भजनसंग्रह 106:19-23
भजनसंग्रह 106:19-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
होरेबमा तिनीहरूले बाछा बनाए, र धातुको मूर्तिपूजा गरे। यसरी तिनीहरूले आफ्नो गौरवलाई घाँस खाने गोरुको मूर्तिसँग साटे। तिनीहरूले आफ्ना उद्धारकर्ता परमेश्वरलाई बिर्से, जसले मिश्रदेशमा महान् कार्यहरू गर्नुभएको थियो, जसले हामको देशमा आश्चर्यकर्महरू, र लाल समुद्रको किनारमा भयङ्कर काम गर्नुभएको थियो। यसकारण उहाँले तिनीहरूलाई नाश गर्छु भन्नुभएको थियो, तर उहाँको विनाश पार्ने क्रोध हटाउनलाई उहाँका चुनिएका जन मोशा उहाँको सामुन्ने खड़ा भए।
भजनसंग्रह 106:19-23 पवित्र बाइबल (NERV)
ती मानिसहरूले होरेब पर्वतमा सुनको बाछो बनाएर तिनीहरूले त्यस मूर्तिलाई पूजा गरे! तिनीहरूले आफ्ना गौरवमय परमेश्वरसित घाँस खाने बाछोको मूर्ति साटे। परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। तर तिनीहरूले उहाँको बारेमा ती सबै बिर्सीदिए। जुन परमेश्वरले मिश्रमा महान कार्यहरू गर्नु भएको थियो, तिनीहरूले उहाँको बारेमा भुलिदिए। परमेश्वरले हाम्रो देशमा आश्चर्यजनक कुराहरू गर्नुभयो। परमेश्वरले लाल समुद्रको छेउमा डरलाग्दो कामहरू गर्नुभयो! परमेश्वरले ती मानिसहरूलाई नष्ट गर्न चाहनु हुन्थ्यो। तर परमेश्वरले चुन्नु भएको दास मोशाले, बाटो छेके। परमेश्वर अत्यन्त रिसाउनु भयो, तर मानिसहरूमाथि परमेश्वरको रीस रोक्न मोशाले उहासँग बिन्ति गरे। यसैले परमेश्वरले मानिसहरूलाई नष्ट गर्नु भएन।
भजनसंग्रह 106:19-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनीहरूले होरेबमा सुनको बाछो बनाए र त्यस मूर्तिको पूजा गरे। तिनीहरूले परमेश्वरलाई दिने महिमालाई एउटा घाँस खाने पशुको मूर्तिसँग साटे। मिश्रमा आफ्ना सामर्थी कामहरूद्वारा तिनीहरूलाई बचाउनुहुने परमेश्वरलाई तिनीहरूले बिर्से। त्यहाँ कस्ता उदेकका कामहरू उहाँले गर्नुभयो! लाल समुद्रमा कस्ता आश्चर्यका काम गर्नुभयो! जब परमेश्वरले ती आफ्ना प्रजालाई नाश गर्ने काम गर्नुभयो, तब उहाँको चुनिएका सेवक मोशा खडा भएर तिनीहरूलाई परमेश्वरको क्रोधबाट नष्ट हुनदेखि बचाए।