यसैले म शिथिल हुन लागेको छु। मेरो मनमा गहिरो पीडा छ। म बितेका दिनलाई सम्झँदछु, तपाईंले गर्नुभएको सबै कामहरूबारे सोच्दछु, तपाईंका सबै कामहरू म मनमा गुन्दछु। म प्रार्थनामा तपाईंतिर आफ्ना हात उचाल्दछु, सुखा जमिनजस्तै मेरो प्राण तपाईंको निम्ति तिर्खाएको छ। परमप्रभु, अहिले मलाई उत्तर दिनुहोस्! मैले सबै आशा हराएको छु। मदेखि आफैंलाई नलुकाउनुहोस्, नत्रता मृत्यु-लोकमा गएको जस्तै म हुनेछु। हरेक बिहान मलाई तपाईंको अटुट प्रेमको याद दिलाउनुहोस् किनभने म तपाईंमाथि भरोसा राख्दछु। मेरो प्रार्थना तपाईंकहाँ पुग्दछ, मैले हिँड्नुपर्ने बाटो मलाई देखाइदिनुहोस्।
भजनसंग्रह 143 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 143:4-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू