भजनसंग्रह 65
65
प्रमुख संगीतकारलाई: दाऊदको एउटा स्तुति-गान।
1सियोनमा हुने परमेश्वर, म तपाईंको प्रशंसा गर्दछु।
मैले वाचा गरेका कुराहरू तपाईंलाई दिनेछु।
2सबै मानिसहरू तपाईंकहाँ आउँछन्,
किनभने तपाईंले हाम्रो प्रार्थना सुन्नुहुन्छ।
3जब हाम्रा पापहरू यति विघ्न बोझिला हुन्छन्,
तब तपाईंले ती पापीहरू लैजानुहुन्छ।
4हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू छान्नु भएकोछ।
तपाईंले हामीलाई तपाईंको मन्दिर आउनु र उपासना गर्नलाई छान्नु भएको छ।
अनि हामी अत्यन्त खुशी छौं।
तपाईंको घरमा, पवित्र मन्दिरमा हामी असल पदार्थहरू पाँउछौ र हामी सन्तुष्ट हुन्छौं।
5हे परमेश्वर, हामीलाई बचाउँनु होस्।
धर्मी मानिसहरूले तपाईंलाई प्रार्थना गर्दछन्,
अनि तपाईंले उनीहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ।
तपाईंले उनीहरूको निम्ति अचम्म लाग्ने कार्यहरू गर्नुहुन्छ।
संसारभरिका मानिसहरूले तपाईंलाई विश्वास गर्दछन्।
6परमेश्वरले आफ्ना शक्तिद्वारा पर्वतहरू बनाउनु भयो।
हामीले उहाँका शक्तिहरू हाम्रा वरिपरी देख्छौ।
7परमेश्वरले कठोर समुद्रलाई शान्त पार्नुभयो।
परमेश्वरले पृथ्वीमा मानिसको “समुद्र” बनाउनुभयो।
8संसार भरिका मानिसहरू तपाईंको आर्श्चयचकित कार्यहरू देखेर छक्कै परेकाछन्।
सूर्योदय र सूर्यास्तले हामीलाई आनन्द दिन्छ।
9तपाईंले धर्तीको खुब ख्याल गर्नुहुन्छ
तपाईं यसलाई पानीले सिंचनु हुन्छ र यसले थोकहरू उमार्दछ।
परमेश्वर तपाईंले खोला-नालाहरू पानीले भर्नुभयो
अनि त्यहाँको पानीले उप्जनी गराउँछ।
10तपाईंले खेतहरू रोप्नलाई पानी बर्साउनु भयो,
तपाईंले खेतहरू पानीले चिसो पार्नुभयो
अनि ताजा उद्भिद्हरू उमार्नु भयो।
11तपाईंले नयाँ-बर्ष सप्रेको फसलसँग शुरू गर्नुभयो।
अनि बर्षको अन्त प्रशस्तै फसलहरूले भर्नुभयो।
12तपाईंले मरुभूमि र पहाडमा घाँसहरूले ढाक्नुभयो।
13चउरहरू भेंडाहरूले भरिएका छन्,
बेंसीहरू अन्नले पुरिएका छन्।
हरेक जना खुशीसँग गाईरहेछन्, कराईरहेका छन्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 65: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International