भजनसंग्रह 34:1-4
भजनसंग्रह 34:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हरसमय म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ। मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ। कष्टमा परेकाहरू यो सुनेर खुशी होऊन्। मसँगसँगै परमप्रभुको महिमा गर, र हामी एकसाथ उहाँको नाउँ उच्च पारौं! मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो।
भजनसंग्रह 34:1-4 पवित्र बाइबल (NERV)
हर समय म परमप्रभुलाई धन्यको भन्छु। उहाँको स्तुति निरन्तर मेरो ओंठमा हुनेछ। नम्र मानिसहरू! सुन र खुशी बन। मेरो प्राणले परमप्रभुको विषयमा घमण्ड गर्दछ। मसँग-सँगै परमप्रभुको स्तुति गर! र हामी मिलेर उहाँको नाउँको बढाईं गरौं। म परमेश्वरको सहायता पाउनलाई उहाँकहाँ गएँ। अनि उहाँले मलाई उत्तर दिनुभयो। मेरा सब डरहरूबाट उहाँले मलाई बचाउनु भयो।
भजनसंग्रह 34:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म सधैँ परमप्रभुलाई धन्यवाद दिनेछु, उहाँको प्रशंसा गर्न म कहिल्यै रोक्नेछैनँ। उहाँले गर्नुभएको कामको लागि म उहाँलाई प्रशंसा गर्नेछु; सताइएकाहरू सबै त्यो सुनेर हर्षित होऊन्। मसँग परमप्रभुको महान्ताबारे स्वर उचाल, हामी मिलेर उहाँको नामको प्रशंसा गरौं! मैले परमप्रभुसँग प्रार्थना गरें, उहाँले मलाई उत्तर दिनुभयो, उहाँले मलाई सारा डरदेखि छुटकारा दिनुभयो।