भजनसंग्रह 16:5-9
भजनसंग्रह 16:5-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु, तपाईंले मेरो हिस्सा र कचौरा छुट्ट्याइदिनुभएको छ। तपाईंले मेरो भाग सुरक्षित राखिदिनुभएको छ। सिमानाका रेखाहरू मेरो निम्ति रमणीय स्थानमा परेका छन्। साँच्चै, मैले आनन्दमय पैतृक-सम्पत्ति पाएको छु। मलाई सल्लाह दिनुहुने परमप्रभुको प्रशंसा म गर्नेछु। मेरो हृदयले राती पनि मलाई अर्ती दिन्छ। मैले परमप्रभुलाई सधैँ मेरो सामुन्ने राखेको छु। उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, यसकारण म डग्नेछैनँ। यसकारण मेरो हृदय आनन्दित छ, अनि मेरो जिब्रो हर्षित हुन्छ। मेरो शरीर पनि सुरक्षित रहन्छ।
भजनसंग्रह 16:5-9 पवित्र बाइबल (NERV)
मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ। हे परमप्रभु, तपाईं मेरो सहारा हुनुहुन्छ, तपाईंले मेरो भाग प्रदान गर्नुहुन्छ। मेरो भाग आश्चर्यपूर्ण छ, मेरो उत्तराधिकार अति सुन्दर छ। म परमप्रभुको प्रशंसा गर्छु, किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ। राती पनि, मलाई आन्तरिक अर्ती दिनुहुन्छ। परमप्रभुलाई मैले सधैँ आफू समक्ष राखेको छु र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइनँ। मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ। अनि मेरो शरीर पनि सुरक्षित रहनेछ।
भजनसंग्रह 16:5-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु! तपाईं मेरो सर्वस्व हुनुहुन्छ र मलाई चाहिएका हरेक थोक तपाईंले दिनुहुन्छ, मेरो भविष्य तपाईंको हातमा छ। तपाईंले मलाई दिनुभएका दानहरू कति राम्रा र उदेकका छन्! म परमप्रभुको प्रशंसा गर्छु किनभने उहाँले मेरो अगुवाइ गर्नुहुन्छ र राती मेरो विवेकले मलाई सावधान गराउँदछ। सदा परमप्रभु उपस्थित हुनुभएको म थाहा पाउँदछु, उहाँ नजिक हुनुहुन्छ, कुनै कुराले मलाई हल्लाउन सक्दैन। यसैले म आनन्दित र धन्यवादी छु, मैले आफैंलाई पूरा सुरक्षित पाउँछु