YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 68:4-10

भजनसंग्रह 68:4-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमेश्‍वरको निम्‍ति भजन गाओ, उहाँका नाउँको स्‍तुति गाओ, बादलहरूमाथि सवार हुनुहुनेको निम्‍ति एउटा भजन गाओ। उहाँको नाउँ परमप्रभु हो, तिमीहरू उहाँको अगि उल्‍लसित होओ। परमेश्‍वर आफ्‍नो पवित्र वासस्‍थानमा अनाथका पिता र विधवाहरूका रक्षक हुनुहुन्‍छ। एकलो मानिसलाई परमेश्‍वरले परिवारमा बसाल्‍नुहुन्‍छ। उहाँ कैदीहरूलाई मुक्त गरी आनन्‍दित तुल्‍याउनुहुन्‍छ, तर बागीहरूचाहिँ घामले डढ़ेको भूमिमा वास गर्छन्‌। हे परमेश्‍वर, जब तपाईं आफ्‍ना मानिसहरूका अगिअगि निस्‍कनुभयो, जब तपाईं उजाड-स्‍थानबाट भएर अगि बढ्‌नुभयो, सेला पृथ्‍वी काम्‍यो, आकाशले वृष्‍टि खन्‍यायो, परमेश्‍वरको सामु, सीनैमा हुनुहुने, परमेश्‍वरको सामु, इस्राएलका परमेश्‍वर। हे परमेश्‍वर, तपाईंले मुसलधार पानी बर्साउनुभयो, ओइलिसकेको तपाईंको भूमिलाई पुनर्स्‍थापन गर्नुभयो। तपाईंका मानिसहरूले त्‍यस भूमिमा बसोबास गरे, अनि आफ्‍नो प्रशस्‍तताबाट, हे परमेश्‍वर, तपाईंले दरिद्रहरूको भरणपोषण गर्नुभयो।

शेयर गर्नुहोस्
भजनसंग्रह 68 पढ्नुहोस्

भजनसंग्रह 68:4-10 पवित्र बाइबल (NERV)

उहाँको सम्मानमा बाजा गाजा सहित गीत गाऊ। परमेश्वरको निम्ति बाटो तयार पार। उहाँले आफ्नो रथ मरुभूमि तिर उडाउनुहुन्छ उहाँको नाउँ “याह” हो उहाँको नाउँको प्रशंसा गर! उहाँको पवित्र मन्दिरमा परमेश्वर टुहुरा-टुहरीका निम्ति पिता झैं हुनुहुन्छ, उहाँले विधवहरूको हेरचाह गर्नुहुन्छ। परमेश्वरले एक्लो मानिसलाई घर दिनुहुन्छ। उहाँले कैदीहरूलाई धैरे सम्पत्तिसित बाहिर ल्याउनुहुन्छ। तर जो मानिसहरू परमेश्वरको विरोधमा जान्छन् तिनीहरूसित केही पनि रहँदैन। हे परमेश्वर, तपाईंले आफ्नो भक्तजनहरूलाई मिश्रबाट बाहिर डोर्याउनु भयो। तपाईं मरुभूमि भएर कदम बढाउनु भयो र पृथ्वी पनि हल्लियो। हे परमप्रभु इस्राएल का परमेश्वर, जब सीनैपर्वतमा आउनु भयो, तब पृथ्वी काम्यो अनि आकाश पग्लियो। हे परमेश्वर, तपाईंले बर्षा पठाउनु भयो, क्लान्त, वृद्ध धर्तीलाई फेरि बलियो भूमि बनाउन। तपाईंका पशुहरू फर्केर त्यही भूमिमा आए। हे परमेश्वर, तपाईंले गरीब दुःखीहरूलाई धेरै राम्रा चीजहरू दिनुभयो।

शेयर गर्नुहोस्
भजनसंग्रह 68 पढ्नुहोस्

भजनसंग्रह 68:4-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वरको स्‍तुति गर, उहाँको नाममा प्रशंसा गाओ, बादलमा सवारी भई आउनुहुनेको निम्‍ति एउटा बाटो तयार गर। उहाँको नाम परमप्रभु हो, उहाँको उपस्‍थितिमा आनन्‍दित होओ। परमेश्‍वरले आफ्‍नो पवित्र मन्‍दिरमा बास गर्नुहुने टुहुरा-टुहुरीको वास्‍ता गर्नुहुन्‍छ र विधवाहरूको रक्षा गर्नुहुन्‍छ। उहाँले एक्‍लो मानिसलाई बस्‍ने घर दिनुहुन्‍छ र कैदीहरूलाई छुटकारा दिएर आनन्‍द दिनुहुन्‍छ। तर विद्रोहीहरू उजाड ठाउँमा बास गर्नुपर्नेछ। हे परमेश्‍वर! जब तपाईंले आफ्‍ना प्रजालाई डोर्‍याउनुभयो, जब तपाईंले मरुभूमि पार गर्नुभयो, तब पृथ्‍वीमा भूइँचालो गयो र आकाशबाट बृष्‍टि भयो किनभने सीनैका परमेश्‍वर, इस्राएलका परमेश्‍वर आउनुभएको थियो। तपाईंले प्रशस्‍त बृष्‍टि दिनुभएर रूखो जमिन मलिलो पार्नुभयो। तपाईंका प्रजाले त्‍यहाँ आफ्‍ना घर बनाए र आफ्‍नो करुणाले तपाईंले दरिद्रहरूलाई सबै कुरा जुटाइदिनुभयो।

शेयर गर्नुहोस्
भजनसंग्रह 68 पढ्नुहोस्