भजनसंग्रह 105
105
परमेश्वर र उहाँका प्रजा
1परमप्रभुलाई धन्यवाद चढाओ,
उहाँका महान्ता उच्च स्वरले प्रचार गर,
उहाँले के गर्नुभएको छ, जाति-जातिहरूलाई सुनाओ।
2परमप्रभुको प्रशंसा गाओ,
उहाँले गर्नुभएका उदेकका कामको बयान गर।
3हर्ष मनाओ किनकि हामी उहाँका निज प्रजा हौं,
उहाँलाई पुज्नेहरू सबै रमाऊन्।
4सहायताको लागि परमप्रभुकहाँ जाओ
र उहाँलाई निरन्तर दण्डवत् गर।
5-6उहाँका सेवक अब्राहामका सन्तान,
उहाँले रोज्नुभएको मानिस याकूबका सन्तान,
तिमीहरू परमेश्वरले गर्नुभएको आश्चर्यका कामहरू
र उहाँले दिनुभएको न्यायका फैसलाहरूलाई याद गर।
7परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ,
उहाँका आज्ञाहरू सारा संसारको लागि हो।
8उहाँले आफ्नो करार सदाकालको लागि राख्नुहुन्छ
र आफ्ना प्रतिज्ञाहरू हजारौं पुस्तासम्म।
9 #
उत्पत्ति 12:7; 17:8;
उत्पत्ति 26:3
उहाँले अब्राहामसँग गर्नुभएको वाचा
र इसहाकसँग गर्नुभएको प्रतिज्ञा राख्नुहुनेछ।
10 #
उत्पत्ति 28:13
परमप्रभुले सदाकालसम्म रहने एउटा करार याकूबसँग गर्नुभयो।
11उहाँले भन्नुभयो, “म तँलाई कनान देश दिनेछु
र त्यो तेरो सम्पत्ति हुनेछ।”
12परमेश्वरका प्रजा थोरै थिए,
तिनीहरू कनान देशमा परदेशी थिए।
13तिनीहरू एक देशदेखि अर्को देश,
एक राज्यदेखि अर्को राज्य गरेर डुलिहिँड्थे।
14 #
उत्पत्ति 20:3-7
तर परमप्रभुले कसैलाई तिनीहरूलाई सताउन दिनुभएन,
तिनीहरूका रक्षाको लागि उहाँले राजाहरूलाई चेतावनी दिनुभयो:
15“मेरा चुनिएका सेवकहरूलाई हानि नगर,
मेरा अगमवक्ताहरूलाई नछुनू।”
16 #
उत्पत्ति 41:53-57
परमप्रभुले तिनीहरूका देशमा अनिकाल पठाउनुभयो
र तिनीहरूका सबै खानेकुरा खोसिलिनुभयो।
17 #
उत्पत्ति 37:28; 45:5 उहाँले तिनीहरूको अघि-अघि एक जना मानिस पठाउनुभयो:
योसेफ, जसलाई दास बनाएर बेचिएको थियो।
18-19 #
उत्पत्ति 39:20—40:23
उनका खुट्टाहरू साङ्लामा बाँधिएका थिए,
उनले भनेका भविष्यवाणी पूरा नहोऊञ्जेलसम्म
उनको घिच्रामा फलामको सिक्री बाँधिएको थियो।
परमप्रभुको वचनले उनलाई साँचो प्रमाणित गर्यो।
20 #
उत्पत्ति 41:14
मिश्रका राजाले उनलाई छोडिदिए,
जाति-जातिका शासकले उनलाई छुटकारा दिए।
21 #
उत्पत्ति 41:39-41
तिनले उनलाई आफ्नो राज्य चलाउने भार सुम्पे
र सारा देशमाथि शासक खटाए।
22उनले राजाका भारदारहरूमाथि शक्ति चलाए
र सल्लाहकारहरूलाई आदेश दिने अधिकार पाए।
23 #
उत्पत्ति 46:6;
उत्पत्ति 47:11
तब याकूब मिश्रमा गएर
त्यहाँ बसोबास गर्न लागे।
24 #
प्रस्थान 1:7-14
परमप्रभुले आफ्नो प्रजालाई धेरै छोरा-छोरीहरू दिनुभयो
र तिनीहरूलाई आफ्ना शत्रुहरूभन्दा धेरै बलियो बनाउनुभयो।
25उहाँले मिश्रीहरूलाई उहाँको प्रजाहरूलाई घृणा गर्न
र उहाँका दासहरूसँग छलकपट गर्न लाउनुभयो।
26 #
प्रस्थान 3:1—4:17
तब उहाँले आफूले चुन्नुभएका आफ्ना दासहरू
मोशा र हारूनलाई पठाउनुभयो।
27तिनीहरूले परमेश्वरको लागि सामर्थी काम गरे
र मिश्रमा आश्चर्यका कामहरू गरिदिए।
28 #
प्रस्थान 10:21-23
परमेश्वरले त्यस देशमा अन्धकार पठाउनुभयो,
तर मिश्रीहरूले उहाँका आज्ञापालन गरेनन्।
29 #
प्रस्थान 7:17-21
उहाँले तिनीहरूका नदीहरूलाई रगतमा बदल्नुभयो
र सबै माछाहरू मारिदिनुभयो।
30 #
प्रस्थान 8:1-6
तिनीहरूको देश भ्यागुताले भरियो,
राजमहलमा पनि भ्यागुता भरियो।
31 #
प्रस्थान 8:20-24;
प्रस्थान 8:16,17 परमेश्वरले आज्ञा दिनुभयो
र देशभरि झिँगा र भुसुना फैलिए।
32 #
प्रस्थान 9:22-25
त्यस देशमा वर्षाको सट्टामा
उहाँले असिना र चट्याङ पठाउनुभयो।
33उहाँले तिनीहरूका दाख र नेभाराका बोटहरू नष्ट गर्नुभयो
र सबै रूखहरू भाँचिदिनुभयो।
34 #
प्रस्थान 10:12-15
उहाँको आज्ञाले अनगिन्ती सलहहरू आए,
35तिनीहरूले देशका सारा वनस्पति
र अन्नबाली खाइदिए।
36 #
प्रस्थान 12:29
उहाँले मिश्रका सबै परिवारका जेठा छोराहरूलाई मार्नुभयो।
37 #
प्रस्थान 12:33-36
तब उहाँले इस्राएलीहरूलाई निकालिल्याउनुभयो,
तिनीहरूले सुन र चाँदी बटुलेर लगे
र तिनीहरू सबै बलिया र हट्टा-कट्टा थिए।
38मिश्रीहरू तिनीहरूसँग डराए
र तिनीहरू जाँदा प्रसन्न भए।
39 #
प्रस्थान 13:21,22 परमेश्वरले आफ्ना प्रजामाथि बादल
र राती उज्यालो दिन आगो राख्नुभयो।
40 #
प्रस्थान 16:2-15
तिनीहरूले मागे र उहाँले तिनीहरूलाई बट्टाइ चराहरू पठाइदिनुभयो,
उहाँले तिनीहरूलाई स्वर्गबाट भोजन दिनुभएर तृप्त गराउनुभयो।
41 #
प्रस्थान 17:1-7; गन्ती 20:2-13 उहाँले चट्टान फुटाउनुभयो र त्यहाँबाट पानी बगिनिस्क्यो
र नदी बनेर मरुभूमिका बीच आएर बग्यो।
42उहाँले आफ्ना सेवक अब्राहामसँग गर्नुभएको
आफ्नो पवित्र प्रतिज्ञा स्मरण गर्नुभयो।
43यसरी उहाँले आफूले चुन्नुभएको प्रजालाई निकालिल्याउनुभयो।
तिनीहरूले आनन्दले गाए र स्वर मच्चाए।
44 #
यहोशू 11:16-23
उहाँले तिनीहरूलाई अन्यजातिहरूका जमिन दिनुभयो
र तिनीहरूका खेतबारीहरू कब्जा गर्न दिनुभयो।
45आफ्ना प्रजाले उहाँका व्यवस्थाहरू मानून्
र सबै आज्ञाहरू पालन गरून् भनी परमेश्वरले त्यसो गर्नुभयो।
परमप्रभुको प्रशंसा गर!
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 105: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.