YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 65:1-13

भजनसंग्रह 65:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमेश्‍वर! हामीले तपाईंलाई सियोनमा प्रशंसा गर्नु र तपाईंसित गरेका प्रतिज्ञाहरू पूरा गर्नु उचित छ किनभने तपाईंले प्रार्थनाहरूका उत्तर दिनुहुन्‍छ। सबै ठाउँका मानिसहरू आफ्‍ना पापले गर्दा तपाईंकहाँ आउनेछन्। आफ्‍ना दोषले हाम्रो हार हुँदछ, तर तपाईंले ती माफ गरिदिनुहुन्‍छ। जसलाई तपाईंले चुन्‍नुहुन्‍छ र आफ्‍नो पवित्रस्‍थानमा बास गर्न ल्‍याउनुहुन्‍छ, तिनीहरू खुसी रहन्‍छन्। तपाईंको घरका असल कुराहरूले, तपाईंको पवित्र मन्‍दिरका आशिष्‌ले हामीलाई सुख सन्‍तोष दिन्‍छन्। हामीलाई विजय दिनुभएर तपाईंले जवाफ दिनुहुन्‍छ र हामीलाई बचाउन तपाईंले उदेकका कुराहरू गर्नुहुन्‍छ। सारा संसारका मानिसहरू र टाढा-टाढा समुद्रपारिका मानिसहरूले तपाईंमा भरोसा राख्‍छन्। आफ्नो शक्ति-सामर्थ्‍य देखाउनुभएर तपाईंले पर्वतहरूलाई ठाउँ-ठाउँमा बसाल्‍नुभयो। समुद्रका गर्जन र छालका आवाज तपाईंले शान्‍त गराउनुहुन्‍छ। मानिसहरू चिच्‍च्‍याएर कराएका पनि तपाईंले नै शान्‍त गराउनुहुन्‍छ। तपाईंले गर्नुभएका महान् कामहरू देखेर सारा संसार भय मान्‍दै उभिएको छ, तपाईंका कामले गर्दा पृथ्‍वीका एक कुनादेखि अर्को कुनासम्‍म आनन्‍दको सोर उठ्दछ। तपाईंले भूमिमाथि वर्षा पठाएर त्‍यसको वास्‍ता गर्नुहुन्‍छ, तपाईंले त्‍यसलाई धेरै मलिलो बनाउनुहुन्‍छ। तपाईंले खोला-नालाहरू पानीले भर्नुहुन्‍छ र पृथ्‍वीमा उब्‍जनी दिनुहुन्‍छ। तपाईंले यो काम यस प्रकारले गर्नुहुन्‍छ: तपाईंले जोतिराखेको खेतमा प्रशस्‍त पानीको वर्षा पठाएर त्‍यसलाई भिजाउनुहुदँछ, त्‍यसरी वर्षाले जमिन नरम पारेर कलिला बिरुवाहरू उमार्नुहुन्‍छ। तपाईंको कृपाले कति धेरै फसल पाइन्‍छ! तपाईं जहाँ जानुहुन्‍छ, त्‍यहाँ प्रशस्‍त अन्‍न उब्‍जन्‍छन्। गाई-वस्‍तुले चरन भरिएका हुन्‍छन्, पहाडी पाखाहरू रमाहटले पूर्ण हुन्‍छन्। मैदान भेडा-बाख्राले भरिएका हुन्‍छन्। बेसी गहुँले पूर्ण हुन्‍छ। सारा सृष्‍टिले आनन्‍दले गाउँछन् र स्‍वर मच्‍चाउँछन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 65 पढ्नुहोस्

भजनसंग्रह 65:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमेश्‍वर, सियोनमा तपाईंलाई प्रशंसाले पर्खिरहेछ, र तपाईंको लागि हाम्रा सबै भाकल पूरा हुनेछन्‌। हे प्रार्थना सुन्‍नुहुने, तपाईंकहाँ नै सबै मानिसहरू आउनेछन्‌। जब हाम्रा पापहरूले हामीलाई डुबाएका थिए, हाम्रा अपराधहरू तपाईंले क्षमा गरिदिनुभयो। धन्‍य हुन्‌ तिनीहरू, जसलाई तपाईं छान्‍नुहुन्‍छ, र तपाईंको मन्‍दिरमा रहनलाई नजिक ल्‍याउनुहुन्‍छ। तपाईंको घर, तपाईंको पवित्र मन्‍दिरका उत्तम-उत्तम पदार्थले हामी तृप्‍त भएका छौं। धार्मिकताका महान्‌ कामहरूबाट तपाईंले हामीलाई जवाफ दिनुहुन्‍छ, हे परमेश्‍वर हाम्रा उद्धारक। पृथ्‍वीका समस्‍त सीमान्‍त र टाढ़ा-टाढ़ाका समुद्रहरूको आशा तपाईं नै हुनुहुन्‍छ, जसले आफ्‍नो शक्तिद्वारा पहाड़हरू निर्माण गर्नुभयो। तपाईंले आफूलाई शक्तिले सुसज्‍जित पार्नुभएको छ, जसले समुद्रको गर्जन र तिनका छालहरूको गर्जन र जातिहरूको होहल्‍ला शान्‍त गर्नुभएको छ। पृथ्‍वीको पल्‍लो सिमानामा बस्‍नेहरू तपाईंका चिन्‍हहरू देखेर भयभीत हुन्‍छन्‌। जहाँ प्रभात आउँछ र सन्‍ध्‍या बिलाउँछ, तपाईं हर्षका गीतलाई निम्‍त्‍याउनुहुन्‍छ। तपाईं धरतीको वास्‍ता गर्नुहुन्‍छ र त्‍यसलाई सिँच्‍नुहुन्‍छ, तपाईं त्‍यसलाई ज्‍यादै उब्‍जनी दिने तुल्‍याउनुहुन्‍छ। मानिसहरूलाई अन्‍न जुटाइदिन परमेश्‍वरका नदीहरू पानीले भरिएका हुन्‍छन्‌, किनकि तपाईंले त्‍यस्‍तै निर्दिष्‍ट गर्नुभएको छ। तपाईं त्‍यसका हलरेखा प्रशस्‍तसँग पानीले भिजाउनुहुन्‍छ, त्‍यसका डीलहरू सम्‍म पार्नुहुन्‍छ, झरीले त्‍यसलाई नरम तुल्‍याउनुहुन्‍छ, र तपाईंले त्‍यसका उब्‍जनीलाई आशिष्‌ दिनुहुन्‍छ। आफ्‍नो प्रशस्‍तताले वर्षलाई तपाईंले मुकुट पहिराउनुहुन्‍छ, तपाईंका गाडाहरू प्रचुरताले भरिएर पोखिन्‍छन्‌। उजाड-स्‍थानका खर्कहरू लहलह छन्‌, र पहाड़हरू हर्षले सुसज्‍जित छन्‌। खर्कहरू भेड़ाबाख्राले भरिएका छन्‌, बेँसीहरू अन्‍नले ढाकिएका छन्‌, तिनीहरू आनन्‍दले एकसाथ मिलेर भजन गाउँछन्‌।

भजनसंग्रह 65:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे हाम्रा परमेश्‍वर, सियोनमा प्रशंसाले तपाईंलाई पर्खिरहेको छ; तपाईंसँगको हाम्रो भाकल पूरा गर्नेछौँ। तपाईं प्रार्थना सुनेर त्यसको उत्तर दिने परमेश्‍वर हुनुहुन्छ। तपाईंकहाँ नै सबै मानिसहरू आउनेछन्। जब हाम्रा पापहरूले हामीलाई डुबाएका थिए, तब हाम्रा अपराधहरूलाई तपाईंले क्षमा गरिदिनुभयो। धन्यका हुन् ती मानिसहरू, जसलाई तपाईंले चुन्‍नुहुन्छ, र तपाईंको मन्दिरको आँगनमा बस्‍नलाई आफू नजिक ल्याउनुहुन्छ! तपाईंका पवित्र भवनका असल थोकहरूले हामी भरिएका छौँ। तपाईंले हामीलाई महान् र धार्मिक कामहरूबाट जवाफ दिनुहुन्छ; हे हाम्रा उद्धारकर्ता परमेश्‍वर, पृथ्वीको छेउसम्मका समस्त मानिसहरू र टाढा-टाढा समुद्रपारि रहने मानिसहरूका आशा तपाईं नै हुनुहुन्छ, तपाईंले आफ्नो शक्तिद्वारा पर्वतहरू निर्माण गर्नुभयो। तपाईंले आफूलाई शक्तिले सुसज्जित पार्नुभएको छ। जसले समुद्रको गर्जन र तिनका छालहरूको गर्जन, र राष्ट्रहरूबीच भएको कोलाहल शान्त गर्नुभएको छ। तपाईंका अलौकिक चिन्हहरू देखेर पृथ्वीभरिका सारा मानिसहरू छक्‍क पर्छन्; जहाँ सूर्य उदाउँछ, र जहाँ सूर्य अस्ताउँछ, तपाईंले आनन्दका गीतहरू आह्वान गर्नुहुन्छ। तपाईंले भूमिको वास्ता गर्नुहुन्छ र पानीले भिजाउनुहुन्छ; तपाईंले भूमिलाई प्रशस्त गरी मलिलो बनाउनुहुन्छ। मानिसहरूलाई अन्‍नबाली जुटाउनलाई, परमेश्‍वरका नदीहरू पानीले भरिएका छन्; किनकि तपाईंले यसरी नै निर्धारण गर्नुभएको छ। तपाईंले त्यसका गराहरूलाई पानीले भिजाउनुहुन्छ र त्यसका डीलहरूलाई सम्म पार्नुहुन्छ; तपाईंले खेतलाई झरीले भिजाएर नरम पार्नुहुन्छ, र त्यसको उब्जनीलाई आशिष् दिनुहुन्छ। तपाईंको प्रशस्तताले वर्षलाई मुकुट पहिराउनुहुन्छ र तपाईंको प्रशस्त आशिष्‌को अन्‍नबालीले तपाईंका गाडाहरू भरिएर पोखिन्छन्। मरुभूमिका वस्तु चर्ने खर्कहरू हरियो भएका छन्; डाँडाहरू हर्षले सुसज्जित छन्। हरियो खर्कहरू भेडाबाख्राहरूले भरिभराउ भएका छन्; र बेँसीहरू बालीले ढाकिएका छन्; तिनीहरू सबै आनन्दले कराउँछन् र भजन गाउँछन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 65 पढ्नुहोस्

भजनसंग्रह 65:1-13 पवित्र बाइबल (NERV)

सियोनमा हुने परमेश्वर, म तपाईंको प्रशंसा गर्दछु। मैले वाचा गरेका कुराहरू तपाईंलाई दिनेछु। सबै मानिसहरू तपाईंकहाँ आउँछन्, किनभने तपाईंले हाम्रो प्रार्थना सुन्नुहुन्छ। जब हाम्रा पापहरू यति विघ्न बोझिला हुन्छन्, तब तपाईंले ती पापीहरू लैजानुहुन्छ। हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू छान्नु भएकोछ। तपाईंले हामीलाई तपाईंको मन्दिर आउनु र उपासना गर्नलाई छान्नु भएको छ। अनि हामी अत्यन्त खुशी छौं। तपाईंको घरमा, पवित्र मन्दिरमा हामी असल पदार्थहरू पाँउछौ र हामी सन्तुष्ट हुन्छौं। हे परमेश्वर, हामीलाई बचाउँनु होस्। धर्मी मानिसहरूले तपाईंलाई प्रार्थना गर्दछन्, अनि तपाईंले उनीहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ। तपाईंले उनीहरूको निम्ति अचम्म लाग्ने कार्यहरू गर्नुहुन्छ। संसारभरिका मानिसहरूले तपाईंलाई विश्वास गर्दछन्। परमेश्वरले आफ्ना शक्तिद्वारा पर्वतहरू बनाउनु भयो। हामीले उहाँका शक्तिहरू हाम्रा वरिपरी देख्छौ। परमेश्वरले कठोर समुद्रलाई शान्त पार्नुभयो। परमेश्वरले पृथ्वीमा मानिसको “समुद्र” बनाउनुभयो। संसार भरिका मानिसहरू तपाईंको आर्श्चयचकित कार्यहरू देखेर छक्कै परेकाछन्। सूर्योदय र सूर्यास्तले हामीलाई आनन्द दिन्छ। तपाईंले धर्तीको खुब ख्याल गर्नुहुन्छ तपाईं यसलाई पानीले सिंचनु हुन्छ र यसले थोकहरू उमार्दछ। परमेश्वर तपाईंले खोला-नालाहरू पानीले भर्नुभयो अनि त्यहाँको पानीले उप्जनी गराउँछ। तपाईंले खेतहरू रोप्नलाई पानी बर्साउनु भयो, तपाईंले खेतहरू पानीले चिसो पार्नुभयो अनि ताजा उद्भिद्हरू उमार्नु भयो। तपाईंले नयाँ-बर्ष सप्रेको फसलसँग शुरू गर्नुभयो। अनि बर्षको अन्त प्रशस्तै फसलहरूले भर्नुभयो। तपाईंले मरुभूमि र पहाडमा घाँसहरूले ढाक्नुभयो। चउरहरू भेंडाहरूले भरिएका छन्, बेंसीहरू अन्नले पुरिएका छन्। हरेक जना खुशीसँग गाईरहेछन्, कराईरहेका छन्।