भजनसंग्रह 119:97-104
भजनसंग्रह 119:97-104 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आहा! तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु! दिनभरि म तिनैमाथि मनन गर्दछु। तपाईंका आज्ञाहरू सदाकाल मसँग छन्, र तिनले मेरा शत्रुहरूभन्दा मलाई बुद्धिमान् तुल्याउँछन्। मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तर्ज्ञान ज्यादा छ, किनकि म तपाईंको कानूनहरूमाथि मनन गर्दछु। धर्म-गुरुहरूको भन्दा मेरो समझ अझ बढ़ी छ, किनभने म तपाईंका आदेशहरू पालन गर्दछु। तपाईंको वचन पालन गरूँ भनेर, मैले आफ्ना गोडालाई हरेक खराब मार्गबाट अलग्ग राखेको छु। तपाईंका नियमहरूबाट म तर्केको छैनँ, किनकि तपाईंले नै मलाई सिकाउनुभएको छ। तपाईंका वचनहरू मेरो जिब्रोमा अति स्वादिष्ठ छन्, महभन्दा पनि मेरो मुखमा ती बढ़ी मीठा छन्। तपाईंको आदेशहरूद्वारा म समझशक्ति प्राप्त गर्छु, यसकारण हरेक झूटा मार्गलाई म घृणा गर्दछु।
भजनसंग्रह 119:97-104 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म तपाईंको व्यवस्थालाई कति प्रेम गर्दछु! म दिनभरि त्यसको बारे सोच्दछु। सबै समय तपाईंको आज्ञा मसित छ र मलाई त्यसले मेरा शत्रुहरूभन्दा बुद्धिमान् बनाउँदछ। मेरा गुरुहरूले भन्दा धेरै म बुझ्दछु किनभने म तपाईंका अर्तीहरूमा ध्यान दिँदछु। बुढापाकाहरूको भन्दा बढ्ता बुद्धि मसँग छ किनभने म तपाईंका आज्ञाहरू मान्दछु। मैले खराब बानीहरू लिएको छैनँ किनभने म तपाईंको वचन मान्न चाहन्छु। मैले तपाईंका अर्तीहरूलाई हेला गरेको छैनँ किनभने तपाईं नै मेरो शिक्षक हुनुहुन्छ। तपाईंका अर्तीहरूको स्वाद कति मीठो छ, त्यो महभन्दा मीठो छ। म तपाईंका व्यवस्थाहरूबाट बुद्धि पाउँदछु, यसैले म सबै खराब बानीहरू घृणा गर्दछु।

भजनसंग्रह 119:97-104 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अहो, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु! दिनभरि म त्यसमा नै ध्यान गर्दछु। तपाईंका आज्ञाहरू सधैँ मसँग छन्, र तिनले मेरा शत्रुहरूभन्दा मलाई बुद्धिमान् तुल्याउँछन्। मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तर्दृष्टि ज्यादा छ; किनकि म तपाईंका कानुनहरूमा मनन गर्दछु। सबै प्रधानहरूभन्दा मेरो समझशक्ति ज्यादा छ; किनकि म तपाईंका विधिहरू पालन गर्दछु। तपाईंको वचन पालन गर्न सकूँ भनेर मैले आफ्ना खुट्टाहरूलाई हरेक खराब मार्गदेखि अलग्गै राखेको छु। तपाईंका नियमहरूबाट म तर्केर हिँडेको छैनँ; किनकि तपाईं आफैँले नै मलाई सिकाउनुभएको छ। तपाईंका वचनहरू मेरो लागि कति स्वादिष्ठ छन्; मेरो मुखमा ती महभन्दा पनि बढी मिठा छन्! तपाईंका विधिहरूबाट म समझशक्ति प्राप्त गर्दछु; त्यसकारण म सबै खराब मार्गहरूलाई घृणा गर्दछु।
भजनसंग्रह 119:97-104 पवित्र बाइबल (NERV)
हे परमप्रभु! म तपाईंका व्यवस्थालाई माया गर्छु। म त्यसको विषयमा सदाकाल भन्ने गर्छु। हे परमप्रभु, तपाईंको आज्ञाहरूले मलाई मेरो शत्रुहरूभन्दा बढता ज्ञानी बनाउँदछ। तपाईंको नियमहरू मसँग सदैव रहन्छ। म आफ्ना शिक्षकहरू भन्दा पनि ज्ञानी छु, किनभने म तपाईंको करार-वचनको अध्ययन गर्दछु। मेरो समझदार नेताहरूले भन्दा मैले बढ्ता बुझेको छु किनभने म तपाईंको आज्ञाहरू राख्दछु। मेरो प्रत्येक पाठशालाहरू बेठीक मार्गहरूबाट अलग्ग राखी दिनु भयो। यसैले तपाईं मेरो गुरू हुनुहुन्छ यसैले तपाईंको नियमहरू पालन गर्न देखि म रोकिने छैन। तपाईंका वचनहरू मेरो मुखमा मह भन्दा पनि मीठा छन्। तपाईंका शिक्षाहरूले मलाई ज्ञानी बनाउँदछ, यसैले म झूटा शिक्षाहरूलाई घृणा गर्दछु।