YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 143:4-8

भजनसंग्रह 143:4-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसर्थ मेरो आत्मा मभित्र खिन्‍न हुन्छ; मेरो हृदय मभित्रै विचलित भएको छ। म अतीतका ती दिनहरू सम्झना गर्दछु; तपाईंका सबै कार्यहरूमा ध्यान गर्दछु, र तपाईंका हातले गरेका काममाथि विचार गर्दछु। म मेरा हात तपाईंतिर फैलाउँछु; सुक्खा जमिनझैँ म तपाईंको निम्ति तिर्खाउँछु। सेला हे याहवेह, मलाई झट्टै जवाफ दिनुहोस्; मेरो आत्मा क्षीण हुँदछ। तपाईंको मुहार मबाट नलुकाउनुहोस्; नत्र म चिहानभित्र जानेहरूझैँ हुनेछु। हरेक बिहानले मेरा निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्; किनकि तपाईंमा नै मैले आफ्नो भरोसा राखेको छु; म कुन मार्गमा हिँड्नुपर्ने हो, त्यो मलाई देखाउनुहोस्; किनकि म मेरो जीवन तपाईंमा अर्पण गर्दछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 143 पढ्नुहोस्

भजनसंग्रह 143:4-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसकारण मेरो आत्‍मा मभित्र शिथिल हुन्‍छ, र मेरो हृदय मभित्रै त्रसित भएको छ। म अतीतका दिनहरू स्‍मरण गर्दछु, र तपाईंका सबै कार्यहरूमा मनन गर्दछु, अनि तपाईंका हातले गरेका काममाथि विचार गर्दछु। म मेरा हात तपाईंतिर पसार्दछु, बाँझो जमिनझैँ मेरो प्राण तपाईंको निम्‍ति तिर्खाउँछ। सेला हे परमप्रभु, मलाई छिटो जवाफ दिनुहोस्‌, मेरो आत्‍मा शिथिल हुन्‍छ। आफ्‍नो मुहार मबाट नलुकाउनुहोस्‌ नत्रता म मृत-लोकमा पर्नेहरूझैँ हुनेछु। प्रात:कालले तपाईंको अचूक कृपाको वचन ल्‍याओस्‌, किनकि तपाईंमा नै मैले भरोसा राखेको छु। कुन मार्गमा मैले हिँड्‌नुपर्ने हो त्‍यो मलाई सिकाउनुहोस्‌, किनकि मेरो आत्‍मा म तपाईंतिर उचाल्‍दछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 143 पढ्नुहोस्

भजनसंग्रह 143:4-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसर्थ मेरो आत्मा मभित्र खिन्‍न हुन्छ; मेरो हृदय मभित्रै विचलित भएको छ। म अतीतका ती दिनहरू सम्झना गर्दछु; तपाईंका सबै कार्यहरूमा ध्यान गर्दछु, र तपाईंका हातले गरेका काममाथि विचार गर्दछु। म मेरा हात तपाईंतिर फैलाउँछु; सुक्खा जमिनझैँ म तपाईंको निम्ति तिर्खाउँछु। सेला हे याहवेह, मलाई झट्टै जवाफ दिनुहोस्; मेरो आत्मा क्षीण हुँदछ। तपाईंको मुहार मबाट नलुकाउनुहोस्; नत्र म चिहानभित्र जानेहरूझैँ हुनेछु। हरेक बिहानले मेरा निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्; किनकि तपाईंमा नै मैले आफ्नो भरोसा राखेको छु; म कुन मार्गमा हिँड्नुपर्ने हो, त्यो मलाई देखाउनुहोस्; किनकि म मेरो जीवन तपाईंमा अर्पण गर्दछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 143 पढ्नुहोस्

भजनसंग्रह 143:4-8 पवित्र बाइबल (NERV)

म छोड्न तयार छु, म आफ्ना आँट हराई रहेछु। तर म ती घट्नाहरू सम्झन्छु जुन धेरै बर्ष अगाडि घटेको थियो। म तपाईंले गर्नु भएको धेरै कुराहरू बारे सोचिरहेछु। म तपाईंले गर्नु भएका ती कुराहरूका बारेमा भनिरहेछु, जुन तपाईंले आफ्नो महान् शक्तिद्वारा गर्नुभयो! परमप्रभु, म मेरो पाखुराहरू उठाएर तपाईंलाई प्रार्थना गर्दछु। बाँझो धर्तीले बर्षा पर्खे जस्तै म तपाईंको साथ पर्खिरहेछु,। परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्। मैले आफ्नो आँट हराएँ। मदेखि टाढा नभाग्नु होस्। मलाई मर्नबाट जोगाउनु होस् र ती मरेर चिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्। परमप्रभु, आज बिहान तपाईं आफ्नो स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्। म तपाईंलाई भरोसा गर्दछु, मैले गर्नुपर्ने कुराहरू मलाई देखाउनु होस्। तपाईंको हातमा मैले आफ्नो जीवन अर्पण गरें।

शेयर गर्नुहोस्
भजनसंग्रह 143 पढ्नुहोस्

भजनसंग्रह 143:4-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यसैले म शिथिल हुन लागेको छु। मेरो मनमा गहिरो पीडा छ। म बितेका दिनलाई सम्‍झँदछु, तपाईंले गर्नुभएको सबै कामहरूबारे सोच्‍दछु, तपाईंका सबै कामहरू म मनमा गुन्‍दछु। म प्रार्थनामा तपाईंतिर आफ्‍ना हात उचाल्‍दछु, सुखा जमिनजस्‍तै मेरो प्राण तपाईंको निम्‍ति तिर्खाएको छ। परमप्रभु, अहिले मलाई उत्तर दिनुहोस्! मैले सबै आशा हराएको छु। मदेखि आफैंलाई नलुकाउनुहोस्, नत्रता मृत्‍यु-लोकमा गएको जस्‍तै म हुनेछु। हरेक बिहान मलाई तपाईंको अटुट प्रेमको याद दिलाउनुहोस् किनभने म तपाईंमाथि भरोसा राख्‍दछु। मेरो प्रार्थना तपाईंकहाँ पुग्‍दछ, मैले हिँड्‍नुपर्ने बाटो मलाई देखाइदिनुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 143 पढ्नुहोस्