भजनसंग्रह 132:15-16
भजनसंग्रह 132:15-16 पवित्र बाइबल (NERV)
म यस शहरलाई प्रशस्त खाद्य-प्रदार्थले पूर्ण रहोस् भनेर आशिष दिनेछु। गरीब भन्दा गरीब मानिसले पनि खानलाई प्रशस्त पाउने छ। म उनको पूजाहारीहरूलाई पनि उद्धारको वस्त्र पहिर्याउनेछु। अनि मेरा भक्तजनहरू त्यहाँ अत्यन्त खुशी हुनेछन्।
भजनसंग्रह 132:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म यसको अन्नपानीमा प्रशस्त आशीर्वाद दिनेछु, र यसका गरीबहरूलाई म रोटीले तृप्त गराउनेछु। यसका पूजाहारीहरूलाई पनि म उद्धारको वस्त्र पहिराउनेछु, र यसका पवित्र जनहरू आनन्दले सधैँ जयजयकार गर्नेछन्।
भजनसंग्रह 132:15-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रशस्त खानपानका थोकले म त्यसलाई आशिष् दिनेछु; र त्यसका गरिबहरूलाई म रोटीले तृप्त पार्नेछु। त्यसका पुजारीहरूलाई पनि म मुक्तिको वस्त्र पहिराउनेछु; र त्यसका विश्वासयोग्य जनहरू आनन्दले सधैँ जयजयकार गर्नेछन्।
भजनसंग्रह 132:15-16 पवित्र बाइबल (NERV)
म यस शहरलाई प्रशस्त खाद्य-प्रदार्थले पूर्ण रहोस् भनेर आशिष दिनेछु। गरीब भन्दा गरीब मानिसले पनि खानलाई प्रशस्त पाउने छ। म उनको पूजाहारीहरूलाई पनि उद्धारको वस्त्र पहिर्याउनेछु। अनि मेरा भक्तजनहरू त्यहाँ अत्यन्त खुशी हुनेछन्।
भजनसंग्रह 132:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सियोनलाई चाहिएका सबै थोक म प्रसस्त गरी दिनेछु, त्यहाँका दरिद्रहरूलाई म अघाउने गरी खुवाउनेछु। त्यसका पूजाहारीहरूलाई तिनका सबै काममा म आशिष् दिनेछु र त्यहाँका मानिसहरू आनन्दले गाउनेछन् र उच्च सोरले जयजयकार गर्नेछन्।