भजनसंग्रह 84:8-12
भजनसंग्रह 84:8-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु सर्वशक्तिमान् परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्। हे याकूबका परमेश्वर, मेरो कुरा सुन्नुहोस्। सेला हे परमेश्वर, हाम्रो ढाल हेर्नुहोस्, र आफ्ना अभिषिक्तमाथि निगाह राख्नुहोस्। तपाईंको मन्दिरभित्रको एक दिन अरू ठाउँका हजार दिनभन्दा उत्तम छ। दुष्टहरूका पालमा बस्नुभन्दा बरु मेरा परमेश्वरका भवनको ढोके हुनलाई मलाई मन पर्छ। किनकि परमप्रभु परमेश्वर सूर्य र ढाल हुनुहुन्छ, परमप्रभुले निगाह र इज्जत प्रदान गर्नुहुन्छ। सत्य मार्गमा हिँड्नेहरूलाई परमप्रभुले कुनै भलो थोकबाट वञ्चित राख्नुहुन्न। हे सर्वशक्तिमान् परमप्रभु, तपाईंमा भरोसा राख्ने मानिस धन्यको हो।

भजनसंग्रह 84:8-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह सेनाहरूका परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्; हे याकोबका परमेश्वर, मेरो बिन्ती सुन्नुहोस्! सेला हे परमेश्वर, जो हाम्रो ढाल हुनुहुन्छ, हामीलाई हेर्नुहोस्; तपाईंको आफ्नो अभिषिक्तमाथि कृपादृष्टि गर्नुहोस्! तपाईंको मन्दिरको चोकमा एक दिन अरू ठाउँको हजार दिनभन्दा उत्तम छ; दुष्टहरूका पालहरूमा बस्नुभन्दा त, बरु मेरा परमेश्वरको भवनको ढोके हुन मलाई मन पर्छ, किनकि याहवेह परमेश्वर सूर्य र ढाल हुनुहुन्छ; याहवेहले निगाह र इज्जत दिनुहुन्छ; सत्य मार्गमा हिँड्नेहरूलाई याहवेहले कुनै भलो कुराबाट वञ्चित राख्नुहुन्न। हे सेनाहरूका याहवेह, तपाईंमा भरोसा राख्ने मानिसहरू धन्यका हुन्।
भजनसंग्रह 84:8-12 पवित्र बाइबल (NERV)
हे सेनाहरूका परमेश्वर परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस् हे याकूबका परमेश्वर, मलाई ध्यान दिनुहोस्। हे परमेश्वर, हाम्रो रक्षक को रक्षा गर्नुहोस्, तपाईंका अभिषिक्त राजा प्रति कृपालु हुनु होस्। हे परमेश्वर, तपाईंको मन्दिरभित्रको एक दिन अरू ठाउँका हजार दिनभन्दा उत्तम छ। दुष्टहरूका घरमा बस्नुभन्दा बरू मेरा परमेश्वरका मन्दिरको द्वारपाले हुनलाई मलाई मन पर्छ। परमप्रभु हाम्रा रक्षक र महिमामय राजा हुनुहुन्छ, परमेश्वरले हामीलाई दया र महिमाले आशीर्वाद दिनुहुन्छ। जसले परमप्रभुको अनुशरण र आज्ञा पालन गर्दछ। उहाँले ती मानिसहरूलाई प्रत्येक असल चीज दिनुहुन्छ। हे सेनाहरूका परमप्रभु, मानिसहरू जसले तपाईंमाथि भरोसा गर्छन् उनीहरू अति नै आनन्दित हुन्छन्।
भजनसंग्रह 84:8-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु, सर्वशक्तिमान् परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्। हे याकूबका परमेश्वर, मतिर कान थाप्नुहोस्! हे परमेश्वर, तपाईंले चुन्नुभएको हाम्रा राजालाई आशिष् दिनुहोस्। अरू कहीँ पनि बिताएका एक हजार दिनभन्दा तपाईंको मन्दिरमा बिताएको एक दिन असल हो। दुष्टहरूको घरमा बस्नुभन्दा त बरु म परमेश्वरको भवनको ढोकामा बस्न रुचाउँदछु। परमप्रभु हाम्रा रक्षक र गौरवपूर्ण राजा हुनुहुन्छ। उहाँले हामीलाई दया र मान गरेर आशिष् दिनुहुन्छ। उहाँले असल काम गर्नेहरूलाई कुनै पनि असल कुरो इन्कार गर्नुहुन्न। सर्वशक्तिमान् परमप्रभु! तपाईंमा भरोसा राख्नेहरू कति खुसी छन्!