भजनसंग्रह 51:12-17
भजनसंग्रह 51:12-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्, र मलाई सम्हाल्ने इच्छुक आत्मा दिनुहोस्। तब अपराधीहरूलाई म तपाईंका मार्गको शिक्षा दिनेछु, र पापीहरू तपाईंतर्फ फर्कनेछन्। हे परमेश्वर, हे मेरा उद्धारकर्ता परमेश्वर, मलाई रक्तपातको दोषबाट छुटकारा दिनुहोस्, र मेरो मुखले तपाईंका धार्मिकताको स्तुति गाउनेछ। हे परमप्रभु, मेरा ओठ खोलिदिनुहोस्, र मेरो जिब्रोले तपाईंको प्रशंसाको घोषणा गर्नेछ। किनकि तपाईं बलिमा प्रसन्न हुनुहुन्न, नत्रता म बलि चढ़ाउनेथिएँ। होमबलिमा तपाईं खुशी हुनुहुन्न। तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर, तोडिएको र पश्चात्तापी हृदयलाई तपाईं तिरस्कार गर्नुहुन्न।
भजनसंग्रह 51:12-17 पवित्र बाइबल (NERV)
तपाईंको सहयोगले मलाई खुशी पार्दछ। मलाई फेरि एकपल्ट त्यो आनन्द दिनुहोस्। मेरो आत्मा बलियो पारी दिनुहोस् र तपाईंको आज्ञा पालन गर्न तयार होस्। म पापीहरूलाई तपाईंको चाहना अनुसार कसरी बाँच्नु भनेर सिकाउने छु अनि तिनीहरू फर्केर तपाईं कहाँ आउने छन्। हे परमेश्वर, मृत्यु दण्ड देखि मलाई बचाउँनु होस्। तपाईंको धार्मिकताको विषयमा, मलाई गीत गाउन दिनुहोस्। हे मेरो स्वामी, म मेरो मुख खोल्नेछु र तपाईंको प्रशंसा-गीत गाउने छु! तपाईं वास्तवमा बलिहरू चाहनु हुन्न्, यसकारण मैले किन बलिहरू चढाउनु। जुन बलि परमेश्वरले चाहनु हुन्छ त्यो विनम्र आत्मा हो। हे परमेश्वर, जो-जो विनम्र अनि समर्पित हृदय लिएर आउँदछन्, तपाईं उनीहरू देखि मुख फर्काउनु हुन्न!
भजनसंग्रह 51:12-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंको मुक्तिबाट पाइने आनन्द मलाई फेरि दिनुहोस् र मलाई तपाईंको आज्ञा मान्ने इच्छा दिनुहोस्। तब म पापीहरूलाई तपाईंका आज्ञा सिकाउनेछु र तिनीहरू तपाईंतर्फ फर्कनेछन्। मेरो प्राण जोगाउनुहोस्, हे परमेश्वर, मलाई बचाउनुहोस् र म खुसीसाथ तपाईंको धार्मिकताबारे उच्च सोरले भन्नेछु। परमप्रभु! मलाई बोल्न सहायता गर्नुहोस् र म तपाईंको प्रशंसा गर्नेछु। तपाईं बलिदान चाहनुहुन्न, नत्र त म सो चढाउनेथिएँ, होमबलिसँग तपाईं खुसी हुनुहुन्न। चुर्ण आत्मा नै मेरो बलिदान हो, हे परमेश्वर। नम्र र पश्चात्तापी हृदयलाई तपाईं इन्कार गर्नुहुन्न।