भजनसंग्रह 50:15-18
भजनसंग्रह 50:15-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र सङ्कष्टको दिनमा मलाई पुकार्, र म तँलाई छुटाउनेछु, र तैंले मेरो महिमा गर्नेछस्।” तर दुष्टलाई परमेश्वरले भन्नुहुन्छ, “मेरो व्यवस्था पाठ गर्ने तेरो के हक छ? वा तेरा ओठले मेरो करारको कुरा गर्ने तेरो के अधिकार छ? तँ मेरा शिक्षालाई घृणा गर्दछस्, र मेरा वचनलाई लत्त्याउँछस्। चोरलाई भेट्दा तँ चोरकै साथी हुन्छस्, अनि तँ व्यभिचारीहरूको सङ्गत गर्छस्।
भजनसंग्रह 50:15-18 पवित्र बाइबल (NERV)
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकार म सहयोग गर्नेछु। अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।” परमेश्वरले दुष्ट मानिसहरूलाई भन्नुहुन्छ, “तिमीहरूले मेरो नियमहरूको बारेमा कुरा गर्छौ। तिमीहरूले मेरो करारको बारेमा कुरा गर्यौ। यसकारण यसलाई किन उपेक्षा गर्छौ जब कि म तिमीहरूलाई सुधार्न खोज्छु? किन मैले भनेका कुराहरू अस्वीकार गर्दछौ? तिमीहरूले चोरलाई भेट्छौ र त्यो सित मिल्न दौडन्छौ। तिमीहरू व्यभिचारीहरूसँग सुत्छौ।
भजनसंग्रह 50:15-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तँलाई दु:ख-कष्ट पर्दा मलाई पुकार्, म तँलाई बचाउनेछु र तैँले मेरो प्रशंसा गर्नेछस्।” तर परमेश्वरले दुष्टहरूलाई भन्नुहुन्छ, तिमीहरूले मेरा आज्ञाहरू किन सुनाउनुपर्छ? मेरो करारबारे किन बोल्नुपर्छ? मैले तिमीहरूलाई सोझो पार्न अर्ती दिएको तिमीहरू मान्दैनौ, मेरा आज्ञाहरू अस्वीकार गर्छौ। आफूले भेटेको हरेक चोरलाई साथी बनाउँछौ र व्यभिचारीहरूसँग सम्बन्ध राख्छौ।