍ना दूतहरूलाई तिम्रो जिम्‍मा दिनुहुनेछ। ढुङ्गामा तिम्रा खुट्टालाई चोट नलागोस् भनेर तिनीहरूले आफ्‍ना हातले तिमीलाई उचालिराख्‍नेछन्। तिमीले सिंहहरू र सर्पहरू, डरलाग्‍दा सिंहहरू र विषालु सर्पहरू पैतालाले कुल्‍चनेछौ। “जसले मलाई प्रेम गर्छन्, तिनीहरूलाई म बचाउनेछु र जसले मलाई परमप्रभु भनी स्‍वीकार गर्छन्, तिनीहरूलाई म रक्षा गर्नेछु। तिनीहरूले मलाई पुकार्दा म तिनीहरूलाई जवाफ दिनेछु; तिनीहरू कष्‍टमा पर्दा म तिनीहरूको साथ रहनेछु, म तिनीहरूलाई बचाउनेछु र आदर दिनेछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 91 पढ्नुहोस्