भजनसंग्रह 38:4-6
भजनसंग्रह 38:4-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा अधर्महरूमा म शिरसम्म डुबिसकेको छु, मैले बोक्न नसक्ने गरी ती बढ़ी गह्रौँ भएका छन्। मेरो पापमय मूर्खताले गर्दा, मेरा घाउहरू दुर्गन्धित भएका छन् र सड़िसकेका छन्। म झुकेर धूलैमा लोटिसकेको छु, दिनभरि म विलाप गर्दै हिँड्छु।
शेयर गर्नुहोस्
भजनसंग्रह 38 पढ्नुहोस्भजनसंग्रह 38:4-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा अधर्महरूले मलाई ढाकिसकेको छ, बोक्न नसक्ने भारीझैँ ती धेरै गह्रौँ भएका छन्। मेरो पापमय मूर्खताको कारणले गर्दा, मेरा घाउहरू दुर्गन्धित भएका छन्, र सडिसकेका छन्। म झुकेर धुलैमा मिलिसकेको छु; सारा दिन म विलाप गर्दै हिँड्छु।
शेयर गर्नुहोस्
भजनसंग्रह 38 पढ्नुहोस्