परमप्रभुलाई आफ्ना त्राणकर्ता र सर्वोच्च प्रभुलाई आफ्ना रक्षक तिमीले बनाएका छौ, यसर्थ तिमीमाथि केही विपद् आइपर्नेछैन र तिम्रो घर छेउछाउ कुनै हुलदङ्गा आउनेछैन। तिमी जहाँ गए पनि रक्षा गर्नलाई परमेश्वरले आफ्ना दूतहरूलाई तिम्रो जिम्मा दिनुहुनेछ। ढुङ्गामा तिम्रा खुट्टालाई चोट नलागोस् भनेर तिनीहरूले आफ्ना हातले तिमीलाई उचालिराख्नेछन्। तिमीले सिंहहरू र सर्पहरू, डरलाग्दा सिंहहरू र विषालु सर्पहरू पैतालाले कुल्चनेछौ। “जसले मलाई प्रेम गर्छन्, तिनीहरूलाई म बचाउनेछु र जसले मलाई परमप्रभु भनी स्वीकार गर्छन्, तिनीहरूलाई म रक्षा गर्नेछु। तिनीहरूले मलाई पुकार्दा म तिनीहरूलाई जवाफ दिनेछु; तिनीहरू कष्टमा पर्दा म तिनीहरूको साथ रहनेछु, म तिनीहरूलाई बचाउनेछु र आदर दिनेछु।
भजनसंग्रह 91 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 91:9-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू