भजनसंग्रह 132
132
भजन 132
आरोहणको गीत।
1हे याहवेह, दावीद
र तिनले भोगेका सबै दुःखलाई सम्झनुहोस्।
2तिनले याहवेहसँग शपथ खाए,
तिनले याकोबका सर्वशक्तिमान्सँग भाकल गरे:
3“म, तबसम्म आफ्नो घरमा पस्नेछैनँ,
वा आफ्नो ओछ्यानमा सुत्नेछैनँ,
4म मेरा आँखाहरूमा निद्रा आउन दिनेछैनँ,
र आँखाहरूका पलकहरूलाई उँघ्न पनि दिनेछैनँ;
5जबसम्म याहवेहका निम्ति एउटा ठाउँ
र याकोबका सर्वशक्तिमान्को निम्ति म एउटा वासस्थान भेट्टाउँदिनँ।”
6हामीले एप्रातामा त्यसको#132:6 अथवा करारको सन्दुक विषयमा सुन्यौँ;
हामीले याआरको#132:6 1 इति 13:5, 6 मा हेर्नुहोस् मैदानमा त्यसलाई भेट्टायौँ:
7“हामी उहाँका वासस्थानमा जाऔँ;
यसो भन्दै उहाँका पाउदानमा दण्डवत् गरौँ,
8‘हे याहवेह, उठ्नुहोस्, तपाईं र तपाईंको शक्तिको चिन्ह सन्दुकसमेत,
तपाईंको विश्रामस्थलभित्र आउनुहोस्।
9तपाईंका पुजारीहरूले तपाईंको धार्मिकताको वस्त्र पहिरिऊन्;
र तपाईंका विश्वासयोग्य जनहरू आनन्दले जयजयकार गरून्!’ ”
10आफ्ना सेवक दावीदको निम्ति,
तपाईंका अभिषिक्त जनलाई अस्वीकार नगर्नुहोस्!
11याहवेहले दावीदसँग शपथ खानुभयो;
एउटा पक्का शपथ, जुन उहाँले फिर्ता लिनुहुनेछैन:
“म तेरो सिंहासनमा
तेरा सन्तानहरूमध्ये एक जनालाई बसाल्नेछु।
12यदि तेरा छोराहरूले मेरो करार
र मैले सिकाएका मेरा विधिहरू पालन गरे भने,
तिनीहरूका छोराहरू पनि
सदासर्वदाको निम्ति तेरो सिंहासनमा बस्नेछन्।”
13किनकि याहवेहले सियोनलाई चुन्नुभएको छ;
उहाँले त्यसलाई आफ्नो वासस्थान बनाउने इच्छा गर्नुभएको छ;
14“यो सदासर्वदाको निम्ति मेरो विश्रामको स्थान हो;
म यहीँ सिंहासनमा बस्नेछु; किनकि मैले यस्तै इच्छा गरेको छु।
15प्रशस्त खानपानका थोकले म त्यसलाई आशिष् दिनेछु;
र त्यसका गरिबहरूलाई म रोटीले तृप्त पार्नेछु।
16त्यसका पुजारीहरूलाई पनि म मुक्तिको वस्त्र पहिराउनेछु;
र त्यसका विश्वासयोग्य जनहरू आनन्दले सधैँ जयजयकार गर्नेछन्।
17“यहाँ दावीदको निम्ति म एउटा सिङ#132:17 सिङ यसले शक्तिशाली भन्ने जनाउँछ, जो राजा हुन् को टुसा उमार्नेछु;
र मेरा अभिषिक्त जनको निम्ति बत्ती तयार गर्नेछु।
18म त्यसका शत्रुहरूलाई शर्मको वस्त्र पहिराउनेछु;
तर त्यसको शिर भने प्रकाशमय मुकुटले शोभायमान हुनेछ।”
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 132: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.