भजनसंग्रह 17:1-15
भजनसंग्रह 17:1-15 पवित्र बाइबल (NERV)
हे परमप्रभु, न्यायको निम्ति मेरो प्रार्थना सुन्नुहोस्। म तपाईंलाई उच्च स्वरमा पुकार्दैछु। अनि मैले भनेका कुरामा म ईमान्दार छु। यसैले मेरो प्रार्थनाप्रति ध्यान दिनुहोस्। तपाईं मेरो विषयमा सही निर्णय लिनु हुनेछ किनभने तपाईं सत्य देख्न सक्नु हुन्छ। तपाईंले मेरो हृदयलाई गहिरो हेर्नु भएको छ तपाईं रातभरि मसँग हुनुहुन्थ्यो। तपाईंले मलाई प्रश्न गर्नु भयो अनि केही दोषहरू पाउनु भएन। मैले कुनै खराब योजना बनाइनँ। मैले जहाँसम्म एकजना मानवको निम्ति सम्भव छ त्यतिनै मैले तपाईंको आज्ञाहरू पालन गर्ने चेष्टा गरेको छु। मैले तपाईंको पथ अनुशरण गरेकोछु। मेरो पाइलाहरूले तपाईंले बताउनु भएको बाँच्ने तरिका कहिल्यै छोडेका छैनन्। हे परमेश्वर, प्रत्येक पल्ट मैले तपाईंलाई बोलाएँ। तपाइँले मलाई जवाफ दिनुभयो। यसैले अब मेरो कुरा सुन्नु होस्। हे परमेश्वर, तपाईंले ती मानिसहरूलाई सहयोग गर्नुभयो, जसले तपाईंमाथि भरोसा गरे। तिनीहरू तपाईंको दाहिनेतर्फ उभिएका छन्। त्यसैले यो प्रार्थना तपाईंले आफ्ना भक्तजनहरू मध्ये एकजनाबाट सुन्नु होस्। तपाईंले आफ्नो आँखाको नानी जस्तै मेरो रक्षा गर्नुहोस्। तपाईंको छत्रछाँयामुनि मलाई लुकाउनु होस्। हे परमप्रभु, मलाई नष्ट गर्न खोज्ने दुष्ट मानिसहरूबाट जोगाउनु होस्। मेरो चारैतिरबाट घात पुर्याउन प्रयास गरिरहेका दुष्ट मानिसहरूदेखि मलाई जोगाउनु होस्। तिनीहरूमा दया छैन। तिनीहरू साह्रै अहंकारी छन्। तिनीहरूले परमेश्वरका कुराहरू सुन्दैनन्। ती मानिसहरूले मेरो खेदो गरे। अहिले तिनीहरू मेरो चारैतिर आक्रमण गर्न तयार छन्। ती दुष्ट मानिसहरू हिंस्रक सिंहहरू जस्तै अन्य प्राणीहरूलाई मारेर खान्छन्। तिनीहरू सिंहहरू जस्तै लुक्छन् र आक्रमण गर्न तयार रहन्छन्। हे परमप्रभु, उठ्नुहोस र शत्रु तर्फ जानु होस्। तिनीहरूलाई आत्मासमर्पण गर्न बाध्य पार्नुहोस्। तपाईंको आफ्नो तरवार चलाउनु होस् र ती दुष्ट मानिसहरूबाट मलाई बचाउँनुहोस्। हे परमप्रभु, तपाईंको शक्ति प्रयोग गर्नुहोस् र दुष्ट मानिसहरूलाई यस धर्तीबाट हटाउनुहोस्। हे परमप्रभु, प्रशस्त मानिसहरू तपाईं कहाँ सहायता माग्न आउँछन्। ती मानिसहरूलाई प्रशस्त खानेकुरा दिनु होस्। तीनीहरूलाई यति प्रशस्त खानेकुराहरू दिनुहोस्, तिनीहरूका भावी सन्तानलाई पनि पुगोस्। मैले न्यायको निम्ति प्रार्थना गरें। यसैले, हे परमप्रभु, म तपाईंको मुहार हेर्नेछु। हे परमप्रभु, तपाईंलाई हेरेर, म पूर्ण सन्तुष्ट हुनेछु।
भजनसंग्रह 17:1-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु! न्यायको लागि मेरो बिन्ती सुन्नुहोस्, सहायताको लागि तपाईंले मेरो पुकारलाई ध्यान दिनुहोस्! मेरो इमान्दार प्रार्थना सुन्नुहोस्। तपाईंले मेरा पक्षमा न्याय गर्नुहुनेछ किनभने के कुरो ठीक हो सो, तपाईं जान्नुहुन्छ। तपाईंले मेरो हृदय जान्नुहुन्छ। राती तपाईं मकहाँ आउनुभएको छ, तपाईंले मलाई पूरा जाँच गर्नुभएको छ र ममा कुनै दुष्ट इच्छा पाउनुभएन। म अरूले जस्तो दुष्ट कुरा बोल्दिनँ, मैले तपाईंको आज्ञा मानेको छु र हिँसाको बाटोमा हिँडेको छैनँ। म सधैँ तपाईंको बाटोमा हिँडेको छु र कहिल्यै त्यहाँबाट हटेको छैनँ। हे परमेश्वर! म तपाईंसँग प्रार्थना गर्दछु किनभने तपाईंले मलाई उत्तर दिनुहुन्छ। यसकारण मतिर फर्केर मेरा शब्द सुन्नुहोस्। तपाईंको उदेकको प्रेम देखाएर हामीलाई बचाउनुहोस्। तपाईंको छेउमा रहँदा मेरा शत्रुहरूदेखि सुरक्षित हुन्छु। तपाईंका आफ्ना आँखाका नानीलाई झैँ मेरो रक्षा गर्नुहोस्। दुष्टको आक्रमणदेखि मलाई आफ्ना पखेटाको छायाँमुनि लुकाउनुहोस्। डरलाग्दा शत्रुहरूले मलाई घेरेका छन्, तिनीहरूसित माया छैन र ती घमण्डले बोल्छन्। म जतै फर्के पनि मलाई लडाउने मौका खोज्दै तिनीहरूले मलाई चारैपट्टि घेरिराखेका छन्। तिनीहरू मलाई टुक्रा-टुक्रा पार्न पर्खिरहेको सिंहजस्ता छन्। आउनुहोस्, परमप्रभु, मेरा शत्रुहरूसँग लड्नुहोस् र तिनीहरूलाई हराउनुहोस्। आफ्नो तरवारले मलाई दुष्टहरूबाट रक्षा गर्नुहोस्। जीवनमा आफूले चाहेका सम्पूर्ण कुराहरू पाउन सक्ने मानिसहरूदेखि मेरो रक्षा गर्नुहोस्। तिनीहरूको लागि तपाईंले जम्मा पारीराख्नुभएको पीडाले तिनीहरूलाई दण्ड दिनुहोस्। त्यस्तो दण्ड तिनीहरूका सन्तानसम्मलाई पुग्ने गरी होस् र तिनीहरूका नाति-नातिनाको लागि पनि केही उब्रोस्। तर मैले तपाईंलाई देख्नेछु किनभने मैले केही दोष गरेको छैनँ, म ब्यूँझँदा तपाईंको उपस्थितिले गर्दा म आनन्दले भरिनेछु।
भजनसंग्रह 17:1-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, मेरो धार्मिक पुकार सुनिदिनुहोस्, निष्कपट मुखबाट निस्केको मेरो प्रार्थनामा कान लगाउनुहोस्। मेरो निर्दोषता तपाईंबाटै ठहरिएको होस्, तपाईंको आँखाले सच्चाइ देखोस्। यदि तपाईंले मेरो हृदय जाँच्नुभयो भने, र राती पनि मेरो जाँच गर्नुभयो भने, मलाई परीक्षण गर्नुभए तापनि, तपाईंले मभित्र केही पनि भेट्टाउनुहुनेछैन। मेरो मुखको बोलीले कुनै अपराध गर्नेछैनँ भनी मैले निश्चय गरेको छु। मानिसहरूका कामको विषयमा भन्ने हो भने— तपाईंका मुखको वचनद्वारा मैले आफैलाई हिंसाको मार्गबाट बचाएर राखेको छु। मेरा पाइलाले तपाईंका बाटामा दृढ़तासाथ टेकेका छन्, मेरा खुट्टा चिप्लेका छैनन्। म तपाईंमा पुकार गर्दछु, हे परमेश्वर, किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ। तपाईंको कान मतिर थाप्नुहोस्, र मेरो बिन्ती सुन्नुहोस्। आफ्ना शत्रुहरूबाट तपाईंमा शरण खोज्नेहरूलाई आफ्नो दाहिने बाहुलीले बचाउनुहुने हे प्रभु, आफ्नो महान् प्रेमको आश्चर्यमय कुराहरू प्रदर्शन गर्नुहोस्। तपाईंका आँखाको नानीलाई झैँ मलाई बचाएर राख्नुहोस्। तपाईंका पखेटाको छायामुनि मलाई लुकाउनुहोस्— ती दुष्टहरूबाट, जसले मलाई लुट्दछन्, मेरा ती घातक शत्रुहरूबाट, जसले मलाई घेर्दछन्। तिनीहरू आफ्ना निर्दयी हृदय बन्द गर्दछन्, र तिनीहरू आफ्ना मुखले अहङ्कारसाथ कुरा गर्दछन्। तिनीहरूले मलाई खेदी-खेदी भेट्टाएका छन्, र अब मलाई घेरा लगाउँछन्। मलाई जमिनमा पछार्न तिनीहरू दाउ हेर्दछन्। तिनीहरू शिकारको निम्ति भोकाएको सिंहजस्तै भएका छन्, एउटा ठूलो सिंहझैँ तिनीहरू ढुकिबस्छन्। हे परमप्रभु, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्, तिनीहरूलाई पराजित गरिदिनुहोस्। आफ्नो तरवारद्वारा मेरो प्राणलाई दुष्टहरूबाट छुटाउनुहोस्। हे परमप्रभु, तपाईंको बाहुलीद्वारा यस्ता मानिसहरूबाट मलाई बचाउनुहोस्, यी संसारका मानिसहरूबाट जसको पुरस्कार यस जीवनकालमा सीमित छ। तपाईंले कदर गर्नुभएकाहरूको भोक शान्त गर्नुहुन्छ। तिनीहरूका छोराहरूका लागि प्रशस्त छन्, आफ्ना बालबच्चाका लागि तिनीहरूले धन-सम्पत्ति थुपारेर राख्छन्। अनि मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु। म बिउँझँदा तपाईंको प्रतिरूप देखेर सन्तुष्ट हुनेछु।

भजनसंग्रह 17:1-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह मेरो पुकारलाई सुन्नुहोस्, मेरो पुकार उचित छ; निष्कपट ओठहरूबाट निस्केका मेरो प्रार्थनामा कान लगाउनुहोस्। मेरो निर्दोषता तपाईंबाट ठहरिएको होस्; तपाईंका आँखाहरूले जे सही छ, त्यही देखून्। यदि तपाईंले मेरो हृदय जाँच्नुभयो भने, राति आएर मलाई जाँच गर्नुभए तापनि तपाईंले मभित्र केही पनि दुष्ट योजना भेट्टाउनुहुनेछैन; मैले संकल्प गरेको छु, मेरो ओठले पाप गर्नेछैन। यद्यपि मानिसहरूले मलाई घूस दिन खोज्छन्; तपाईंको मुखबाट निस्केका आज्ञाद्वारा मैले आफूलाई हिंसाको मार्गबाट जोगाइराखेको छु। मेरा पाइलाहरू तपाईंका मार्गमा चलेका छन्; मेरा पाउहरू चिप्लेका छैनन्। हे परमेश्वर, म तपाईंलाई पुकार्छु; किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ; तपाईंको कान मतिर लगाउनुहोस्, र मेरो बिन्ती सुन्नुहोस्। तपाईंको अचुक प्रेमको अद्भुत कार्यहरू देखाउनुहोस्; तपाईंमा शरण लिनेहरूलाई तिनीहरूका वैरीहरूबाट तपाईं आफ्नो दाहिने बाहुलीले बचाउनुहुन्छ। मलाई तपाईंको आँखाको नानीलाई झैँ रक्षा गर्नुहोस्; तपाईंको पखेटाको छायामा मलाई लुकाउनुहोस्, मलाई नष्ट पार्न आइलाग्ने दुष्टहरूबाट, मलाई घेरेर मार्न चाहने घातक शत्रुहरूबाट बचाउनुहोस्। तिनीहरूले आफ्ना निर्दयी हृदय बन्द गरेका छन्, र तिनीहरूका मुखले घमण्डका कुरा गर्दछन्। मलाई तिनीहरूले खोजी-खोजी निकालेर चारैतिर घेरेका छन्; मलाई जमिनमा पछार्नलाई तिनीहरू दाउ हेर्दछन्। तिनीहरू शिकारको निम्ति भोकाएको सिंहझैँ छन्, तिनीहरू एउटा डरलाग्दो सिंहझैँ झाडीमा ढुकिबस्छन्। हे याहवेह, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्; तिनीहरूलाई पराजित गरिदिनुहोस्; आफ्नो तरवारले मलाई दुष्टहरूबाट बचाउनुहोस्। हे याहवेह, जसको पुरस्कार यस संसारको जीवनकालमा सीमित छ, संसारका यस्ता मानिसहरूबाट तपाईंको बाहुलीले मलाई बचाउनुहोस्। तपाईंले साँचेर राख्नुभएका थोकहरूले दुष्टहरूको पेट भरिएको होस्; तिनीहरूका छोराछोरीहरूले प्रशस्त खानेकुरा हसुरून्, र तिनीहरूका आफ्ना भावी छोराछोरीहरूका लागि पनि प्रशस्त रहोस्। तर मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु; जब म बिउँझन्छु, तब तपाईंको मुहारको दर्शन गरेर म सन्तुष्ट हुनेछु।