YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 34:1-4

भजनसंग्रह 34:1-4 सरल नेपाली

म सधैँ परमप्रभुलाई धन्‍यवाद दिनेछु, उहाँको प्रशंसा गर्न म कहिल्‍यै रोक्‍नेछैनँ। उहाँले गर्नुभएको कामको लागि म उहाँलाई प्रशंसा गर्नेछु; सताइएकाहरू सबै त्‍यो सुनेर हर्षित होऊन्। मसँग परमप्रभुको महान्‌ताबारे स्‍वर उचाल, हामी मिलेर उहाँको नामको प्रशंसा गरौं! मैले परमप्रभुसँग प्रार्थना गरें, उहाँले मलाई उत्तर दिनुभयो, उहाँले मलाई सारा डरदेखि छुटकारा दिनुभयो।

भजनसंग्रह 34 पढ्नुहोस्