हे परमप्रभु! म तपाईंका व्यवस्थालाई माया गर्छु। म त्यसको विषयमा सदाकाल भन्ने गर्छु। हे परमप्रभु, तपाईंको आज्ञाहरूले मलाई मेरो शत्रुहरूभन्दा बढता ज्ञानी बनाउँदछ। तपाईंको नियमहरू मसँग सदैव रहन्छ। म आफ्ना शिक्षकहरू भन्दा पनि ज्ञानी छु, किनभने म तपाईंको करार-वचनको अध्ययन गर्दछु। मेरो समझदार नेताहरूले भन्दा मैले बढ्ता बुझेको छु किनभने म तपाईंको आज्ञाहरू राख्दछु। मेरो प्रत्येक पाठशालाहरू बेठीक मार्गहरूबाट अलग्ग राखी दिनु भयो। यसैले तपाईं मेरो गुरू हुनुहुन्छ यसैले तपाईंको नियमहरू पालन गर्न देखि म रोकिने छैन। तपाईंका वचनहरू मेरो मुखमा मह भन्दा पनि मीठा छन्। तपाईंका शिक्षाहरूले मलाई ज्ञानी बनाउँदछ, यसैले म झूटा शिक्षाहरूलाई घृणा गर्दछु।
भजनसंग्रह 119 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:97-104
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू