YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 50:1-23

भजनसंग्रह 50:1-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेह, सर्वशक्तिशाली परमेश्‍वर बोल्नुहुन्छ, र पृथ्वीका मानिसहरूलाई सूर्योदयदेखि सूर्यास्तसम्म बोलाउनुहुन्छ। सुन्दरतामा सियोनबाट सिद्ध, परमेश्‍वर प्रकाशमान् हुनुभएको छ। हाम्रा परमेश्‍वर आउनुहुन्छ, र शान्त बस्‍नुहुनेछैन; उहाँको अगि भस्म पार्ने आगो छ, र उहाँको चारैपट्टि ठूलो आँधीबेहरी छ। आफ्ना मानिसहरूका न्याय गर्न परमेश्‍वरले माथिको आकाश र तलको पृथ्वीलाई बोलाउनुहुन्छ: “मेरा समर्पित मानिसहरू मकहाँ भेला गराओ, जसले बलिद्वारा मसँग करार बाँधेका छन्।” स्वर्गले उहाँको धार्मिकता घोषणा गर्छ; किनकि उहाँ नै न्यायको परमेश्‍वर हुनुहुन्छ। सेला “हे मेरा मानिसहरू हो, सुन, र म तिमीहरूसँग बोल्नेछु; हे इस्राएल, म तेरो विरुद्धमा गवाही दिनेछु: म परमेश्‍वर, तेरा परमेश्‍वर हुँ। म तँलाई तेरो बलिदानहरूका बारेमा दोष दिन्‍नँ, वा तेरो होमबलिहरूको बारेमा, जो सधैँ मेरो सामु छन्। मलाई तेरो गोठबाट साँढेको, वा तेरो खोरहरूबाट बोकाको आवश्यकता छैन; किनकि सम्पूर्ण जङ्गली पशुहरू मेरै हुन्, र हजारौँ डाँडाहरूका पशुप्राणी मेरै हुन्। म पहाडहरूका हरेक पक्षीलाई चिन्दछु; भूमिका सबै प्राणीहरू मेरै हुन्। यदि म भोकै भए तापनि तँलाई भन्‍नेथिइनँ; किनकि संसार मेरै हो, र त्यसमा भएका सबै थोक पनि मेरै हुन्। के म साँढेहरूको मासु खान्छु? अथवा बोकाहरूको रगत पिउँछु र? “परमेश्‍वरको निम्ति धन्यवादको बलि चढा, र सर्वोच्‍च परमेश्‍वरलाई गरेको तेरो भाकल पूरा गर्। सङ्कष्‍टको दिनमा मलाई पुकार्; म तँलाई छुटाउनेछु, र तैँले मलाई महिमा दिनेछस्।” तर परमेश्‍वरले दुष्‍टलाई भन्‍नुहुन्छ: “तैँले मेरो व्यवस्था पाठ गर्ने के हक छ? अथवा मेरो करारको कुरा गर्ने के अधिकार छ? मेरो शिक्षालाई तैँले घृणा गर्छस्, र मेरा आज्ञाहरूलाई इन्कार गर्छस्। जब चोरलाई देख्दा तँ चोरकै साथी बन्छस्; व्यभिचारीहरूसँग सहभागी हुन्छस्। तेरो मुख खराबी कुरा बोल्नलाई प्रयोग गर्छस्, र तेरो जिब्रोलाई छली कुरा गर्नलाई चलाउँछस्। तँ बस्छस्, र आफ्नै भाइको विरुद्धमा गवाही दिन्छस्; तँ आफ्नै साक्खै भाइलाई दोष लगाउँछस्। तैँले यी सबै कुराहरू गरिस्, र म चुप रहेँ; तैँले मलाई पूर्णतया आफूजस्तै ठानिस्; तर अब म तँलाई हप्काउनेछु, र तेरै मुखको अगि तेरो दोष देखाउनेछु। “हे परमेश्‍वरलाई बिसर्नेहरू हो, यो कुरा राम्ररी विचार गर; नत्रता म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र तिमीहरूलाई छुटाउने कोही पनि हुनेछैन: धन्यवादको बलिदान चढाउनेहरूले नै मेरो आदर गर्दछन्, जसले आफ्नो मार्ग सुधार्छ, म त्यसलाई परमेश्‍वरको मुक्ति देखाउनेछु।”

शेयर गर्नुहोस्
भजनसंग्रह 50 पढ्नुहोस्

भजनसंग्रह 50:1-23 पवित्र बाइबल (NERV)

परमप्रभु, देवताहरूका पनि परमेश्वर बोल्नु भयो। सूर्योदयदेखि र सूर्यस्तसम्म उहाँले सबैलाई पृथ्वीमा बोलाउनु भयो। सियोनबाट चम्किरहने परमेश्वर परम सुन्दर हुनुहुन्छ। हाम्रो परमेश्वर आउनु हुँदैछ अनि उहाँ चुपचाप बस्नु हुने छैन। उहाँको अघि आगो बल्छ अनि उहाँको वरिपरि ठूलो आँधी छ। जब हाम्रो परमेश्वरले मानिसहरूको न्याय गर्नु हुन्छ उहाँले पृथ्वी र आकाशलाई साक्षीको रूपमा बोलाउनु हुनेछ। परमेश्वर भन्नुहुन्छ, “मेरा शिष्यहरू मेरो वरिपरि भेला हुन आऊ, मेरा भक्तजनहरू र हामी एकाअर्कासित सम्झौता गरौं।” परमेश्वर न्यायी हुनुहुन्छ र आकाशले उहाँको धार्मिकता प्रकट गर्नेछ। परमेश्वर भन्नुहुन्छ, “हे मेरो भक्तजनहरू, ध्यान दिएर मेरो कुरा सुन! इस्राएल का मानिसहरू हो, म तिमीहरूलाई तिमीहरूकै विरूद्धमा साक्षी प्रकट गर्ने छु म परमेश्वर हुँ, तिमीहरूकै परमेश्वर। मैले तिमीहरूले चढाएका बलिहरूका विषय मैले गुनासो गरिरहेको छैन। तिमी इस्राएल का मानिसहरूले सधैँ नै होमबलिहरू चढायौं। प्रत्येक दिन ती बलिहरू मलाई चढायौं। म तिम्रो घरबाट साँढेहरू लिने छैन म तिमीहरूको गोठहरूबाट बाख्राहरू लिने छैन। मलाई ती पशुहरूको आवश्यकता छैन। मसँग पहिल्यैबाट जंङ्गलमा पशुहरू छन्। हजारौं पर्वतहरूमा त्यस्ता पशुहरू मेरो आफ्नै छन्। उच्च पर्वतहरूमा भएका सबै चरा-चुरूङ्गीहरू म जान्दछु। प्रत्येक जल-प्राणी र जति पहाडहरूमा छन् ती सबै मेरै हुन्। म भोको छैन तर यदि म भोको हुँदो हुँ ता पनि म तिमीहरूलाई खाना माग्ने छैन। पहिल्यैबाटै यो संसार र यसका प्रत्येक चीजहरू मेरो आफ्नै हुन्। म साँढेहरूको मासु र बाख्राहरूका दूध खान्नँ।” यसैले अरूहरूसँग बाँडचुँड गरे पछिको धन्यवादको अर्पणहरू लिएर मसित हुनलाई आऊ। तिमीहरूले उच्चतम् परमेश्वरलाई वचनहरू दिएका छौ, यसैले ती वचनहरू पूरा गर। परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकार म सहयोग गर्नेछु। अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।” परमेश्वरले दुष्ट मानिसहरूलाई भन्नुहुन्छ, “तिमीहरूले मेरो नियमहरूको बारेमा कुरा गर्छौ। तिमीहरूले मेरो करारको बारेमा कुरा गर्यौ। यसकारण यसलाई किन उपेक्षा गर्छौ जब कि म तिमीहरूलाई सुधार्न खोज्छु? किन मैले भनेका कुराहरू अस्वीकार गर्दछौ? तिमीहरूले चोरलाई भेट्छौ र त्यो सित मिल्न दौडन्छौ। तिमीहरू व्यभिचारीहरूसँग सुत्छौ। तिमीहरूले अनुचित र झूटो कुराहरू गर्छौ। तिमीहरूले लगातार आफ्ना दाज्यू भाइहरूको विषयमा आलोचना गर्छौ, अनि दोष लगाईरहेका छौ। यद्यपि तिमीहरूले त्यस्ता अनुचित कुराहरू गरे पनि म चुपचाप बसें, यसैले तिमीहरूले सोच्यौ कि म पनि तिमीहरू जस्तै हुँ। हेर! धेरै बेर म चुपचाप बस्ने छैन! म स्पष्ट गर्न चाहन्छु र तिमीहरूकै सम्मुखमा दोष लाउनेछु। तिमीहरूले परमेश्वरलाई भुलेर गयौ, यो मैले तिमीहरूलाई टुक्रा-टुक्रा पार्नु भन्दा अघि नै बुझ्ने चेष्टा गर। यदि त्यस्तो भयो भने, कसैले पनि तिमीहरूलाई बचाउँन सक्ने छैन। यदि कसैले धन्यवाद अर्पण दिन्छ भने, उसले मलाई श्रद्धा देखाउँछ, तर त्यो जसले सही जीवन विताउन चाहन्छ म उसलाई मेरो मुक्तिको शक्ति देखाउने छु।”

शेयर गर्नुहोस्
भजनसंग्रह 50 पढ्नुहोस्

भजनसंग्रह 50:1-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

सर्वशक्तिमान्‌ परमेश्‍वर, परमप्रभु बोल्‍नुहुन्‍छ, र सूर्योदयदेखि सूर्यास्‍तसम्‍म पृथ्‍वीलाई बोलाउनुहुन्‍छ। सौन्‍दर्यमा सिद्ध सियोनबाट परमेश्‍वर प्रकाशमान्‌ हुनुभएको छ। हाम्रा परमेश्‍वर आउनुहुन्‍छ, र मौन बस्‍नुहुनेछैन। उहाँको अगि एक भस्‍म गर्ने आगो छ, र उहाँको चारैपट्टि प्रचण्‍ड आँधीबेहरी छ। आफ्‍नो प्रजाको इन्‍साफ गर्न उहाँले माथिको आकाश र पृथ्‍वीलाई बोलाउनुहुन्‍छ: “ममा समर्पित हुने, अनि बलि चढ़ाएर मसँग करार बाँध्‍ने मेरा भक्तजनहरूलाई मकहाँ भेला गर।” अनि स्‍वर्गले उहाँको धार्मिकताको घोषणा गर्दछ, किनकि परमेश्‍वर स्‍वयम्‌ न्‍यायाधीश हुनुहुन्‍छ। सेला “हे मेरो प्रजा, सुन्‌, र म तँसँग बोल्‍नेछु, हे इस्राएल, म तेरो विरुद्धमा गवाही दिनेछु। म परमेश्‍वर हुँ, तेरा परमेश्‍वर। तेरा बलिदानहरूका लागि म तँलाई दोष दिन्‍नँ, वा तेरा होमबलिहरूका लागि, जो निरन्‍तर मेरो सामुन्‍ने छन्‌। तेरो गोठको साँढ़े, अथवा तेरा गोठहरूबाट बोकाको मलाई आवश्‍यकता छैन। किनकि जङ्गलको हरेक बस्‍तु र हजारौँ डाँड़ाहरूका गाईबस्‍तु मेरै हुन्‌। पर्वतहरूको प्रत्‍येक पक्षीलाई म चिन्‍छु, र भूमिका सबै प्राणीहरू मेरै हुन्‌। म भोकै भए तापनि तँलाई भन्‍नेथिइनँ, किनकि पृथ्‍वी र त्‍यसमा भएका यावत्‌ थोक मेरै हुन्‌। के म साँढ़ेहरूको मासु खान्‍छु अथवा बाख्राहरूको रगत पिउँछु? परमेश्‍वरलाई धन्‍यवाद बलि चढ़ा, र सर्वोच्‍चलाई दिएको भाकल पूरा गर्‌। र सङ्कष्‍टको दिनमा मलाई पुकार्‌, र म तँलाई छुटाउनेछु, र तैंले मेरो महिमा गर्नेछस्‌।” तर दुष्‍टलाई परमेश्‍वरले भन्‍नुहुन्‍छ, “मेरो व्‍यवस्‍था पाठ गर्ने तेरो के हक छ? वा तेरा ओठले मेरो करारको कुरा गर्ने तेरो के अधिकार छ? तँ मेरा शिक्षालाई घृणा गर्दछस्‌, र मेरा वचनलाई लत्त्याउँछस्‌। चोरलाई भेट्‌दा तँ चोरकै साथी हुन्‍छस्‌, अनि तँ व्‍यभिचारीहरूको सङ्गत गर्छस्‌। खराबी बोल्‍नलाई तँ आफ्‍नो मुख चलाउँछस्‌, र तेरो जिब्रोलाई छली कुराको लागि काममा लगाउँछस्‌। तँ निरन्‍तर आफ्‍नै भाइको विरुद्धमा बोल्‍छस्‌, र तेरो साक्‍खै भाइको निन्‍दा गर्छस्‌। तैंले यी सब काम गरेको छस्‌, र म चूप लागें, तैंले सोचिस्‌ म सर्वथा तँजस्‍तै छु। तर म तँलाई हप्‍काउनेछु, र तेरै मुखको अगि तेरो दोष देखाउनेछु। “हे परमेश्‍वरलाई बिर्सने हो, यो राम्ररी विचार गर्‌, नत्रता म तँलाई टुक्रा-टुक्रा पार्नेछु, अनि तँलाई छुटाउने कोही पनि हुँदैन। धन्‍यवाद बलि चढ़ाउनेले नै मेरो महिमा गर्दछ, र त्‍यसले मार्ग सुधार्छ, यसरी म त्‍यसलाई परमेश्‍वरको मुक्ति देखाउनेछु।”

शेयर गर्नुहोस्
भजनसंग्रह 50 पढ्नुहोस्

भजनसंग्रह 50:1-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेह, सर्वशक्तिशाली परमेश्‍वर बोल्नुहुन्छ, र पृथ्वीका मानिसहरूलाई सूर्योदयदेखि सूर्यास्तसम्म बोलाउनुहुन्छ। सुन्दरतामा सियोनबाट सिद्ध, परमेश्‍वर प्रकाशमान् हुनुभएको छ। हाम्रा परमेश्‍वर आउनुहुन्छ, र शान्त बस्‍नुहुनेछैन; उहाँको अगि भस्म पार्ने आगो छ, र उहाँको चारैपट्टि ठूलो आँधीबेहरी छ। आफ्ना मानिसहरूका न्याय गर्न परमेश्‍वरले माथिको आकाश र तलको पृथ्वीलाई बोलाउनुहुन्छ: “मेरा समर्पित मानिसहरू मकहाँ भेला गराओ, जसले बलिद्वारा मसँग करार बाँधेका छन्।” स्वर्गले उहाँको धार्मिकता घोषणा गर्छ; किनकि उहाँ नै न्यायको परमेश्‍वर हुनुहुन्छ। सेला “हे मेरा मानिसहरू हो, सुन, र म तिमीहरूसँग बोल्नेछु; हे इस्राएल, म तेरो विरुद्धमा गवाही दिनेछु: म परमेश्‍वर, तेरा परमेश्‍वर हुँ। म तँलाई तेरो बलिदानहरूका बारेमा दोष दिन्‍नँ, वा तेरो होमबलिहरूको बारेमा, जो सधैँ मेरो सामु छन्। मलाई तेरो गोठबाट साँढेको, वा तेरो खोरहरूबाट बोकाको आवश्यकता छैन; किनकि सम्पूर्ण जङ्गली पशुहरू मेरै हुन्, र हजारौँ डाँडाहरूका पशुप्राणी मेरै हुन्। म पहाडहरूका हरेक पक्षीलाई चिन्दछु; भूमिका सबै प्राणीहरू मेरै हुन्। यदि म भोकै भए तापनि तँलाई भन्‍नेथिइनँ; किनकि संसार मेरै हो, र त्यसमा भएका सबै थोक पनि मेरै हुन्। के म साँढेहरूको मासु खान्छु? अथवा बोकाहरूको रगत पिउँछु र? “परमेश्‍वरको निम्ति धन्यवादको बलि चढा, र सर्वोच्‍च परमेश्‍वरलाई गरेको तेरो भाकल पूरा गर्। सङ्कष्‍टको दिनमा मलाई पुकार्; म तँलाई छुटाउनेछु, र तैँले मलाई महिमा दिनेछस्।” तर परमेश्‍वरले दुष्‍टलाई भन्‍नुहुन्छ: “तैँले मेरो व्यवस्था पाठ गर्ने के हक छ? अथवा मेरो करारको कुरा गर्ने के अधिकार छ? मेरो शिक्षालाई तैँले घृणा गर्छस्, र मेरा आज्ञाहरूलाई इन्कार गर्छस्। जब चोरलाई देख्दा तँ चोरकै साथी बन्छस्; व्यभिचारीहरूसँग सहभागी हुन्छस्। तेरो मुख खराबी कुरा बोल्नलाई प्रयोग गर्छस्, र तेरो जिब्रोलाई छली कुरा गर्नलाई चलाउँछस्। तँ बस्छस्, र आफ्नै भाइको विरुद्धमा गवाही दिन्छस्; तँ आफ्नै साक्खै भाइलाई दोष लगाउँछस्। तैँले यी सबै कुराहरू गरिस्, र म चुप रहेँ; तैँले मलाई पूर्णतया आफूजस्तै ठानिस्; तर अब म तँलाई हप्काउनेछु, र तेरै मुखको अगि तेरो दोष देखाउनेछु। “हे परमेश्‍वरलाई बिसर्नेहरू हो, यो कुरा राम्ररी विचार गर; नत्रता म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र तिमीहरूलाई छुटाउने कोही पनि हुनेछैन: धन्यवादको बलिदान चढाउनेहरूले नै मेरो आदर गर्दछन्, जसले आफ्नो मार्ग सुधार्छ, म त्यसलाई परमेश्‍वरको मुक्ति देखाउनेछु।”

शेयर गर्नुहोस्
भजनसंग्रह 50 पढ्नुहोस्

भजनसंग्रह 50:1-23 पवित्र बाइबल (NERV)

परमप्रभु, देवताहरूका पनि परमेश्वर बोल्नु भयो। सूर्योदयदेखि र सूर्यस्तसम्म उहाँले सबैलाई पृथ्वीमा बोलाउनु भयो। सियोनबाट चम्किरहने परमेश्वर परम सुन्दर हुनुहुन्छ। हाम्रो परमेश्वर आउनु हुँदैछ अनि उहाँ चुपचाप बस्नु हुने छैन। उहाँको अघि आगो बल्छ अनि उहाँको वरिपरि ठूलो आँधी छ। जब हाम्रो परमेश्वरले मानिसहरूको न्याय गर्नु हुन्छ उहाँले पृथ्वी र आकाशलाई साक्षीको रूपमा बोलाउनु हुनेछ। परमेश्वर भन्नुहुन्छ, “मेरा शिष्यहरू मेरो वरिपरि भेला हुन आऊ, मेरा भक्तजनहरू र हामी एकाअर्कासित सम्झौता गरौं।” परमेश्वर न्यायी हुनुहुन्छ र आकाशले उहाँको धार्मिकता प्रकट गर्नेछ। परमेश्वर भन्नुहुन्छ, “हे मेरो भक्तजनहरू, ध्यान दिएर मेरो कुरा सुन! इस्राएल का मानिसहरू हो, म तिमीहरूलाई तिमीहरूकै विरूद्धमा साक्षी प्रकट गर्ने छु म परमेश्वर हुँ, तिमीहरूकै परमेश्वर। मैले तिमीहरूले चढाएका बलिहरूका विषय मैले गुनासो गरिरहेको छैन। तिमी इस्राएल का मानिसहरूले सधैँ नै होमबलिहरू चढायौं। प्रत्येक दिन ती बलिहरू मलाई चढायौं। म तिम्रो घरबाट साँढेहरू लिने छैन म तिमीहरूको गोठहरूबाट बाख्राहरू लिने छैन। मलाई ती पशुहरूको आवश्यकता छैन। मसँग पहिल्यैबाट जंङ्गलमा पशुहरू छन्। हजारौं पर्वतहरूमा त्यस्ता पशुहरू मेरो आफ्नै छन्। उच्च पर्वतहरूमा भएका सबै चरा-चुरूङ्गीहरू म जान्दछु। प्रत्येक जल-प्राणी र जति पहाडहरूमा छन् ती सबै मेरै हुन्। म भोको छैन तर यदि म भोको हुँदो हुँ ता पनि म तिमीहरूलाई खाना माग्ने छैन। पहिल्यैबाटै यो संसार र यसका प्रत्येक चीजहरू मेरो आफ्नै हुन्। म साँढेहरूको मासु र बाख्राहरूका दूध खान्नँ।” यसैले अरूहरूसँग बाँडचुँड गरे पछिको धन्यवादको अर्पणहरू लिएर मसित हुनलाई आऊ। तिमीहरूले उच्चतम् परमेश्वरलाई वचनहरू दिएका छौ, यसैले ती वचनहरू पूरा गर। परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकार म सहयोग गर्नेछु। अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।” परमेश्वरले दुष्ट मानिसहरूलाई भन्नुहुन्छ, “तिमीहरूले मेरो नियमहरूको बारेमा कुरा गर्छौ। तिमीहरूले मेरो करारको बारेमा कुरा गर्यौ। यसकारण यसलाई किन उपेक्षा गर्छौ जब कि म तिमीहरूलाई सुधार्न खोज्छु? किन मैले भनेका कुराहरू अस्वीकार गर्दछौ? तिमीहरूले चोरलाई भेट्छौ र त्यो सित मिल्न दौडन्छौ। तिमीहरू व्यभिचारीहरूसँग सुत्छौ। तिमीहरूले अनुचित र झूटो कुराहरू गर्छौ। तिमीहरूले लगातार आफ्ना दाज्यू भाइहरूको विषयमा आलोचना गर्छौ, अनि दोष लगाईरहेका छौ। यद्यपि तिमीहरूले त्यस्ता अनुचित कुराहरू गरे पनि म चुपचाप बसें, यसैले तिमीहरूले सोच्यौ कि म पनि तिमीहरू जस्तै हुँ। हेर! धेरै बेर म चुपचाप बस्ने छैन! म स्पष्ट गर्न चाहन्छु र तिमीहरूकै सम्मुखमा दोष लाउनेछु। तिमीहरूले परमेश्वरलाई भुलेर गयौ, यो मैले तिमीहरूलाई टुक्रा-टुक्रा पार्नु भन्दा अघि नै बुझ्ने चेष्टा गर। यदि त्यस्तो भयो भने, कसैले पनि तिमीहरूलाई बचाउँन सक्ने छैन। यदि कसैले धन्यवाद अर्पण दिन्छ भने, उसले मलाई श्रद्धा देखाउँछ, तर त्यो जसले सही जीवन विताउन चाहन्छ म उसलाई मेरो मुक्तिको शक्ति देखाउने छु।”

शेयर गर्नुहोस्
भजनसंग्रह 50 पढ्नुहोस्

भजनसंग्रह 50:1-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु सर्वशक्तिमान्‌ परमेश्‍वर बोल्‍नुहुन्‍छ, उहाँले पूर्वदेखि पश्‍चिमसम्‍म सारा पृथ्‍वीलाई बोलाउनुहुन्‍छ। सियोनबाट परमेश्‍वर चम्‍कनुहुन्‍छ, त्‍यो सहर सम्‍पूर्ण सुन्‍दरताले भरिएको छ। हाम्रा परमेश्‍वर आउँदै हुनुहुन्‍छ, तर उहाँ चुपचाप आउनुहुन्‍न, उहाँको अघि दन्‍कने आगो छ र उहाँको चारैपट्टि प्रचण्‍ड आँधी-बेहरी छ। आफ्‍ना प्रजाको न्‍याय गर्दा उहाँले स्‍वर्ग र पृथ्‍वीलाई साक्षी बनेर हेर्न बोलाउनुहुन्‍छ। उहाँ भन्‍नुहुन्‍छ, “मेरा विश्‍वासी प्रजा, जसले बलि चढाएर मसँग करार बाँधे, तिनीहरूलाई मकहाँ भेला गर।” परमेश्‍वर धर्मी हुनुहुन्‍छ र आफैं न्‍यायकर्ता हुनुहुन्‍छ भनी स्‍वर्गले घोषणा गर्दछ। हे मेरा प्रजा! म बोल्‍नेछु, तिमीहरू सुन, हे इस्राएल! म तेरो विरुद्ध गवाही दिनेछु। म परमेश्‍वर हुँ, तेरा परमेश्‍वर! तैँले मकहाँ सधैँ चढाएका होमबलि र बलिदानहरूका कारण, म तँलाई हप्‍काउँदिनँ। तर मलाई तेरा गोठबाट साँढे वा बगालबाट बोका चाहिँदैन। जङ्गलका सबै जनावरहरू मेरा हुन् र हजारौं डाँडाका गाई-वस्‍तु। सबै जङ्गली पक्षीहरू मेरा हुन् र मैदानमा भएका सबै जीवित प्राणीहरू। “म भोकाएको छु भने पनि तँलाई भन्‍नेछैनँ किनभने सारा संसार र त्‍यसमा भएका हरचीज मेरा हुन्। के म साँढेको मासु खाऊँ? वा बोकाको रगत पिऊँ? तेरो धन्‍यवाद नै परमेश्‍वरलाई चढाएको बलिदान होस्। तैँले जे कुराको प्रतिज्ञा गरेको छस्, ती सबै सर्वशक्तिमान्‌लाई दे। तँलाई दु:ख-कष्‍ट पर्दा मलाई पुकार्‌, म तँलाई बचाउनेछु र तैँले मेरो प्रशंसा गर्नेछस्।” तर परमेश्‍वरले दुष्‍टहरूलाई भन्‍नुहुन्‍छ, तिमीहरूले मेरा आज्ञाहरू किन सुनाउनुपर्छ? मेरो करारबारे किन बोल्‍नुपर्छ? मैले तिमीहरूलाई सोझो पार्न अर्ती दिएको तिमीहरू मान्‍दैनौ, मेरा आज्ञाहरू अस्‍वीकार गर्छौ। आफूले भेटेको हरेक चोरलाई साथी बनाउँछौ र व्‍यभिचारीहरूसँग सम्‍बन्‍ध राख्‍छौ। झूटो बोल्‍न अप्‍ठेरो मान्‍दैनौ र खराब कुरा गर्न सधैँ तयार छौ। तिमीहरू आफ्‍नै दाजुभाइहरूलाई दोष दिन तयार छौ र तिनीहरूका भुल खोज्‍न तयार हुन्‍छौ। तिमीहरूले यी सबै गरेका छौ र पनि मैले केही भनेको छैनँ, त्‍यसैले तिमीहरूले सोच्‍यौ कि म पनि तिमीहरूजस्‍तै छु। तर म अब तिनीहरूलाई हप्‍काउँछु र सबै कुरा सरल गरी बुझाउँछु। “तिमीहरू, जसले मलाई वास्‍ता गरेका छैनौ, मेरा यी कुराहरू सुन, नत्र म तिमीहरूलाई नाश पार्नेछु र तिमीहरूलाई बचाउने कोही हुनेछैन। धन्‍यवाद दिनु नै मलाई आदर दिने बलिदान हो र मेरा आज्ञा मान्‍नेहरू सबैलाई म निश्‍चय बचाउनेछु।”

शेयर गर्नुहोस्
भजनसंग्रह 50 पढ्नुहोस्