भजनसंग्रह 40:10-11
भजनसंग्रह 40:10-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मुक्तिको शुभ-खबर मैले आफैंले मात्र लुकाइराखेको छैनँ, तपाईंको विश्वासयोग्यता र सहायताबारे मैले सधैँ बोलेको छु। तपाईंका सारा प्रजा भेला भएको सभामा तपाईंका विश्वासयोग्यता र अटुट प्रेमको बारेमा भन्नलाई मैले मुख खोलेको छु। परमप्रभु! म जान्दछु कि तपाईंले मलाई दयामाया गर्न कहिल्यै छोड्नुहुन्न, तपाईंको प्रेम र विश्वासयोग्यताले मलाई कुशलसाथ सधैँ राख्नेछन्।
भजनसंग्रह 40:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंको धार्मिकता म मेरो हृदयभित्र लुकाउँदिनँ। तपाईंको विश्वस्तता र तपाईंबाट हुने उद्धारको विषयमा म बोल्दछु। तपाईंको प्रेम र तपाईंको सत्यता म ठूलो सभाबाट लुकाउँदिनँ। हे परमप्रभु, आफ्नो कृपा मदेखि नरोक्नुहोस्। तपाईंको प्रेम र तपाईंको सत्यताले मलाई निरन्तर रक्षा गरोस्।
भजनसंग्रह 40:10-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंको धार्मिकता म मेरो हृदयमा लुकाउँदिनँ; तपाईंको विश्वासयोग्यता र तपाईंको मुक्तिको विषयमा म बोल्छु। तपाईंको अचुक प्रेम र तपाईंको सत्यता म ठूलो महासभामा लुकाउँदिनँ। हे याहवेह, तपाईंको कृपा मदेखि नरोक्नुहोस्; तपाईंको अचुक प्रेम र तपाईंको विश्वासयोग्यताले मलाई निरन्तर रक्षा गरून्।
भजनसंग्रह 40:10-11 पवित्र बाइबल (NERV)
हे परमप्रभु, तपाईंले गर्नु भएका असल कुराहरू बताएँ, मैले ती कुराहरू हृदयमा लुकाई राखिनँ। परमप्रभु, मैले मानिसहरूलाई भनें तिनीहरू बाँच्नलाई तपाईंमाथि आश्रित हुन सक्छन्। मैले तपाईंको विश्वस्तता र अनुग्रहलाई सभामा मानिसहरूबाट लुकाइनँ। यसैकारण, हे परमप्रभु! मदेखि तपाईंको कृपा नलुकाउनु होस्! तपाईंको विश्वस्तता र कृपादानले मेरो रक्षा गरोस्।”