भजनसंग्रह 48:1-3
भजनसंग्रह 48:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ, हाम्रा परमेश्वरको नगरमा, उहाँको पवित्र पर्वतमा। उहाँको पवित्र पर्वत आफ्नो उचाइमा मनोहर छ, सारा पृथ्वीको लागि त्यो हर्ष बनेको छ। सापोनको परम उचाइझैँ सियोन पर्वत छ, महान् राजाको नगर। परमेश्वर त्यसका किल्लाहरूमा हुनुहुन्छ, अनि उहाँ त्यसको सुरक्षा हुनुहुन्छ भनी उहाँले देखाउनुभएको छ।
भजनसंग्रह 48:1-3 पवित्र बाइबल (NERV)
परमप्रभु महान् हुनुहुन्छ। उहाँको पवित्र पर्वतमा, मानिसहरूले हाम्रो परमेश्वरको शहरमा अधिक प्रशंसा गर्दछन्। परमेश्वरको पवित्र शहर यस्तो आनन्दमय उचाइमा छ! यसले पृथ्वीभरिका मानिसहरूलाई आनन्द दिन्छ! सियोन पर्वत परमेश्वरको साँच्चो पर्वत हो, यो महान् राजाको शहर हो। त्यस शहरको राजमहलमा, परमेश्वरलाई किल्ला भनिन्छ।
भजनसंग्रह 48:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु महान् हुनुहुन्छ र हाम्रा परमेश्वरको सहरमा, उहाँका पवित्र डाँडामा उहाँको ठूलो प्रशंसा हुनुपर्छ। परमेश्वरको पर्वत सियोन अग्लो र सुन्दर छ, महान् राजाको यस सहरले सारा संसारमा आनन्द ल्याउँदछ। परमेश्वरले देखाउनुभएको छ कि सहरका किल्लाहरूभित्र उहाँसित सुरक्षा छ।