भजनसंग्रह 38:6-10
भजनसंग्रह 38:6-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म झुकेर धुलैमा मिलिसकेको छु; सारा दिन म विलाप गर्दै हिँड्छु। मेरो ढाड जलनको पीडाले भरिएको छ; मेरो शरीर स्वस्थ छैन। म दुर्बल भएको छु, र पूर्ण रूपले टुटेको छु; हृदयको पीडामा म कहालिन्छु। हे प्रभु, मेरा सबै इच्छा तपाईंको अगि खुलस्त छन्; मेरा सुस्केरा तपाईंबाट लुकेको छैन। मेरो मुटु छिटो-छिटो धड्कन्छ; मेरो बलले भ्याउँदैन; मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ।
भजनसंग्रह 38:6-10 पवित्र बाइबल (NERV)
म कुप्रिएँ र साह्रै ज्यादा झुकेको छु, म दिनभरि हताश-हताश हुन्छु। मलाई ज्वरो आएको छ, अनि मेरो सम्पूर्ण शरीर कट्-कट् खाइरहेछ। म यति विघ्न पीडित छु कि अनुभव गर्न सक्तिनँ। मेरो दुःखेको मुटुले मलाई रूने बनाएको छ। मेरो स्वामीले, मेरो पीडित स्वर सुन्नुभयो। मेरो सुस्केरा तपाईंबाट लुकेको छैन। मेरो मुटु झन्-झन् ढुक्ढुक् गरिरहेको छ। मेरो बल तुरिन्दै गइरहेको छ, अनि म अन्धो हुन लागिरहेको छु।
भजनसंग्रह 38:6-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म झुकेर धूलैमा लोटिसकेको छु, दिनभरि म विलाप गर्दै हिँड्छु। मेरो ढाड जलनले भरिएको छ, र मेरो शरीरमा कत्ति पनि तन्दुरुस्ती छैन। म बिलकुल दुर्बल भएको छु, र चकनाचूर पारिएको छु। मेरो हृदयको पीडाले गर्दा म कहालिउठ्छु। हे परमप्रभु, मेरा सबै अभिलाषाहरू तपाईंलाई विदितै छन्, र मेरो सुस्केरा तपाईंबाट लुकेको छैन। मेरो मुटु धड़कन्छ, मेरो बलले भियाउँदैन, मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ।
भजनसंग्रह 38:6-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म निहुरेको छु, चुर भएको छु, दिनभरि म विलाप गर्दछु। मेरो ज्वरो आगोजस्तो बल्दो छ र म मर्न आँटेको छु। म गलिसकेको छु र चकनाचुर भएको छु, मेरो हृदयमा कष्ट छ र म पीडाले कराउँछु। हे प्रभु! म के चाहन्छु, सो तपाईंले जान्नुहुन्छ, मेरा सबै बिलौना तपाईंले सुन्नुहुन्छ। मेरो मुटु जोडले ढुकढुक गरिरहेको छ, मेरो बल हराइसक्यो र मेरा आँखाले तिनका ज्योति हराइसके।