YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 55:1-23

भजनसंग्रह 55:1-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमेश्‍वर! मेरो प्रार्थना सुन्‍नुहोस्, मेरो बिन्‍ती नसुनेझैँ नगर्नुहोस्! मेरो कुरा सुन्‍नुहोस् र उत्तर दिनुहोस्, म चिन्‍ता-फिक्रीले हैरान भएको छु। मेरा शत्रुहरूका धम्‍कीले म डराएको छु, दुष्‍टका सतावटले म चुर-चुर भएको छु, तिनीहरूले मलाई कष्‍ट दिन्‍छन्, तिनीहरू मसँग रिसाएका छन् र मलाई घृणा गर्छन्। म डराएको छु र मृत्‍युको डरले मलाई थिच्‍दछ। डरले मलाई ग्रस्‍त पारेको छ र म काम्‍दै छु, भयङ्कर डरले मलाई थिचेको छ। यदि मेरा परेवाका जस्‍ता पखेटा हुँदो हो ता, म उडी जानेथिएँ र विश्राम लिनेथिएँ। म टाढा उडी जानेथिएँ र मरुभूमिमा मेरो बासस्‍थान बनाउनेथिएँ। डरलाग्‍दो हुरी र आँधीबाट म चाँडै आश्रय खोज्‍नेथिएँ, हे प्रभु! मेरा शत्रुहरूका भाषा खलबल्‍याइदिनुहोस्। मैले सहरमा हिँसा र दङ्गा भएको देख्‍दछु, रात-दिन तिनीहरूले सहरका पर्खालमा चढेर त्‍यहाँ अपराध र उपद्रव गर्दछन्। चारैतिर विनाश भएको छ, सडकहरू छल र थिचो-मिचोले भरिएका छन्। त्‍यो मलाई खिसी गर्ने शत्रु हुँदो हो ता, म त्‍यसलाई सहन सक्‍थें। त्‍यो मलाई खिसी गर्ने शत्रु हुँदो हो ता, म त्‍योदेखि लुक्‍नेथिएँ। तर त्‍यो त तिमी मेरा मित्र हौ, मसँग काम गर्ने र मेरा हितका साथी! हामी आपसमा मनका कुरा खोलेर गर्थ्‍यौं र मन्‍दिरमा एकसाथ आराधना गर्थ्‍यौं। तिनीहरूको समय आउनुअघि नै मेरा शत्रुहरू मरून्। जिउँदै तिनीहरू मृत्‍यु-लोकमा पुगून्। तिनीहरूका घर-परिवार र हृदय खराबीले भरिएको छ। तर म परमप्रभु परमेश्‍वरलाई सहायताको लागि प्रार्थना गर्छु र उहाँले मलाई बचाउनुहुन्‍छ। बिहान, दिउँसो र राती म मेरा उजूर र पीडाका पुकार उहाँलाई चढाउँछु, उहाँले मेरो सोर सुन्‍नुहुन्‍छ। मेरा धेरै शत्रुहरूसँग म लड्दछु, उहाँले मलाई ती लडाइँहरूदेखि सकुशल फर्काइल्‍याउनुहुन्‍छ। सनातन कालदेखि राज्‍य गर्नुहुने परमेश्‍वरले मेरो बिन्‍ती सुन्‍नुहुन्‍छ र मेरा शत्रुहरूको हार गराउनुहुन्‍छ किनभने तिनीहरू मन फर्काउन चाहँदैनन् र उहाँको डर मान्‍दैनन्। मेरा पहिलेका साथीहरूले आफ्‍नै साथीहरूमाथि आक्रमण गरे। उनीहरूले आफ्‍ना प्रतिज्ञाहरू भङ्ग गरे। उनीहरूको बोली नौनीभन्दा चिप्‍लो थियो, तर हृदयमा घृणा थियो; उनीहरूको बोली तेलजस्‍तै चिप्‍लो गराउने थियो, तर धारिलो तरवारझैँ त्‍यसले काट्दथ्‍यो। आफ्‍ना दु:ख-कष्‍ट परमप्रभुकहाँ छोडिदेऊ र उहाँले सम्‍हाल्‍नुहुनेछ। उहाँले इमानदार मानिसहरूलाई हार्न दिनुहुन्‍न। तर हे परमेश्‍वर! तपाईंले ती हत्‍यारा र झूटो बोल्‍नेहरूलाई आधा बैंसमा नै मृत्‍युका शिकार बनाउनुहुनेछ। मचाहिँ तपाईंमा भरोसा राख्‍नेछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 55 पढ्नुहोस्

भजनसंग्रह 55:1-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मेरो प्रार्थना सुनिदिनुहोस्‌, हे परमेश्‍वर, र मेरो विनयबाट मुख नमोड्‌नुहोस्‌। मतिर ध्‍यान दिनुहोस्‌, र मलाई जवाफ दिनुहोस्‌। मेरो मनका विचारले म दु:खित छु, म व्‍याकुल छु, मेरा शत्रुको आवाजदेखि, दुष्‍टका आँखाको तराइदेखि, किनभने तिनीहरूले ममाथि कष्‍ट ल्‍याउँछन्‌ र क्रोधमा तिनीहरू भर्त्‍सना गर्छन्‌। मेरो हृदय मभित्र ज्‍यादै वेदनामा छ, र मृत्‍युको त्रासले मलाई छोपेको छ। डर र कम्‍पनले मलाई घेरेको छ, र त्रासले मलाई पेलेको छ। मैले भनें, “ढुकुरका जस्‍तै मेरा पखेटा भए त म उड़ेर जानेथिएँ र विश्राम लिनेथिएँ। उड़ेर म टाढ़ा जानेथिएँ, र मरुभूमिमा म बस्‍नेथिएँ। सेला आँधी र तूफानबाट टाढ़ा, मेरो शरणस्‍थानतिर आतुरी गरेर जानेथिएँ।” हे परमप्रभु, दुष्‍टहरूका योजनाहरू नष्‍ट गरिदिनुहोस्‌। तिनीहरूको भाषा खलबल्‍याइदिनुहोस्‌, किनकि म सहरमा हिंसा र झगड़ा देख्‍तछु। दिनरात तिनीहरू त्‍यसका पर्खालमा चढ़ेर शिकारको खोजमा वरिपरि घुम्‍छन्‌, अधर्म र उपद्रव त्‍यसभित्र छन्‌। विध्‍वंसकारी शक्तिहरू सहरभित्र प्रबल छन्‌, धम्‍की र झूटले त्‍यसका सड़कहरू कहिल्‍यै छोड़ेर जाँदैनन्‌। यदि मेरो शत्रुले मलाई अपमान गर्ने भए, त्‍यो म सहन सक्‍नेथिएँ। यदि मेरो शत्रु ममाथि आइलागेको भए, त्‍योदेखि म लुक्‍न सक्‍नेथिएँ। तर त्‍यो त तिमी नै हौ, मजस्‍तै मानिस, मेरा सहचारी, मेरै हितको मित्र। तिनीसँग एक चोटि मेरो मधुर सङ्गति हुन्‍थ्‍यो, जसै हामी मानिसको समूहसित परमेश्‍वरको भवनमा हिँड्‌थ्‍यौं। मृत्‍युले मेरा शत्रुहरूलाई अचानक निलोस्‌। तिनीहरू जिउँदै चिहानमा जाऊन्‌, किनकि दुष्‍टता तिनीहरूकै बीचमा वास गर्दछ। तर म त परमेश्‍वरलाई पुकार्छु, र परमप्रभुले मलाई बचाउनुहुन्‍छ। बिहान, बेलुकी र दिउँसो म दु:खमा उहाँलाई पुकार्छु, र मेरो सोर उहाँले सुन्‍नुहुन्‍छ। म लड़िरहेको युद्धमा उहाँले मलाई विनाचोट उद्धार गर्नुहुन्‍छ, यद्यपि धेरै जनाले मेरो विरोध गर्छन्‌। सनातनदेखि सिंहासनमा विराजमान हुनुहुने परमेश्‍वरले सुन्‍नुहुनेछ र तिनीहरूलाई वेदना दिनुहुनेछ। सेला किनभने तिनीहरू आफ्‍नो बाटो कहिल्‍यै सुधार्दैनन्‌, र परमेश्‍वरको भय मान्‍दैनन्‌। मेरा साथीले तिनका आफ्‍ना मित्रहरूमाथि आक्रमण गर्छन्‌, तिनले आफ्‍नो करार भङ्ग गरेका छन्‌। तिनको बोली घिउजस्‍तै चिप्‍लो छ, तर तिनको हृदयमा झगड़ा छ। तिनका कुराहरू तेलभन्‍दा पनि आरामदायक छ, तर ती नाङ्गा तरवार हुन्‌। तिम्रा चिन्‍ता र फिक्री परमप्रभुमा राख र उहाँले तिमीलाई सम्‍हाल्‍नुहुनेछ। उहाँले धर्मीलाई कहिल्‍यै डग्‍न दिनुहुनेछैन। तर हे परमेश्‍वर, तपाईंले दुष्‍टहरूलाई विनाशको खाड़लमा फालिदिनुहुनेछ। हत्‍यारा र छली मानिसहरू तिनीहरूको आधा आयुसम्‍म पनि जिउनेछैनन्‌। तर म त तपाईंमा भरोसा राख्‍तछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 55 पढ्नुहोस्

भजनसंग्रह 55:1-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्; मेरो बिन्तीलाई बेवास्ता नगर्नुहोस्! मलाई सुन्‍नुहोस्, र मलाई जवाफ दिनुहोस्। मेरो मन धेरै दुःखित छ, र म व्याकुल भएको छु, मेरा शत्रुहरूको आवाजको कारणले, दुष्‍टहरूका धम्कीले गर्दा। किनकि तिनीहरूले ममाथि कष्‍ट ल्याएका छन्, र तिनीहरूका क्रोधमा मलाई सताउने गर्दछन्। मेरो हृदय मभित्र धेरै पीडामा छ; मृत्युको त्रास ममा परेको छ। डर र कम्पनले मलाई डुबाएको छ; त्रासले मलाई व्याकुल बनाएको छ। मैले भनेँ, “ओह, ढुकुरको जस्तै मेरा पखेटा भए त! म उडेर टाढा जानेथिएँ, र विश्राम लिनेथिएँ। म उडेर धेरै टाढासम्म जानेथिएँ, र मरुभूमिमा बस्‍नेथिएँ। सेला डरलाग्दा आँधीबेहरी र हुरीबाट धेरै टाढा, मेरो शरणस्थानतिर आतुरीसाथ जानेथिएँ।” हे प्रभु, दुष्‍टहरूलाई खलबल्याइदिनुहोस्; तिनीहरूका योजनालाई निरुत्साहित पारिदिनुहोस्; किनकि मैले सहरमा हिंसा र झैझगडा देख्दछु। तिनीहरू सहरका पर्खालहरूमा चढेर शिकारको खोजमा दिनरात वरिपरि घुम्छन्; त्यस सहरभित्र दुष्‍टता र उपद्रव छन्। सहरभित्र विनाशकारी शक्तिहरू सक्रिय छन्; त्यसका गल्‍लीहरूलाई धम्की र झूटले कहिल्यै छोड्दैन। यदि मेरा शत्रुहरूले मलाई अपमान गरेका भए, म त्यो सहन सक्नेथिएँ; यदि मेरा वैरीहरू मेरो विरुद्धमा उठेका भए, म लुक्न सक्नेथिएँ। तर त्यो त मजस्तै मानिस, तँ नै होस्, मेरो सहकर्मी, मेरो घनिष्‍ठ साथी, जससँग मेरो एक समय मिठो सम्बन्ध थियो; मानिसहरूको भीडमा, हामी एकसाथ हिँड्थ्यौँ, परमेश्‍वरको भवनमा सँगै जान्थ्यौँ। मेरा शत्रुहरूलाई मृत्युले अचानक लैजाओस्; तिनीहरू चिहानमा जीवितै जाऊन्; किनकि तिनीहरूका बीच दुष्‍टताले बास गर्दछ। तर मचाहिँ परमेश्‍वरलाई पुकार्छु; र याहवेहले मलाई बचाउनुहुन्छ। साँझ, बिहान र दिउँसो दुःख-कष्‍टमा म उहाँलाई पुकार्छु, र उहाँले मेरो सोर सुन्‍नुहुन्छ। विरोधीहरूका विरुद्धमा लडिरहेको युद्धबाट उहाँले मलाई विनाचोट बचाउनुहुन्छ, यद्यपि मेरो विरुद्धमा धेरै विरोधीहरू छन्। परमेश्‍वर, जो सनातनदेखि सिंहासनमा विराजमान हुनुहुन्छ, जो कहिल्यै पनि बदलिनुहुन्‍न, उहाँले तिनीहरूलाई सुन्‍नुहुनेछ र तिनीहरूलाई नम्र तुल्याउनुहुनेछ; किनकि तिनीहरूले परमेश्‍वरको डर मान्दैनन्। मेरा सहकर्मीले उसका आफ्नै मित्रहरूलाई आक्रमण गर्छ; उसले आफ्नो प्रतिज्ञा भङ्ग गर्छ। उसको मुखको बोली घिउजस्तै चिप्लो छ, तर उसको हृदयमा युद्ध हुन्छ; उसका कुराहरू तेलभन्दा चिप्ला छन्, तर ती नाङ्गा तरवारहरू हुन्। आफ्नो बोझ याहवेहमा राख; र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। उहाँले कहिल्यै धर्मीहरूलाई हार्न दिनुहुनेछैन। तर हे परमेश्‍वर, तपाईंले दुष्‍टहरूलाई विनाशको खाडलमा खसाल्नुहुनेछ; हत्यारा र छली मानिसहरू तिनीहरूका आयुको अवधिको आधा समयसम्म पनि बाँच्नेछैनन्।

भजनसंग्रह 55:1-23 पवित्र बाइबल (NERV)

हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्। कृपया मेरो प्रार्थनालाई अनुग्रहको निम्ति अवहेलना नगरीदिनु होस्। परमेश्वर, मलाई सुनिदिनोस् र जवाफ दिनुहोस्, मलाई तपाईं प्रति बोल्न दिनुहोस् अनि मभित्रका पीडा र व्यथा, सुनिदिनुहोस्। मेरो शत्रुहरूले मप्रति अनुचित कार्यहरू गरे। त्यो दुष्ट मानिसले मसित चिच्यायो। मेरो शत्रुहरू क्रोधित थिए र मलाई आक्रमण गरे। तिनीहरूले मलाई सम्पूर्ण प्रकारले तहस-नहस गर्ने विघ्न-वाधाहरू सृष्टि गरे। मेरो हृदय भित्रभित्रै जोडले धड्किरहेको छ। मलाई मृत्युसित डर लाग्यो। म डरले गर्दा र थर-थर कामी रहेकोछु, म ती विघ्न-वाधाहरूको तूफानबाट भाग्न चाहन्छु। ओ हो! ढुकुरको जस्तो पखेंटाहरू भए म उड्ने थिएँ। अनि विश्राम गर्ने ठाउँ खोज्ने थिएँ। म धेरै टाढा, एकदम टाढा निर्जन ठाउँमा जाने थिएँ। म भागेर बाँच्ने थिएँ। म दुःखको तूफानबाट भाग्ने थिएँ। मेरो स्वामी, तिनीहरूका झूटो कुराहरू बन्द गर्नुहोस्। मैले यस शहरमा उपद्रो र झगडा़हरू देखें। प्रत्येक रात-दिन, हरेक छिमेकीपनमा, यो शहर अपराध र बर्बरताले भरिपूर्ण भयो। त्यहाँका गल्लीहरूमा अधिक भन्दा अधिक अपराधहरू भए। मानिसहरूले चारैतिर झूटा बोलेर ठगिरहेका थिए। यदि यो शत्रु भएको भएता, म हेला गरेको पनि सहन सक्थें। यदि यो मेरो शत्रु भएता म उनीहरूको आक्रमणदेखि लुक्न सक्थें। तर तिमी नै एक हौ, मेरो साथी मेरो सहकर्मी। मेरो साथीहरूले नै मलाई कष्टहरू दिइरहेकाछन्। हामी आपसमा आफ्ना गुप्त कुराहरूको सहभागी हुने गर्दथ्यौ, अनि हामी सँगै भीड-भाडमा छिर्दै-छिर्दै परमेश्वरको मन्दिरमा जाने गर्दथ्यौं। मेरो शत्रुहरूलाई मृत्युले अचानक लैजाओस्! म कामना गर्दछु कि पृथ्वीको मुख खुलियोस् र तिनीहरूलाई जिउँदै निली दिओस्। किनभने तिनीहरूले परस्परमा त्यस्तो डरालाग्दो योजनाहरू बनाइरहेछन्। म सहयोगको लागि परमेश्वरलाई पुकार्ने छु, अनि परमप्रभुले मलाई जवाफ दिनु हुनेछ। म परमेश्वरसँग बिहान, दिउँसो र बेलुकी कुरा गर्दछु। मेरो अस्तव्यस्त उहाँलाई बताउँछु। अनि उहाँले मेरो कुरा सुन्नु हुन्छ! मैले धेरै युद्धहरू लडी सकेको छु। तर परमेश्वरले मलाई सधैँ बचाउनु भएको छ साथै सकुशल फर्काउनु भएको छ। परमेश्वरले मेरा कुरा सुन्नु हुनेछ। सदा-सर्वदा रहने राजाले मलाई साथ दिनुहुनेछ। मेरा शत्रुहरूले आफ्नो जीवन शैली सुधार्ने छैनन्। तिनीहरू डराउँदैनन् र परमेश्वरलाई आदर गर्दैनन्। मेरा शत्रुहरूले आफ्नै मित्रहरूमाथि पनि आक्रमण गर्छन्। तिनीहरूले सबै सहमत भएको कामहरू गर्दैनन्। मेरा शत्रुहरू वास्तवमा चिप्लो घस्नेहरू हुन्, तिनीहरू शान्तिका कुराहरू गर्छन्, वास्तवमा तिनीहरू युद्धको तयारी गरिरहेका हुन्छन्। तिनीहरूका शब्दहरू तेल जस्त चिप्लो हुँदछ, तर तिनीहरूले छुरीले झैं काट्ने गर्छन्। तिम्रो चिन्ताहरू परमप्रभुलाई देऊ अनि उहाँले तिम्रो हेरचाह गर्नुहुनेछ। परमप्रभुले कहिले पनि धर्मात्माहरूलाई परास्त हुन दिनुहुन्न। हे परमेश्वर तपाईंको करार अनुसार, ती झूटोहरू र हत्याराहरूलाई आधा जीवन नबित्दै चिहानमा पठाउनु हुनेछ, मेरो पक्षको करार अनुसार म तपाईंमा भरोसा गर्नेछु।