भजनसंग्रह 48:9-10
भजनसंग्रह 48:9-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमेश्वर! तपाईंको मन्दिरमा हामी तपाईंको अटुट प्रेमबारे सोच्दछौं। मानिसहरूले सबै ठाउँमा तपाईंको प्रशंसा गर्दछन्, पृथ्वीभरि उहाँको नाम फैलिएको छ, तपाईंले न्यायसाथ राज्य गर्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 48 पढ्नुहोस्भजनसंग्रह 48:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमेश्वर, तपाईंको मन्दिरभित्र, हामी तपाईंको अचूक कृपामाथि ध्यान गर्छौं। हे परमेश्वर, तपाईंको नाउँ जस्तो छ, त्यस्तै पृथ्वीको पल्लो छेउसम्मै तपाईंको प्रशंसा पुग्दछ। तपाईंको दाहिने बाहुली धार्मिकताले भरिएको छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 48 पढ्नुहोस्भजनसंग्रह 48:9-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे परमेश्वर, तपाईंको मन्दिरभित्र, हामी तपाईंको अचुक प्रेमको ध्यान गर्छौँ। हे परमेश्वर, तपाईंको नामजस्तै, तपाईंको प्रशंसा पृथ्वीको छेउसम्मै पुग्दछ; तपाईंको दाहिने बाहुली धार्मिकताले भरिएको छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 48 पढ्नुहोस्