भजनसंग्रह 105:1-45
भजनसंग्रह 105:1-45 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुलाई धन्यवाद चढ़ाओ, उहाँका नाउँको पुकार गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर। उहाँको निम्ति गाओ, उहाँको निम्ति प्रशंसाको भजन गाओ, उहाँका सबै आश्चर्यकर्महरूको बयान गर। उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर, परमप्रभुलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्। परमप्रभु र उहाँका शक्तिको खोजी गर, उहाँको दर्शन निरन्तर खोज। उहाँले गर्नुभएका अचम्मका कामहरू स्मरण गर, उहाँका आश्चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्मरण गर, हे उहाँका दास अब्राहामको वंश, हे याकूबका सन्तान, उहाँका चुनिएका हो। उहाँ परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, समस्त पृथ्वीमा उहाँका फैसलाहरू रहन्छन्। उहाँ आफ्नो करार सदा स्मरण गर्नुहुन्छ, त्यो वचन जो उहाँले हजारौं पुस्ताहरूलाई दिनुभएको थियो, त्यही करार, जो उहाँले अब्राहामसँग बाँध्नुभयो, त्यही शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो, जो उहाँले आदेशको रूपमा याकूबसित पुष्टि गर्नुभयो, र इस्राएलसँग यसो भनेर अनन्त करारको रूपमा बाँध्नुभयो: “तँलाई म कनान देश दिनेछु, त्यो उत्तराधिकार तेरो अंश हुनेछ।” जब तिनीहरू गन्तीमा थोरै मात्र थिए, साह्रै थोरै, र त्यसमा पनि विदेशी थिए, तिनीहरू एक राष्ट्रबाट अर्को राष्ट्रमा, र एक राज्यबाट अर्को राज्यमा फिरन्ता भई हिँड्थे। उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन। तिनीहरूका खातिर उहाँले राजाहरूलाई पनि यसो भनेर हप्काउनुभयो, “मेरा अभिषेक भएकाहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर।” उहाँले त्यस देशमा अनिकाल पठाउनुभयो, र अन्नका सारा आपूर्ति नै नष्ट गरिदिनुभयो। उहाँले योसेफ नाउँ भएका एक जनालाई तिनीहरूका अगि पठाउनुभयो, जो कमारा हुनलाई बेचिएका थिए। तिनको खुट्टामा तिनीहरूले नेल ठोकेर दु:ख दिए, र तिनको गलामा फलामको जन्जीर लगाइदिए, जबसम्म तिनको वचन पूरा भएन, तथा परमप्रभुको वचनले तिनलाई सच्चा प्रमाणित गरेन। राजाले मानिस पठाएर तिनलाई छुटकारा गरिदिए, जनताका शासकले तिनलाई बन्धनबाट मुक्त गरे। राजाले तिनलाई आफ्नो राजभवनका प्रधान बनाए, र आफ्ना सबै सम्पत्तिका शासक तुल्याए, उनका राजकुमारहरूलाई तिनले चाहेजस्तो सिकाउनलाई, र उनका बुज्रुकहरूलाई ज्ञानका कुरा सिकाउनलाई। तब इस्राएल मिश्रदेशमा प्रवेश गरे, र याकूब हामको देशमा प्रवासीको रूपमा बसे। परमेश्वरले आफ्ना प्रजालाई ज्यादै फलवन्त बनाउनुभयो, तिनीहरूको शत्रुभन्दा तिनीहरूको सङ्ख्या अझ बढ़ी बनाउनुभयो। परमेश्वरले मिश्रीहरूका हृदयलाई उहाँका दासहरूलाई घृणा गर्न परिवर्तन गर्नुभयो, आफ्ना सेवकहरूका विरुद्ध षड्यन्त्र गर्ने मन उनीहरूलाई दिनुभयो। उहाँले आफ्ना दास मोशा र आफूले चुन्नुभएका हारूनलाई पठाउनुभयो। तिनीहरूले उनीहरूका बीचमा उहाँका आश्चर्यका चिन्हहरू, र हामको देशमा आश्चर्यका कामहरू देखाए। उहाँले अन्धकार पठाउनुभयो, र समस्त देशमा अँध्यारो छायो, किनकि उनीहरूले उहाँका वचनको विरोध गरेका थिए। उहाँले उनीहरूका पानीहरूलाई रगत बनाउनुभयो, र उनीहरूका माछाहरू मरे। भ्यागुताका बथान उनीहरूको देशमा आएर शासकहरूका शयनकक्षसम्म पनि पुगे। उहाँले आज्ञा गर्नुभयो, र सारा देश झीँगा र भुसुनाले भरियो। उहाँले वृष्टिलाई असिनामा परिवर्तन गर्नुभयो, र उनीहरूको देशभरि बिजुली चम्काउनुभयो। उहाँले उनीहरूका दाख र अञ्जीरका बोटहरू ध्वंस पारिदिनुभयो, र उनीहरूको देशका रूखहरू ढाल्नुभयो। उहाँले आज्ञा गर्नुभयो, र सलहहरू र अनगिन्ती फटेंग्राहरू आए। तिनीहरूले उनीहरूको देशका सबै वनस्पति, र उनीहरूको भूमिका फल खाइदिए। अनि उहाँले उनीहरूको देशका सबै ज्येष्ठ सन्तान, उनीहरूको पौरखका पहिला फलहरूलाई नाश गर्नुभयो। उहाँले सुन र चाँदीसहित इस्राएलीहरूलाई बाहिर निकाल्नुभयो, र तिनीहरूका कुलमध्येको कसैले पनि ठोकर खाएन। तिनीहरू निस्किगएकामा मिश्रदेश खुशी भयो, किनभने इस्राएलको भय उनीहरूमाथि परेको थियो। उहाँले आवरणको निम्ति बादल फिँजाउनुभयो, र राती उज्यालो दिनलाई आगो दिनुभयो। तिनीहरूले मागे, र उहाँले तिनीहरूलाई बट्टाई चराहरू दिनुभयो, र स्वर्गको रोटी तिनीहरूलाई प्रशस्त मात्रामा दिनुभयो। उहाँले चट्टान फोर्नुभयो, र पानी फुटिनिस्क्यो, र मरुभूमिमा नदीझैँ बग्यो। किनभने उहाँले आफ्ना सेवक अब्राहामलाई दिनुभएको पवित्र प्रतिज्ञा स्मरण गर्नुभयो। उहाँले आफ्ना मानिसहरूलाई आनन्दसाथ आफ्ना चुनिएकाहरूलाई जयजयकारको ध्वनिसाथ ल्याउनुभयो। उहाँले तिनीहरूलाई जाति-जातिहरूका देश दिनुभयो, र अरू मानिसहरूका परिश्रमको फल तिनीहरूले आफ्नो अधिकारमा पारे। तिनीहरूले उहाँका आदेशहरू पालन गरून्, र उहाँका नियमहरूलाई मानून् भनेर नै यी सब भए। परमप्रभुको प्रशंसा गर।

भजनसंग्रह 105:1-45 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर; जाति-जातिहरूमा उहाँले गर्नुभएका कार्यहरूको बयान गर! उहाँको निम्ति गाओ, उहाँको प्रशंसाको गीत गाओ; उहाँका सबै अद्भुत कार्यहरूको वर्णन गर! उहाँको पवित्र नाममा गौरव गर; याहवेहलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्! याहवेह र उहाँको शक्तिलाई हेर; उहाँको मुहारको निरन्तर खोजी गर! हे याहवेहका सेवक, हे अब्राहामका वंश हो, हे उहाँबाट चुनिएका याकोबका सन्तानहरू हो, उहाँले गर्नुभएका अद्भुत कार्यहरूका स्मरण गर, उहाँका अचम्मका कामहरू र उहाँले गर्नुभएका फैसलाको सम्झना गर! उहाँ नै याहवेह हाम्रा परमेश्वर हुनुहुन्छ; उहाँका न्यायका कामहरू सारा पृथ्वीमा छ। परमेश्वरले आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ, त्यो प्रतिज्ञा, जो उहाँले हजार पुस्ताहरूलाई दिनुभएको थियो, त्यो करार जो उहाँले अब्राहामसँग बाँध्नुभएको थियो, त्यो शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो। त्यो उहाँले याकोबसँग उर्दीको रूपमा, इस्राएलसँग अनन्त करारको रूपमा पक्का गर्नुभयो: “म तँलाई कनान देश दिनेछु, त्यो पैतृक सम्पत्तिको रूपमा तेरो भाग हुनेछ।” जब तिनीहरू संख्यामा थोरै थिए, अति थोरै र त्यसमाथि पनि परदेशी थिए, तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा, एउटा राज्यबाट अर्को राज्यमा भौँतारिँदै हिँड्थे। उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन; तिनीहरूको खातिर उहाँले राजाहरूलाई यसरी हप्काउनुभयो: “मेरा अभिषिक्त जनहरूलाई नछोओ; मेरा अगमवक्ताहरूलाई केही हानि नगर!” उहाँले त्यस देशमा अनिकाल पठाउनुभयो, र तिनीहरूका आहाराको सम्पूर्ण स्रोत नष्ट गरिदिनुभयो; उहाँले योसेफ नाम गरेका पुरुषलाई, तिनीहरूको अगि पठाउनुभयो— जो दासको रूपमा बेचिएका थिए। तिनका खुट्टाहरूमा नेल ठोकेर तिनीहरूले घाइते पारेका थिए; तिनको घाँटीमा फलामको साङ्लाले बाँधेका थिए, उहाँका अगमवाणी पूरा नभएसम्म, याहवेहको वचनले तिनलाई सत्य प्रमाणित नगरेसम्म; तिनीहरूले त्यसो गरे। राजाले मानिस पठाएर तिनलाई छुटाए; जनताका शासकले तिनलाई मुक्त गरे। राजाले तिनलाई आफ्नो घरको मालिक, र आफ्ना सबै धनसम्पत्तिको शासक बनाए। तिनकै इच्छाअनुसार आफ्ना राजकुमारहरूलाई बुद्धि सिकाऊन्, र आफ्ना प्रधानहरूलाई ज्ञानका कुरा सिकाऊन् भनी खटाए। त्यसपछि इस्राएल इजिप्टमा आए; याकोब हामको देशमा प्रवासी भएर बसे। याहवेहले आफ्ना प्रजालाई अत्यन्त फलवन्त बनाउनुभयो; तिनीहरूका शत्रुहरूभन्दा तिनीहरूको संख्या अनगन्ती बनाउनुभयो। परमेश्वरले इजिप्टियनहरूका हृदयलाई उहाँका जनहरूलाई घृणा गर्ने बनाउनुभयो; ताकि आफ्ना सेवकहरूका विरुद्धमा षड्यन्त्र रचून्। उहाँले आफ्ना सेवक मोशालाई, र आफूले चुन्नुभएका हारूनलाई तिनीहरूकहाँ पठाउनुभयो। तिनीहरूका बीचमा ती दुईले उहाँका अलौकिक चिन्हहरू, हामका देशमा उहाँका अद्भुत कार्यहरू देखाए। उहाँले अन्धकार पठाउनुभयो र देशमा अँध्यारो भयो— किनकि तिनीहरूले उहाँको आदेशहरूको विरोध गरेका थिए। उहाँले तिनीहरूका पानीलाई रगतमा परिवर्तन गर्नुभयो, जसले गर्दा तिनीहरूका माछाहरू मरे। तिनीहरूको देश भ्यागुताहरूले भरियो, ती तिनीहरूका शासकहरूका शयनकक्षसम्मै पुगे। उहाँले आदेश दिनुभयो र त्यहाँ झिँगाको बथान ओइरियो, र तिनीहरूको सारा देश भुसुनाहरूले भरियो। उहाँले पानीको साटो असिना बर्साउनुभयो, र उनीहरूको देशभरि चट्याङ पठाउनुभयो; उहाँले तिनीहरूका अङ्गुर र नेभाराका रूखहरू ध्वस्त पार्नुभयो, र तिनीहरूका देशका रूखहरू ढालिदिनुभयो। उहाँले आज्ञा गर्नुभयो, र सलहहरू आए, असंख्य फट्याङ्ग्राहरू आए; तिनीहरूले त्यस देशका हरेक वनस्पति खाइदिए, तिनीहरूको भूमिको उब्जनीहरू सखाप पारिदिए। तब उहाँले त्यस देशका सबै पहिले जन्मेकाहरूलाई, तिनीहरूका पुरुषार्थका पहिलो फलहरूलाई नाश पार्नुभयो। उहाँले इस्राएललाई सुन र चाँदीले भरिपूर्ण पारि निकालेर ल्याउनुभयो; र तिनीहरूका कुलबाट कसैले पनि ठक्कर खाएनन्। तिनीहरू निस्केर जाँदा इजिप्ट रमायो; किनकि इस्राएलको डर तिनीहरूमाथि परेको थियो। उहाँले आवरणको रूपमा बादललाई फैलाउनुभयो, र रातमा उज्यालो दिनलाई आगो दिनुभयो। तिनीहरूले मासु खान मागे, र उहाँले तिनीहरूका निम्ति बट्टाई चराहरू दिनुभयो; स्वर्गका रोटीले तिनीहरूलाई तृप्त पार्नुभयो। उहाँले चट्टान फोर्नुभयो, र पानी बगेर निस्क्यो; त्यो मरुभूमिमा नदीझैँ बग्यो। किनकि उहाँले आफ्नो सेवक अब्राहामलाई दिनुभएको पवित्र प्रतिज्ञा स्मरण गर्नुभयो। उहाँले आफ्ना प्रजालाई आनन्दसाथ, र आफूले चुनेका जनहरूलाई हर्षोल्लासकासाथ गाउन लगाउँदै निकालेर ल्याउनुभयो; उहाँले अरू जातिहरूका भूमिहरू तिनीहरूलाई दिनुभयो; र अरूले गरेको परिश्रमको फलमा तिनीहरूले आफ्नो अधिकार गरे— तिनीहरूले उहाँका विधिहरू पालन गरून् र उहाँका नियमहरू मानून् भनेर नै यी सबै भए।
भजनसंग्रह 105:1-45 पवित्र बाइबल (NERV)
परमप्रभुलाई धन्यवाद देऊ, उहाँको नाउँको उपासना गर। सबै जाति-जाति मानिसहरूलाई ती अचम्भ लाग्दा कुराहरूको बारेमा भन जुन उहाँले गर्नुहुन्छ। परमप्रभु प्रति भजन गाओ, उहाँको प्रशंसा गर। उहाँले गर्नु भएको अलौकिक कुराहरूको बारेमा बताऊ जो उहाँले गर्नुहुन्छ। परमप्रभुको पवित्र नाउँमा घमण्ड गर। तिमीहरू परमप्रभुलाई खोज्दै-खोज्दै आई पुग्यौं त्यसैले अब खुशी हौ। बल पाउनुलाई परमप्रभु कहाँ जाऊ। सहायताको लागि सधैँ उहाँकोमा जाऊ। याद गर ती अचम्मका कुराहरू जुन उहाँले गर्नुहुन्छ। याद गर उहाँका आश्चर्यकामहरू साथै उहाँका बुद्धिमानी निर्णयहरू। तिमीहरू उहाँका दास अब्राहामका सन्तानहरू हौ। तिमीहरू याकूबका सन्तानहरू हौं तिमीहरू परमेश्वरद्वारा छानिएको मानिसहरू हौ। परमप्रभु नै हाम्रो परमेश्वर हुनुहुन्छ। परमप्रभुले सारा संसारमा राज्य गर्नुहुन्छ। परमेश्वरको करार पत्र सदा-सर्वदा याद गर। याद गर उहाँले एक हजार पुस्ताहरूलाई दिनुभएका उहाँका आदेशहरू! परमेश्वरले अब्राहामसित करार गर्नु भएको थियो। परमेश्वरले इसहाक प्रति प्रतिज्ञा राख्नु भएको थियो। त्यसपछि याकूबको लागि यो नियम झै बनाउनु भयो। परमेश्वरले इस्राएल सँग करार गर्नु भएको थियो, यो सदा-सर्वदा रहिरहने छ। परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई कनानको देश दिनेछु। त्यो देश तिमीहरूकै सम्पत्ति हुनेछ।” परमेश्वरले त्यो वचन त्यतिबेला राख्नु भएको थियो। जब अब्राहामका परिवारहरू स-साना थिए। तिनीहरू त्यहाँ परदेशीहरू जस्तै बसे। तिनीहरू एक जातिदेखि अर्को जाति, एक राज्य देखि अर्को राज्य हुँदै भ्रमण गर्दै हिंडे। तर परमेश्वरले तिनीहरूप्रति अत्याचार गर्न दिनु भएन। परमेश्वरले राजाहरूलाई पनि तिनीहरूलाई दुःख नदिनु भनेर चेताउनी दिनुभएको थियो। परमेश्वरले भन्नुभयो, “मैले रोजेका मानिसहरूलाई दुःख नदेऊ। मेरो अगमवक्ताहरू प्रति अधर्मी व्यवहार गर्दै नगर।” परमेश्वरले त्यस देशमा अनिकाल पारिदिनु भयो। मानिसहरूले खानलाई प्रशस्त भोजन पाएनन्। तर परमेश्वरले यूसुफ नाउँका एकजनालाई तिनीहरूको अगाडि त्यस ठाउँमा पठाउनु भयो। यूसुफ एक कमारा सरह बेचियो। तिनीहरूले यूसुफका खुट्टा वरिपरि डोरीले कसे। तिनीहरूले उनको घाँटी वरिपरि फलामको घेरा हाली दिए। उनले भनेका अगमवाणी कुराहरू साँच्चै नहुन्जेल सम्म तिनी दास सरह नै भए। परमप्रभुको सन्देशले प्रमाण गर्यो कि यूसुफ ठीक मानिस हो। यसैले मिश्रका राजाले उनलाई मुक्त गरिदिएँ। राष्ट्रका शासकले उनलाई जेल मुक्त गरिदिएँ। उहाँले यूसुफलाई आफ्नो घरको जिम्मामा राखिदिए, यूसुफले आफ्नो स्वामीको सबै सम्पत्तिमाथि हेरचाह गरे। यूसुफले अन्य अगुवाहरूलाई निर्देश दिए। यूसुफले बुढापाकाहरूलाई शिक्षा दिए। तब इस्राएल मिश्र तर्फ आए, याकूब हामको देशमा बसे। याकूबको परिवार अत्यन्त बढेर गयो। तिनीहरू आफ्ना शत्रुहरू भन्दा धेरै शक्तिशाली भए। यसकारण मिश्रीहरूले याकूबको परिवारलाई हेला गर्न थाले। तिनीहरूले उनीहरूका दासहरू विरूद्ध योजना तयार गर्न थाले। यसैले परमेश्वरले आफ्ना दास मोशालाई पठाउनु भयो, अनि उहाँले रोजेको पूजाहारी हारूनलाई पठाउनुभयो। परमेश्वरले मोशा र हारूनको माध्यमद्वारा हाम्रो देशमा धेरै आश्चर्यकामहरू देखाउनु भयो। परमेश्वरले निक्खुर कालो अन्धकार पठाउनुभयो तर मिश्रवासीहरूले उहाँलाई सुनेनन्। यसैले परमेश्वरले पानीलाई रगतमा परिवर्तन गर्नुभयो, अनि त्यहाँका सारा माछाहरू मरे। तिनीहरूका देश भ्यागुतै भ्यागुताले भरियो। राजाका सुत्ने कोठा पनि भ्यागुताहरू भरिए। परमेश्वरले आज्ञा दिनुभयो, अनि झिंगाहरू र जुम्राहरू आउन थाले। तिनीहरू चारैतिर फैलिएर गए। परमेश्वरले बर्षालाई असिनामा परिवर्तन गर्नुभयो। बिजुलीको प्रहार तिनीहरूको देशभरि फ्याँकियो। परमेश्वरले तिनीहरूको अङ्गुरका र नेभराको रूखहरू ध्वंश पारी दिनुभयो। परमेश्वरले सारा रूखहरू ध्वंश पारी दिनुभयो। परमेश्वरले आज्ञा दिनुभयो, अनि सलहहरू र फटेङ्ग्राहरू आउन थाले। तिनीहरू अनगन्ति थिए। सलहहरू र फटेङ्ग्राहरूले देशका सारा उद्भिद्हरू खाएर नष्ट पारिदिए। तिनीहरूले खेतका सारा अन्नबालीहरू खाई नष्ट पारिदिए। त्यसपछि तिनीहरूको देशमा परमेश्वरले पहिलो जन्मेका प्रत्येक पुत्रलाई मारिदिनु भयो। परमेश्वरले प्रत्येक पुरूषको शक्ति प्रमाणलाई नष्ट पार्नु भयो। त्यसपछि उहाँले आफ्ना मानिसहरू मिश्रबाट निकाल्नु भयो। तिनीहरूले आफूसँग सुन र चाँदीहरू लिएर आए। परमेश्वरका मानिसहरू कोही पनि ठोकिएनन् र लडेनन्। परमेश्वरका मानिसहरू गएका देखेर मिश्रवासीहरू खुशी भए किनभने तिनीहरूबाट उनीहरू भयभीत थिए। परमेश्वरले कम्बल जस्तो बादल फिंजाई दिनुभयो। परमेश्वरले आफ्नो आगो राती उज्यालो पार्नलाई तिनीहरूलाई दिनुभयो। मानिसहरूले भोजन मागे अनि परमेश्वरले तिनीहरूलाई वट्टाई चरा ल्याइदिनु भयो। परमेश्वरले स्वर्गबाट तिनीहरूलाई प्रशस्त खानेकुरा र रोटीहरू दिनुभयो। परमेश्वरले चट्टानलाई खण्डित पार्नु भयो। अनि त्यहाँबाट भल-भल पानी निस्क्यो। मरुभूमिमा नदी बग्न थाल्यो। परमेश्वरले उहाँको वचन सम्झनु भयो। परमेश्वरले आफ्ना दास अब्राहामसँग गर्नु भएको वचन सम्झनुभयो। परमेश्वरले आफ्ना मानिसहरू मिश्रबाट निकालेर ल्याउनु भयो। मानिसहरू खुशी र आनन्दले गाउँदै, गाउँदै निस्किए! तब परमेश्वरले तिनीहरूलाई देश दिनुभयो, जहाँ अन्य मानिसहरू बस्दै गरेका थिए। परमेश्वरका मानिसहरूले अन्य मानिसहरूले गर्नु परेका परिश्रमका चीजहरू पाए। परमेश्वरले त्यसो गर्नुभयो, किनकि उहाँका मानिसहरूले उहाँका नियमहरू पालन गर्न सकुन। यसकारण तिनीहरूले होशियारीसाथ उहाँका व्यवस्थाहरू पालन गर्न सकुन।
भजनसंग्रह 105:1-45 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुलाई धन्यवाद चढाओ, उहाँका महान्ता उच्च स्वरले प्रचार गर, उहाँले के गर्नुभएको छ, जाति-जातिहरूलाई सुनाओ। परमप्रभुको प्रशंसा गाओ, उहाँले गर्नुभएका उदेकका कामको बयान गर। हर्ष मनाओ किनकि हामी उहाँका निज प्रजा हौं, उहाँलाई पुज्नेहरू सबै रमाऊन्। सहायताको लागि परमप्रभुकहाँ जाओ र उहाँलाई निरन्तर दण्डवत् गर। उहाँका सेवक अब्राहामका सन्तान, उहाँले रोज्नुभएको मानिस याकूबका सन्तान, तिमीहरू परमेश्वरले गर्नुभएको आश्चर्यका कामहरू र उहाँले दिनुभएको न्यायका फैसलाहरूलाई याद गर। परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, उहाँका आज्ञाहरू सारा संसारको लागि हो। उहाँले आफ्नो करार सदाकालको लागि राख्नुहुन्छ र आफ्ना प्रतिज्ञाहरू हजारौं पुस्तासम्म। उहाँले अब्राहामसँग गर्नुभएको वाचा र इसहाकसँग गर्नुभएको प्रतिज्ञा राख्नुहुनेछ। परमप्रभुले सदाकालसम्म रहने एउटा करार याकूबसँग गर्नुभयो। उहाँले भन्नुभयो, “म तँलाई कनान देश दिनेछु र त्यो तेरो सम्पत्ति हुनेछ।” परमेश्वरका प्रजा थोरै थिए, तिनीहरू कनान देशमा परदेशी थिए। तिनीहरू एक देशदेखि अर्को देश, एक राज्यदेखि अर्को राज्य गरेर डुलिहिँड्थे। तर परमप्रभुले कसैलाई तिनीहरूलाई सताउन दिनुभएन, तिनीहरूका रक्षाको लागि उहाँले राजाहरूलाई चेतावनी दिनुभयो: “मेरा चुनिएका सेवकहरूलाई हानि नगर, मेरा अगमवक्ताहरूलाई नछुनू।” परमप्रभुले तिनीहरूका देशमा अनिकाल पठाउनुभयो र तिनीहरूका सबै खानेकुरा खोसिलिनुभयो। उहाँले तिनीहरूको अघि-अघि एक जना मानिस पठाउनुभयो: योसेफ, जसलाई दास बनाएर बेचिएको थियो। उनका खुट्टाहरू साङ्लामा बाँधिएका थिए, उनले भनेका भविष्यवाणी पूरा नहोऊञ्जेलसम्म उनको घिच्रामा फलामको सिक्री बाँधिएको थियो। परमप्रभुको वचनले उनलाई साँचो प्रमाणित गर्यो। मिश्रका राजाले उनलाई छोडिदिए, जाति-जातिका शासकले उनलाई छुटकारा दिए। तिनले उनलाई आफ्नो राज्य चलाउने भार सुम्पे र सारा देशमाथि शासक खटाए। उनले राजाका भारदारहरूमाथि शक्ति चलाए र सल्लाहकारहरूलाई आदेश दिने अधिकार पाए। तब याकूब मिश्रमा गएर त्यहाँ बसोबास गर्न लागे। परमप्रभुले आफ्नो प्रजालाई धेरै छोरा-छोरीहरू दिनुभयो र तिनीहरूलाई आफ्ना शत्रुहरूभन्दा धेरै बलियो बनाउनुभयो। उहाँले मिश्रीहरूलाई उहाँको प्रजाहरूलाई घृणा गर्न र उहाँका दासहरूसँग छलकपट गर्न लाउनुभयो। तब उहाँले आफूले चुन्नुभएका आफ्ना दासहरू मोशा र हारूनलाई पठाउनुभयो। तिनीहरूले परमेश्वरको लागि सामर्थी काम गरे र मिश्रमा आश्चर्यका कामहरू गरिदिए। परमेश्वरले त्यस देशमा अन्धकार पठाउनुभयो, तर मिश्रीहरूले उहाँका आज्ञापालन गरेनन्। उहाँले तिनीहरूका नदीहरूलाई रगतमा बदल्नुभयो र सबै माछाहरू मारिदिनुभयो। तिनीहरूको देश भ्यागुताले भरियो, राजमहलमा पनि भ्यागुता भरियो। परमेश्वरले आज्ञा दिनुभयो र देशभरि झिँगा र भुसुना फैलिए। त्यस देशमा वर्षाको सट्टामा उहाँले असिना र चट्याङ पठाउनुभयो। उहाँले तिनीहरूका दाख र नेभाराका बोटहरू नष्ट गर्नुभयो र सबै रूखहरू भाँचिदिनुभयो। उहाँको आज्ञाले अनगिन्ती सलहहरू आए, तिनीहरूले देशका सारा वनस्पति र अन्नबाली खाइदिए। उहाँले मिश्रका सबै परिवारका जेठा छोराहरूलाई मार्नुभयो। तब उहाँले इस्राएलीहरूलाई निकालिल्याउनुभयो, तिनीहरूले सुन र चाँदी बटुलेर लगे र तिनीहरू सबै बलिया र हट्टा-कट्टा थिए। मिश्रीहरू तिनीहरूसँग डराए र तिनीहरू जाँदा प्रसन्न भए। परमेश्वरले आफ्ना प्रजामाथि बादल र राती उज्यालो दिन आगो राख्नुभयो। तिनीहरूले मागे र उहाँले तिनीहरूलाई बट्टाइ चराहरू पठाइदिनुभयो, उहाँले तिनीहरूलाई स्वर्गबाट भोजन दिनुभएर तृप्त गराउनुभयो। उहाँले चट्टान फुटाउनुभयो र त्यहाँबाट पानी बगिनिस्क्यो र नदी बनेर मरुभूमिका बीच आएर बग्यो। उहाँले आफ्ना सेवक अब्राहामसँग गर्नुभएको आफ्नो पवित्र प्रतिज्ञा स्मरण गर्नुभयो। यसरी उहाँले आफूले चुन्नुभएको प्रजालाई निकालिल्याउनुभयो। तिनीहरूले आनन्दले गाए र स्वर मच्चाए। उहाँले तिनीहरूलाई अन्यजातिहरूका जमिन दिनुभयो र तिनीहरूका खेतबारीहरू कब्जा गर्न दिनुभयो। आफ्ना प्रजाले उहाँका व्यवस्थाहरू मानून् र सबै आज्ञाहरू पालन गरून् भनी परमेश्वरले त्यसो गर्नुभयो।