भजनसंग्रह 140:1-13
भजनसंग्रह 140:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, दुष्ट मानिसबाट मलाई छुटाउनुहोस्। हिंसक मानिसहरूबाट मलाई रक्षा गरिदिनुहोस्। तिनीहरू आफ्ना हृदयमा दुष्ट युक्ति रच्छन्, अनि प्रतिदिन युद्ध मच्चाउँछन्। तिनीहरूले आफ्नो जिब्रो सर्पको जत्तिकै विषालु बनाउँछन्, तिनीहरूका मुखमा भयङ्कर सर्पको विष हुन्छ। हे परमप्रभु, दुष्टहरूका हातबाट मलाई बचाउनुहोस्, हिंसक मानिसबाट मलाई रक्षा गर्नुहोस्, जसले मेरा खुट्टामा ठेस लगाइदिने युक्ति रच्छन्। घमण्डी मानिसहरूले मेरो निम्ति पासो थापेका छन्, तिनीहरूले आफ्नो जालका डोरी फैलाएका छन्, अनि मेरो मार्गमा तिनीहरूले धराप थापेका छन्। सेला हे परमप्रभु, म तपाईंलाई भन्दछु, “तपाईं मेरा परमेश्वर हुनुहुन्छ,” हे परमेश्वर, मेरो दयाको पुकारा सुनिदिनुहोस्। हे परमप्रभु परमेश्वर, मेरा शक्तिशाली उद्धारक, लड़ाइँको दिनमा तपाईंले मेरो शिरको रक्षा गरिदिनुहुन्छ। हे परमप्रभु, दुष्टहरूका इच्छा पूरा हुन नदिनुहोस्, तिनीहरूका युक्ति सफल हुन नदिनुहोस्, नत्रता तिनीहरू घमण्डी हुनेछन्। सेला मलाई चारैतिर घेर्नेहरूका शिर, तिनीहरूका ओठले गरेका उपद्रवले ढाकिऊन्। जलिरहेका फिलिङ्गा तिनीहरूमाथि ओइरिऊन्, बल्दो आगोमा तिनीहरू फालिऊन्, र उठ्नै नसक्ने गरी तिनीहरू दलदले खाल्डामा परून्। निन्दा गर्नेहरू पृथ्वीमा स्थापित नहोऊन्, हिंसक मानिस चाँड़ै विनाशको शिकार बनोस्। म जान्दछु, कि परमप्रभुले निर्धनहरूका पक्षमा निर्णय दिनुहुन्छ, र दरिद्रहरूका पक्षको रक्षा गरिदिनुहुन्छ। निश्चय नै धर्मीहरूले तपाईंका नाउँको प्रशंसा गर्नेछन्, अनि सदाचारी तपाईंको अगि वास गर्नेछन्।
भजनसंग्रह 140:1-13 पवित्र बाइबल (NERV)
हे परमप्रभु, मलाई दुष्ट मानिसबाट बचाउनु होस्, क्रुर मानिसहरूबाट मेरो रक्षा गर्नुहोस्। तिनीहरू पापपूर्ण कामहरू गर्नलाई योजना बनाउँछन्। तिनीहरू युद्ध गर्नलाई सधैँ नै तयार हुन्छन्। तिनीहरूका जिब्राहरू विषालु सर्पहरूका जस्तै छन्। त्यो सर्पको विष तिनीहरूको जिब्रो मुनि रहे जस्तै हो। हे परमप्रभु, मलाई दुष्ट मानिसहरूबाट जोगाई दिनुहोस्, क्रुर मानिसहरूबाट मेरो रक्षा गरिदिनु होस, तिनीहरू मेरो पछि लागेर खोज्दछन् र कष्ट दिने प्रयास गर्दछन्। ती अहङ्कारीहरूले मेरो निम्ति पासो थापे। तिनीहरूले मलाई पक्रन भनी जाल फिँजाए। तिनीहरूले मेरो बाटोमा पासो थापे। हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। हे परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्। हे परमप्रभु, तपाईं मेरो बलवान स्वामी हुनुहुन्छ। तपाईं मेरो मुक्तिदाता हुनुहुन्छ। तपाईं मेरो मुकुट सरह हुनुहुन्छ, जसद्वार युद्धमा मेरो शिर सुरक्षित पारिन्छ। हे परमप्रभु, ती मानिसहरू दुष्ट छन्। तिनीहरूले चाहेका कुराहरू नपाऊन्। तिमीहरूका योजनाहरू सफल नहोस्। परमप्रभु, कुनै पनि शत्रुहरूलाई जित्न नदिनुहोस्। ती मानिसहरूले दुष्ट योजना बनाँउछन्। तर ती दुष्ट कार्यहरू उनीहरूमाथि नै परून्। जल्दै गरेको कोईलाहरू उनीहरूकै शिरमा बर्षोस्, मेरो शत्रुहरूलाई आगोमा फ्याँकियोस्, तिनीहरूलाई चिहानमा फ्याँकिदिनु होस् ताकि उनीहरू चढेर आउनु कहिल्यै नसकुन्। परमप्रभु, ती झूटाहरूलाई बाँच्न नदिनुहोस्। नराम्रा कुराहरू ती नराम्रा मानिसहरूमा नै घटोस्। म जान्दछु कि परमप्रभुले दीन-दुःखी मानिसहरूलाई, निष्पक्ष रूपले न्याय गर्नुहुनेछ परमेश्वरले असहाय मानिसहरूलाई साथ दिनुहुनेछ। धर्मी मानिसहरूले, तपाईंको नाउँको गुण-गान गर्नेछन् परमप्रभु। सोझा मानिसहरूले तपाईंलाई पूज्ने छन्।
भजनसंग्रह 140:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, दुष्ट मानिसहरूदेखि मलाई छुटाउनुहोस्; हिंस्रक मानिसहरूदेखि मलाई रक्षा गरिदिनुहोस्; जसले आफ्ना हृदयमा दुष्ट योजना बनाउँछन्, र दिनहुँ युद्ध मच्चाउँछन्। तिनीहरूले आफ्ना जिब्राहरू सर्पको जत्तिकै विषालु बनाउँछन्; तिनीहरूका ओठमा गोमन सर्पको विष छ। सेला हे याहवेह, दुष्टहरूका हातबाट मलाई सुरक्षित राख्नुहोस्; हिंस्रक मानिसबाट मलाई रक्षा गर्नुहोस्; जसले मेरा खुट्टाहरूमा ठेस लाग्ने योजना बनाउँछन्। अहङ्कारी मानिसहरूले मेरो निम्ति पासो थापेका छन्; तिनीहरूले आफ्ना जाल बिछाएका छन्; र मेरो निम्ति बाटोमा धराप थापेका छन्। सेला म याहवेहलाई भन्दछु, “तपाईं मेरा परमेश्वर हुनुहुन्छ।” हे याहवेह, मेरो दयाको पुकार सुन्नुहोस्! हे याहवेह प्रभु, मेरा शक्तिशाली उद्धारक, लडाइँका दिनमा तपाईंले मेरो शिर सुरक्षित राख्नुहुन्छ। हे याहवेह, दुष्टहरूका इच्छा पूरा हुन नदिनुहोस्; तिनीहरूका योजनाहरू सफल हुन नदिनुहोस्। सेला जसले मलाई चारैतिरबाट घमण्डले शिर उठाउँदै घेरेका छन्; तिनीहरूका ओठको दुष्टता तिनीहरूमाथि नै आइपरोस्! झरझराउँदो भुङ्ग्रो तिनीहरूमाथि ओइरियोस्; तिनीहरूलाई आगोमा नै फ्याँकियोस्; र कहिल्यै उठ्न नसक्ने गरी हिलाम्मे खाडलमा जाकिऊन्! निन्दा गर्नेहरू भूमिमा स्थापित नहोऊन्, हिंस्रक मानिसलाई विनाशले शिकार बनाओस्! म जान्दछु, याहवेहले सताइएहरूका पक्षमा न्याय दिनुहुन्छ; र खाँचोमा परेकाहरूलाई न्यायको समर्थन गर्नुहुन्छ। निश्चय नै धर्मीहरूले तपाईंको नामको प्रशंसा गर्नेछन्; अनि सत्यनिष्ठ मानिसहरू तपाईंको उपस्थितिमा बास गर्नेछन्।

भजनसंग्रह 140:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु! मलाई दुष्ट मानिसहरूदेखि बचाउनुहोस्, हिँसक मानिसहरूदेखि मलाई जोगाउनुहोस्। तिनीहरूले सधैँ दुष्ट जाल रचिरहेका हुन्छन्, सधैँ झगडा लाइरहेका हुन्छन्। तिनका जिब्राहरू विषालु साँपझैँ हुन्छन्, तिनका बोलीहरू गोमन सर्पका विषझैँ छन्। दुष्टहरूको शक्तिदेखि मेरो रक्षा गर्नुहोस्, हे परमप्रभु! मलाई पतन गराउन जाल गर्ने हिँसक मानिसहरूदेखि मलाई जोगाउनुहोस्। घमण्डी मानिसहरूले मलाई पासो थापेका छन्, तिनीहरूले आफ्ना जाल बिछाएका छन् र मलाई समात्न बाटोभरि पासो थापेका छन्। म परमप्रभुलाई भन्दछु, “तपाईं मेरा परमेश्वर हुनुहुन्छ।” परमप्रभु, सहायताको लागि मेरो पुकार सुन्नुहोस्। हे सार्वभौम परमप्रभु, मेरा शक्तिशाली रक्षक, लडाइँमा तपाईंले मेरो रक्षा गर्नुभएको छ। परमप्रभु, दुष्टहरूले चाहेका कुरा नदिनुहोस्, तिनीहरूका जाल-झेल विफल होस्! मेरा शत्रुहरूलाई जित्न नदिनुहोस्, तिनीहरूले मलाई दिएका धम्कीहरू तिनीहरूमाथि नै परून्। जलिरहेको आगोका भुङ्ग्राहरू तिनीहरूमाथि खसून्, तिनीहरू खाडलमा फालिऊन् र त्यहाँबाट कहिल्यै निस्कन नसकून्! अर्कालाई झूटो दोष लगाउनेहरू सफल हुन नपाऊन्, हिँसक मानिसहरूमाथि आपत् आइलागोस् र तिनीहरू नष्ट होऊन्। हे परमप्रभु, म जान्दछु कि तपाईंले दरिद्रहरूका पक्षका कुरा र दु:खीहरूका हकको रक्षा गर्नुहुन्छ। धर्मीहरूले साँच्चै तपाईंको प्रशंसा गर्नेछन्, तिनीहरू तपाईंको उपस्थितिमा बास गर्नेछन्।