भजनसंग्रह 109:1-31
भजनसंग्रह 109:1-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमेश्वर, जसको म प्रशंसा गर्छु, मौन नबस्नुहोस्। किनकि दुष्ट र कपटपूर्ण मानिसहरूले मेरो विरुद्धमा आफ्ना मुख खोलेका छन्, तिनीहरूले मेरो विषयमा झूटो बोल्ने जिब्राले बोलेका छन्। घृणास्पद शब्दले तिनीहरूले मलाई घेरेका छन्, अनि विनाकारण तिनीहरू ममाथि आक्रमण गर्छन्। मेरो मित्रताको साटो तिनीहरू मलाई दोष दिन्छन्, तर म त प्रार्थना गर्ने मानिस हुँ। तिनीहरूले मेरो भलाइको साटो खराबी गर्छन्, र मेरो मित्रताको साटो घृणा। कुनै दुष्ट मानिसलाई त्यसको विरोध गर्न नियुक्त गर्नुहोस्, र त्यसलाई दोष लाउने मानिस त्यसको दाहिनेपट्टि खड़ा हुन दिनुहोस्। त्यसको इन्साफ हुँदा त्यो दोषी ठहरिओस्, र त्यसका प्रार्थनाले नै त्यसलाई दण्ड मिलोस्। त्यसको आयु अल्प होस्, र त्यसको पद अर्कोले खोसोस्। त्यसका छोरा-छोरीहरू पितृहीन होऊन्, र त्यसकी पत्नी विधवा होस्। त्यसका छोरा-छोरीहरू भीख माग्ने होऊन्, तिनीहरूले वास गरेका उजाड-घरहरूबाट तिनीहरू धपाइऊन्। त्यससँग भएका सबै सम्पत्ति साहूले जफत गरोस्, र त्यसको परिश्रमका फलहरू पराईहरूले लुटून्। त्यसमाथि दया गर्ने कोही पनि नहोस्, न त त्यसका पितृहीन छोराछोरीमाथि टिठाउने कोही होस्। त्यसका सन्तान-दरसन्तान बहिष्कृत होऊन्, अनि आउने पुस्तामा तिनीहरूका नाउँ पनि मेटिऊन्। त्यसका पिता-पुर्खाको अधर्म परमप्रभुको समक्ष सम्झना होस्, र त्यसकी आमाको पाप कहिल्यै नमेटिओस्। तिनीहरूका पाप निरन्तर परमप्रभुको सामु रहून्, र उहाँले तिनीहरूको स्मृति पृथ्वीबाट मेटिदेऊन्। किनभने त्यसले कहिले पनि कृपा देखाउन विचार गरेन, तर दु:खी र दरिद्र मानिसहरू र चूर्ण हृदय भएकाहरूलाई मृत्युसम्मै त्यसले खेदो गरेको थियो। त्यसले सराप दिन मन पराउँथ्यो— त्यो सराप त्यहीमाथि आइपरोस्। त्यसले आशिष् दिन रुचाएन— त्यसबाट पनि आशिष् टाढ़ै रहोस्। त्यसले वस्त्र धारण गरेजस्तै सराप धारण गर्यो। सराप त्यसको पेटमा पानीजस्तै भरियो, र तेलजस्तै त्यसका हड्डीहरूमा प्रवेश गर्यो। सराप त्यसको लागि वस्त्रजस्तै होस्, र यो त्यसको कमरमा निरन्तर बाँधिने पटुकाजस्तै होस्। मलाई दोष लाउनेहरू र मेरा विरुद्धमा दुष्ट कुरा बोल्नेहरूलाई परमप्रभुले यस्तै पुरस्कार देऊन्। तर हे परमप्रभु परमेश्वर, तपाईंका नाउँको खातिर मसँग दयाको व्यवहार गर्नुहोस्, र मलाई छुटाउनुहोस्। किनभने म दरिद्र र दु:खी छु, र मेरो हृदय मभित्र घायल छ। म बेलुकीको छायाजस्तै विलोप हुन्छु, सलह झैं म टकटक्याइएर फालिएको छु। उपवास बस्दा-बस्दा मेरा घुँड़ाहरू निर्बल भएका छन्, र मेरो शरीर दुब्लो र सुकेको छ। मलाई अभियोग लाउनेहरूको दृष्टिमा म तिरस्कारको पात्र भएको छु, तिनीहरूले मलाई देख्दा मुन्टो हल्लाउँछन्। हे परमप्रभु मेरा परमेश्वर, मलाई सहायता गर्नुहोस्, तपाईंको करुणाअनुसार मलाई बचाउनुहोस्। यो तपाईंको हात हो भनी तिनीहरूले जानून्, र हे परमप्रभु, तपाईंले नै यो गर्नुभएको हो भनी तिनीहरूले बुझून्। तिनीहरूले सराप्न सक्छन्, तर तपाईंले आशिष् दिनुहुनेछ। तिनीहरूले आक्रमण गर्दा तिनीहरू शर्ममा पर्नेछन्, तर तपाईंको दास हर्षित हुनेछ। मलाई दोष लाउनेहरूले अपमानको वस्त्र लाएका हुनेछन्, र आफ्नो शर्मको खास्टोले ढाकेका हुनेछन्। म मेरो मुखले परमप्रभुमा धेरै प्रशंसा चढ़ाउनेछु, धेरै भीड़का बीचमा म उहाँको स्तुति गर्नेछु। किनभने उहाँ दरिद्रको दाहिने हाततर्फ खड़ा हुनुहुन्छ, र त्यसलाई दण्ड दिन चाहनेको हातबाट उहाँले त्यसलाई बचाउनुहुन्छ।
भजनसंग्रह 109:1-31 पवित्र बाइबल (NERV)
हे परमेश्वर, म तपाईंको प्रशंसा गर्छु! मेरो प्रार्थनाहरूको लागि कान नथुन्नु होला! दुष्ट मानिसहरूले मेरो बारेमा झूटा कुराहरू भनिरहेका छन्। तिनीहरूले भनेका कुराहरू सत्य होइनन्। मानिसहरूले मेरो बारेमा उपेक्षामूलक कुराहरू गर्दछन्। मानिसहरूले विनाकारण ममाथि आक्रमण गर्दछन्। मैले तिनीहरूलाई प्रेम गरें तर तिनीहरूले मलाई घृणा गरें। यसैले अब म तपाईंलाई प्रार्थना गरिरहेछु। मैले ती मानिसहरूको लागि राम्रो कामहरू गरें। तर तिनीहरूले मप्रति अनुचित कामहरू गरें। म तिनीहरूलाई प्रेम गर्छु तर तिनीहरूले मलाई घृणा गर्छन्। मेरो शत्रुलाई उसको कु-कार्यका लागि दण्ड दिनुहोस्। उनीहरू गल्ती हुन् भनी प्रमाणित गर्ने मानिस खोज्नु होस्। न्यायकर्त्ताले मेरो शत्रु गल्लीमा छन् भनेर निर्णय दिओस्, अनि उसलाई दोषी प्रमाण गरोस्। मेरो शत्रुले भनेका सबै कुराहरू उनीहरूमाथि नै परोस्। मेरो शत्रु चाँडै मरोस्। अर्को कसैले उसको स्थान पाओस्। मेरो शत्रुका छोरा-छोरीहरू टुहुरा-टुछुरी होऊन्, र तिनका पत्नी विधवा होऊन्। तिनीहरूले आफ्ना घरहरू छोड्नु परोस् र तिनीहरू भिखारी भई जाऊन्। मानिसहरूले मेरो शत्रुको पैसा-रूपियाँ, जे-जति सम्पत्तिहरू छन सबै लगिदिवोस्। परदेशीहरूले उसले गर्ने सबै कामहरू लैजाऊन्। भरोसा गर्छु मेरो शत्रुप्रति कोही पनि कृपालु छैनन्। भरोसा गर्दछु कसैले पनि त्यसको नानीहरू प्रति दया दर्शाउँदैनन्। मेरो शत्रुहरूलाई पूर्णरूपले ध्वंश गर्नोस्। अर्को आउने त्यसको सन्तानले चारैतिर बाट नाउँ सम्म हटाई दियोस्। भरोसा छ परमप्रभुले मेरो शत्रुको पिताका पापहरूलाई स्मरण गर्नुहुनेछ। अनि भरोसा छ उसकी आमाले गरेका पापहरू कहिल्यै मेटिन्दैन्। भरोसा छ परमप्रभुले ती पापहरू कहिल्यै बिर्सनु हुनेछैन। अनि शत्रुलाई पूर्ण प्रकारले भुल्नलाई परमप्रभुले मानिसहरूलाई वाध्य गर्नु हुनेछ। किनभने त्यस दुष्ट मानिसले कहिल्यै राम्रो काम गरेन। त्यसले कसैलाई प्रेम गरेन, त्यसले दीन-दुःखीको जीवन कठिन र असहाय बनाई दियो। त्यस दुष्ट मानिसले अरूकोलागि नराम्रो होस् भन्ने इच्छा गर्यो अनि सराप्यो। त्यसले कहिल्यै पनि अरूहरूको निम्ति राम्रा कुराहरू चिताएन। यसैले त्यसप्रति पनि राम्रो कुरा हुन नदेऊ। सराप नै उसले लाउने लुगाहरू होस्। सराप नै त्यसको पिउने पानी बनियोस्। त्यो दुष्ट मानिसले शरीरमा लगाउने तेल नै सराप होस्। सराप नै उसले कम्मरमा बाध्ने पटुका होस्। सराप नै उसको कम्मरमा बाँधिने पेटी होस्। भरोसा गर्छु कि परमप्रभुले सबै त्यस्ता कुराहरू मेरो शत्रुप्रति गर्नुहुनेछ। भरोसा गर्दछु कि परमप्रभुले सबै त्यस्ता कुराहरू, जसले मलाई मार्ने प्रयास गरे मानिसहरूका लागि गर्नु हुनेछ। हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ, यसकारण त्यस्तो प्रकारले मलाई सद्ब्यावहार गर्नुहोस्, जसबाट तपाईंको नाउँलाई सम्मान पुर्याउने छु। तपाईंसँग त्यस्तो महान् प्रेम छ, यसैले मलाई बचाउनु होस्। म खाली गरीब, असहाय मानिस हुँ। म वास्तवमा उदास छु, मेरो हृदय टुक्रा-टुक्रा भएको छ। म यस्तो अनुभव गर्दछु कि मेरो जीवन अब शेष भइसक्यो, दिनको अन्तिम प्रहारको लामो छाँयाँ जस्तो। म आफूलाई बढारेर फ्याँकि जाने कीरा जस्तो लाग्छ। मेरो गोडाहरू कमजोर छन् किनभने म भोको छु। मैले आफ्नो ओजन हराइसकें अनि दुब्लो भईरहेछु। दुष्ट मानिसहरूले मलाई अपमान गरे। तिनीहरूले मलाई हेरे अनि टाउकाहरू हल्लाए। हे परमप्रभु, मेरो परमेश्वर, मलाई सहयोग गर्नुहोस्! तपाईंको स्नेहपूर्ण करूणा दर्शाएर मलाई बँचाउनु होस्! तब ती मानिसहरूले बुझ्नेछन् कि तपाईंले मलाई सहयोग गर्नुभयो। तब तिनीहरूले जान्नेछन् कि यो मलाई सहायता गर्ने शक्ति तपाईंको हो। ती दुष्ट मानिसहरूले मलाई सराप्छन् तर तपाईंले मलाई आशीर्वाद दिनुहुन्छ। तिनीहरूले मलाई आक्रमण गरे, यसकारण तिनीहरूलाई हराइयोस्। तब, तपाईं को दास, म खुशी हुनेछु। मेरो शत्रुहरूलाई व्याकुल पार्नु होस्! तिनीहरूले लाजलाई कोट जस्तै लगाऊन्। म परमप्रभुलाई धन्यवाद दिन्छु। म उहाँलाई धेरै मानिसहरूको समक्ष प्रशंसा गर्छु। परमप्रभु असहाय मानिसहरूको छेउमा बस्नु वा उभिनु हुन्छ, परमेश्वरले तिनीहरूलाई अन्य मानिसहरूबाट बचाउनु हुन्छ, जसले तिनीहरूलाई प्राण दण्ड दिने प्रयास गर्दछन्।
भजनसंग्रह 109:1-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमेश्वर, म तपाईंको प्रशंसा गर्छु; चुप लागि नबस्नुहोस्! झूटा र दुष्ट मानिसहरू ममाथि आइलागेका छन्, तिनीहरूले मेरो विरुद्धमा झूट कुरा गर्छन्। तिनीहरूले मेरो विरुद्धमा दुष्ट कुराहरू भन्छन् र बिनाकारण ममाथि आइलाग्छन्। मैले तिनीहरूलाई प्रेम गर्छु र तिनीहरूका लागि प्रार्थना गरेको छु, तापनि तिनीहरूले मेरो विरोध गर्छन्। मैले गरेको भलाइको सट्टामा तिनीहरूले मलाई खराबी गर्छन् र प्रेमको सट्टामा घृणा गर्छन्। मेरो शत्रुमाथि मुद्दा चलाउन कुनै दुष्ट न्यायकर्ता चुन्नुहोस् र त्यसको कुनै आफ्नै शत्रुले त्यसलाई दोष लगाओस्। मुद्दा चलोस् र त्यो दोषी ठहरिओस्, त्यसको बिन्ती पनि अपराध नै ठानियोस्! त्यसको जीवनको अन्त चाँडै होस्, त्यसको काम अर्को मानिसले खोसोस्! त्यसका सन्तानहरू टुहुरा-टुहुरी होऊन् र त्यसकी स्वास्नी विधवा होस्! त्यसका सन्तानहरू घरबिनाका भिखारी बनून् र आफू बसेको भत्केका घरबाट पनि तिनीहरू धपाइऊन्! त्यसलाई ऋण दिनेहरूले त्यसका सम्पत्ति लैजाऊन्, त्यसले गरेका कामका फल परदेशीहरूले लैजाऊन्। त्यसमाथि कसैले दया नगरोस्, त्यसले छोडिराखेका टुहुरा-टुहुरीको कसैले वास्ता नगरोस्। त्यसका सबै सन्तानहरू मरेर जाऊन् र आउँदो पुस्ताले त्यसको नाम भुलिसकेको होस्। परमप्रभुले त्यसका पुर्खाका दुष्टता याद गरून् र त्यसकी आमाका पापहरू कहिल्यै क्षमा नगरून्। परमप्रभुले तिनीहरूका पाप सधैँ याद राखून्, तर तिनीहरूको सम्झना पृथ्वीबाट पूरै मेटिजाओस्! त्यस मानिसले कहिल्यै दया गर्ने विचारसम्म गरेन, त्यसले गरीब, अभावमा परेका र असहायहरूलाई सताएर मार्यो। त्यसले सराप दिन मन पराउँदथ्यो, त्यो आफैंले सराप पाओस्, त्यसले आशिष् दिने काम घृणा गर्दथ्यो, त्यसलाई कसैले आशिष् नदेओस्! लुगा लाएजस्तो सजिलैसँग त्यसले सराप दिन्थ्यो, त्यसका सरापहरू त्यसकै शरीरमा पानीजस्तो र त्यसका हड्डीहरूमा तेलजस्तो भिजेर जाऊन्! कपडाले झैँ ती सरापहरूले त्यसलाई ढाकून् र पटुकाझैँ त्यसका कम्मरमा कसिएर बाँधिऊन्! परमप्रभु! मेरा शत्रुहरूलाई त्यसरी दण्ड दिनुहोस्, मेरा विरुद्धमा त्यस्ता दुष्ट कुरा गर्नेहरूलाई त्यस्तै होस्! तर मेरा सार्वभौम परमेश्वर! आफ्नो प्रतिज्ञाअनुसार मेरो मद्दत गर्नुहोस् र तपाईंको प्रेम भलो भएको कारण मलाई बचाउनुहोस्। म दरिद्र छु, मलाई अभाव छ, मेरो हृदय भित्रसम्म म घाइते भएको छु। साँझको छायाजस्तै म बिलिन हुन आँटेको छु, एउटा किराजस्तै म हावामा उडाइन्छु। खानाको अभावले मेरा घुँडाहरू दुर्बल भएका छन्, म हाड र छालामात्र भएको छु। मलाई देखेर मानिसहरू हाँस्छन्, खिसी गरेर तिनीहरूले आफ्ना टाउको हल्लाउँछन्। परमप्रभु, मेरा परमेश्वर, मलाई मद्दत गर्नुहोस्, तपाईंको अनन्त प्रेमको कारण मलाई बचाउनुहोस्! मलाई बचाउनुहुने तपाईं हुनुहुन्छ भनी मेरा शत्रुहरूलाई जान्न दिनुहोस्। तिनीहरूले मलाई सराप्लान् तर तपाईंले मलाई आशीर्वाद दिनुहुनेछ। मलाई सताउनेहरूको हार होस् र म तपाईंको दास रमाउन पाऊँ। मेरा शत्रुहरूलाई बदनामले छोपोस्, तिनीहरूले आफ्नो शर्मको खास्टो ओढ्नुपरोस्। म उच्च स्वरले परमप्रभुलाई धन्यवाद चढाउनेछु, मानिसहरूका सभामा म उहाँको प्रशंसा गर्नेछु किनभने उहाँले गरीबको रक्षा गर्नुहुन्छ र त्यसको प्राण लिन चाहनेहरूदेखि त्यसलाई बचाउनुहुन्छ।
भजनसंग्रह 109:1-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा परमेश्वर, जसको म प्रशंसा गर्छु, तपाईं चुप लागेर नबस्नुहोस्; किनकि दुष्ट र छली मानिसहरूले मेरो विरुद्धमा आफ्ना मुख खोलेका छन्; तिनीहरूका झूटो जिब्रोले मेरो विरुद्धमा बोलेका छन्। तिनीहरूले मलाई घृणाका शब्दहरूले घेरेका छन्; कारणविना तिनीहरू मलाई हमला गर्छन्। मेरो मित्रताको साटो तिनीहरू मलाई दोष लगाउँछन्, तर मचाहिँ प्रार्थना गर्ने मानिस हुँ। तिनीहरूले मलाई भलाइको साटो खराबी गर्छन्, र मेरो मित्रताको साटो घृणा गर्छन्। मेरो शत्रुका विरोध गर्न कुनै दुष्ट मानिसलाई खटाउनुहोस्; त्यसलाई दोष लगाउने मानिस त्यसको दाहिने हातपट्टि खडा होस्! त्यसको न्याय हुँदा त्यो दोषी ठहरियोस्, र त्यसको विन्तिले त्यसैलाई दण्डको आज्ञा ठहरिओस्! त्यसको आयु कम होस्; त्यसको नेतृत्वको ठाउँ अरूले लेओस्! त्यसका छोराछोरीहरू अनाथ होऊन् र त्यसकी पत्नी विधवा होस्! त्यसका छोराछोरीहरू डुलुवा मगन्ते होऊन्; तिनीहरूका आफ्ना भताभुङ्ग भएका घरबाट पनि धपाइऊन्। त्यससँग भएको सर्वस्व साहूले जफत गरोस्; त्यसका परिश्रमका फलहरू पराईहरूले लुटून्! त्यसमाथि कसैले पनि दया नगरोस्, न त त्यसका अनाथ छोराछोरीमाथि कसैले दया देखाओस्! त्यसका सन्तानहरू मरेर जाऊन्; र आउँदो पुस्ताबाट तिनीहरूका नामनिशानै मेटिएर जाओस्! याहवेहको अगि, त्यसका पितापुर्खाहरूका पाप स्मरण होस्; त्यसकी आमाको पाप कहिल्यै नमेटिओस्! तिनीहरूका पाप निरन्तर याहवेहको सामु रहिरहून्, ताकि उहाँले पृथ्वीबाट तिनीहरूको नामनिशानै मेटाइदेऊन्! किनकि त्यसले दयालु हुन कहिल्यै सोचेन, तर दुःखी, अभावग्रस्त र हृदय टुटेकाहरूलाई मृत्युसम्म नै खेदो गरेको थियो। त्यसले श्राप दिन मन पराउँथ्यो— त्यसको श्राप त्यसमाथि नै आइपरोस्; त्यसले आशिष् दिन रुचाएन— त्यसबाट पनि आशिष् त्यसरी नै टाढै रहोस्! त्यसले श्रापलाई आफ्नो वस्त्रझैँ पहिरियो; त्यो पानीझैँ त्यसको पेटभित्र तेलझैँ त्यसका हाडहरूमा पसोस्! श्राप नै त्यसलाई लपेट्ने वस्त्रजस्तै होस्, र यो त्यसको कम्मरमा सधैँभरि बाँधिने पटुकाजस्तै होस्। मलाई दोष लगाउनेहरू र मेरो विरुद्धमा दुष्ट कुरा गर्नेहरूलाई याहवेहबाट यस्तै प्रतिफल मिलोस्! तर हे प्रभु याहवेह, तपाईंको नामको खातिर मलाई मदत गर्नुहोस्; तपाईंको प्रेमको भलाइको कारण मलाई उद्धार गर्नुहोस्! किनकि म गरिब र खाँचोमा छु, र मभित्र मेरो हृदय घाइते भएको छ। म बेलुकीको छायाझैँ बिलाउँदै गएको छु; म सलहझैँ हुत्त्याइएर फालिएको छु। उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन्; मेरो शरीर हाड र छाला मात्र भएको छ। मलाई दोष लगाउनेहरूका अगि म निन्दाको पात्र बनेको छु; जब तिनीहरूले मलाई हेर्छन्, तब खिसी गर्दै आफ्ना टाउकाहरू हल्लाउँछन्। हे याहवेह, मेरा परमेश्वर, मलाई मदत गर्नुहोस्; तपाईंको अचुक प्रेमअनुसार मलाई बचाउनुहोस्; ताकि यो तपाईंकै हात हो भनी तिनीहरूले जानून्; हे याहवेह, यो तपाईंले नै गर्नुभएको हो भनी तिनीहरूले बुभून्! तिनीहरूले मलाई सराप्दा, तपाईंले मलाई आशिष् दिनुहोस्; मलाई आक्रमण गर्नेहरू लाजमा परून्; तर तपाईंको सेवक रमाओस्! मलाई दोष लगाउनेहरूले अपमानको वस्त्र पहिरेका होऊन्, र आफ्नै शर्मको खास्टोले झैँ ढाकिऊन्! म मेरा ओठले याहवेहलाई उच्च प्रशंसा गर्नेछु; आराधकहरूको ठूलो भीडको बीचमा म उहाँको प्रशंसा गर्नेछु। किनकि खाँचोमा परेकाहरूलाई मृत्युदण्ड दिन चाहनेको हातबाट रक्षा गर्नको लागि उहाँ तिनीहरूको दाहिने हातपट्टि खडा हुनुहुन्छ।