भजनसंग्रह 25:7-9
भजनसंग्रह 25:7-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो जवानीका पापहरू र मेरा अपराधहरू स्मरण नगर्नुहोस्, हे परमप्रभु, आफ्नो प्रेमअनुसार मेरो सम्झना गर्नुहोस्, किनकि तपाईं असल हुनुहुन्छ। परमप्रभु भला र सच्चा हुनुहुन्छ, यसैकारण उहाँले पापीहरूलाई आफ्नो बाटो सिकाउनुहुन्छ। उहाँले नम्रहरूलाई साँचो मार्गमा डोर्याउनुहुन्छ, र तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ।
भजनसंग्रह 25:7-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरा जवानीका पापहरू र भुलहरू क्षमा गर्नुहोस्, तपाईंको अटुट प्रेम र भलाइमा मलाई सम्झनुहोस्, हे परमप्रभु! परमप्रभुले पापीहरूलाई हिँड्नुपर्ने ठीक बाटोबारे सिकाउनुहुन्छ किनभने उहाँ धर्मी र भलो हुनुहुन्छ। उहाँले नम्रहरूलाई ठीक बाटोमा डोर्याउनुहुन्छ र आफ्ना इच्छाबारे सिकाउनुहुन्छ।

भजनसंग्रह 25:7-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा जवानीका पापहरू र मेरा अपराधहरू स्मरण नगर्नुहोस्। हे याहवेह, तपाईंको अचुक प्रेमअनुसार मेरो सम्झना गर्नुहोस्, किनकि तपाईं भलो हुनुहुन्छ। याहवेह भलो र धर्मी हुनुहुन्छ। यसैकारण उहाँले पापीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ। उहाँले नम्रहरूलाई ठिक कुरामा अगुवाइ गर्नुहुन्छ, र तिनीहरूलाई उहाँका मार्गहरू सिकाउनुहुन्छ।
भजनसंग्रह 25:7-9 पवित्र बाइबल (NERV)
म जवान हुँदा गरेका मेरा ती पापहरू र दुष्टतापूर्ण कामहरू नसम्झनु होस्। किनभने तपाई असल हुनुहुन्छ, हे प्रभु मलाई सम्झनुहोस्। परमप्रभु साँच्चै असल हुनुहुन्छ अनि असल काम मात्र गर्नुहुन्छ। उहाँले पापीहरूलाई ठीक मार्गमा जीउने तरिका सिकाउँनु हुन्छ। जब उहाँ नम्र मानिसहरूको निम्ति न्याय संगत हुनुहुन्छ। यसरी उहाँले तिनीहरूलाई जिउन सही मार्ग देखाउनु हुन्छ।