भजनसंग्रह 31:23-24
भजनसंग्रह 31:23-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे उहाँका सबै पवित्र जन हो, परमप्रभुलाई प्रेम गर! विश्वास गर्नेहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्छ, तर अहङ्कारीहरूलाई चाहिँ उहाँले पूरा दण्ड दिनुहुन्छ। हे परमप्रभुमा आशा राख्ने सबै जना हो, शक्तिशाली होओ, अनि ढाड़स गर।
भजनसंग्रह 31:23-24 पवित्र बाइबल (NERV)
हे परमेश्वरका भक्तजनहरू, तिमीहरूले परमप्रभुलाई प्रेम गर्नु पर्छ! परमप्रभुले तिनीहरूलाई रक्षा गर्नुहुन्छ जो उहाँप्रति विश्वासी छन्। तर परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुन्छ जसले आफ्नो बलको अहंकार गर्छन्। उहाँले तिनीहरूलाई दण्ड दिनुहुन्छ जो त्यसको लायक छन्। बलियो र साहसी होऊ, तिमीहरू सबै जो परमप्रभुको सहयोग पर्खिरहेका छौ।
भजनसंग्रह 31:23-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँका विश्वासयोग्य जनहरू हो, तिमीहरूले परमप्रभुलाई प्रेम गर, परमप्रभुले विश्वासीहरूलाई रक्षा गर्नुहुनेछ, तर घमण्डीहरूलाई तिनीहरूले पाउनुपर्ने दण्ड दिनुहुन्छ। परमप्रभुमा आशा गर्नेहरू सबै, तिमीहरू बलियो र साहसी होओ।