YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 84:8-12

भजनसंग्रह 84:8-12 NNRV

हे परमप्रभु सर्वशक्तिमान्‌ परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्‌। हे याकूबका परमेश्‍वर, मेरो कुरा सुन्‍नुहोस्‌। सेला हे परमेश्‍वर, हाम्रो ढाल हेर्नुहोस्‌, र आफ्‍ना अभिषिक्तमाथि निगाह राख्‍नुहोस्‌। तपाईंको मन्‍दिरभित्रको एक दिन अरू ठाउँका हजार दिनभन्‍दा उत्तम छ। दुष्‍टहरूका पालमा बस्‍नुभन्‍दा बरु मेरा परमेश्‍वरका भवनको ढोके हुनलाई मलाई मन पर्छ। किनकि परमप्रभु परमेश्‍वर सूर्य र ढाल हुनुहुन्‍छ, परमप्रभुले निगाह र इज्‍जत प्रदान गर्नुहुन्‍छ। सत्‍य मार्गमा हिँड्‌नेहरूलाई परमप्रभुले कुनै भलो थोकबाट वञ्‍चित राख्‍नुहुन्‍न। हे सर्वशक्तिमान्‌ परमप्रभु, तपाईंमा भरोसा राख्‍ने मानिस धन्‍यको हो।