YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 10:2-6

भजनसंग्रह 10:2-6 पवित्र बाइबल (NERV)

घमण्डी र दुष्ट मानिसहरूले खराब योजनाहरू बनाउँछन्। अनि दिनहीन मानिसहरूलाई चोट पुर्याउँछन्। दुष्ट मानिसहरूले आफ्नो इच्छामाथि घमण्ड गर्छन् अनि ती लोभी मानिसहरूले परमप्रभुलाई सराप्छन्। ती पापीहरूले परमप्रभुलाई घृणा गर्छन्। दुष्ट मानिसहरू यस्तो घमण्डी हुन्छन् तिनीहरूले परमेश्वरलाई मान्दैनन्। तिनीहरूले आफ्ना खराब योजनाहरू बनाउँछन् अनि त्यहाँ परमेश्वर हुनुहुन्न भने झैं व्यवहार गर्छन्। दुष्ट मानिसहरूले सधैँ नराम्रा कामहरू मात्र गर्दछन्। तिनीहरूले परमेश्वरको विधिहरू र ज्ञानीको शिक्षामा ध्यान दिंदैनन्, परमेश्वरका शत्रुहरूले उहाँका शिक्षाहरूलाई अस्वीकार गर्छन्। तिनीहरूले सोच्छन् तिनीहरूमाथि केही पनि नराम्रो हुन सक्तैन। तिनीहरू भन्छन्, “हामीमा मज्जा गर्नेछौ र हामी कहिल्यै दण्डित हुनेछैनौं।”

शेयर गर्नुहोस्
भजनसंग्रह 10 पढ्नुहोस्

भजनसंग्रह 10:2-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दुष्‍टहरू अहङ्कारी हुन्‍छन् र गरीबलाई सताउँछन्, आफूले बुनेका जालमा तिनीहरूलाई समात्‍छन्। दुष्‍टले आफ्‍ना दुष्‍ट इच्‍छामा घमण्‍ड गर्दछ, लोभीले परमप्रभुलाई धिक्‍कार्दछ र अस्‍वीकार गर्दछ। दुष्‍टले परमप्रभुको बारेमा वास्‍ता गर्दैन, उसले आफ्‍नो घमण्‍डमा परमेश्‍वरको के वास्‍ता गर्नु भनी सोच्‍दछ। दुष्‍ट मानिस सबै काममा सफल हुन्‍छ। त्‍यसले परमेश्‍वरको न्‍यायलाई बुझ्‍न सक्‍दैन, त्‍यसले आफ्‍ना शत्रुहरूको खिसी गर्छ। त्‍यसले आफैंलाई भन्‍दछ, “म कहिले असफल हुनेछैनँ, मलाई कहिल्‍यै कष्‍ट हुनेछैन।”

शेयर गर्नुहोस्
भजनसंग्रह 10 पढ्नुहोस्

भजनसंग्रह 10:2-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

दुष्‍ट मानिसले आफ्‍नो अहङ्कारमा कमजोरहरूलाई लखेट्‌छ। त्‍यसले रचेका योजनामा तिनीहरू फस्‍छन्‌। दुष्‍ट आफ्‍नो हृदयका इच्‍छाहरूमा गर्व गर्दछ, त्‍यसले लालची मानिसलाई आशीर्वाद दिन्‍छ र परमप्रभुलाई निन्‍दा गर्दछ। आफ्‍नो अहङ्कारमा दुष्‍टले उहाँलाई खोज्‍दैन, त्‍यसका सबै विचारमा परमेश्‍वरलाई स्‍थान हुँदैन। त्‍यसका कामकाजमा त्‍यो सधैँ सफल हुन्‍छ। त्‍यो अभिमानी हुन्‍छ, र तपाईंका विधिहरू त्‍यसबाट टाढ़ा हुन्‍छन्‌। आफ्‍ना सबै शत्रुहरूको त्‍यसले उपहास गर्दछ। त्‍यसले आफ्‍नो मनमा सोच्‍छ, “कुनै कुरोले मलाई हल्‍लाउन सक्‍नेछैन, म सधैँ सुखी हुनेछु र मलाई कुनै कष्‍ट आइपर्नेछैन।”

शेयर गर्नुहोस्
भजनसंग्रह 10 पढ्नुहोस्

भजनसंग्रह 10:2-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

दुष्‍टहरूले आफ्ना अहङ्कारमा कमजोरहरूलाई अत्याचार गर्छन्। तिनीहरूले रचेका योजनामा उनीहरू फस्छन्। तिनीहरूले आफ्नो हृदयका इच्छाहरूमा गर्व गर्छन्; लोभीहरूलाई आशीर्वाद दिन्छन्, र याहवेहलाई निन्दा गर्छन्। दुष्‍टहरूले आफ्नो घमण्डमा परमेश्‍वरको खोजी गर्दैनन्; तिनीहरूका सारा विचारहरूमा परमेश्‍वरको लागि कुनै स्थान हुँदैन। दुष्‍टहरूका योजनाहरू सधैँ सफल हुन्छन्; तपाईंका विधिहरू तिनीहरूले इन्कार गर्छन्; तिनीहरूले आफ्ना सबै शत्रुहरूको उपहास गर्दछन्। तिनीहरूले आफ्नो मनमा भन्छन्, “हामीलाई कुनै पनि कुराले हल्‍लाउन सक्नेछैन।” तिनीहरूले अडान लिन्छन्, “हाम्रो कुनै पनि पुस्तामा विपत्ति आइपर्नेछैन।”

शेयर गर्नुहोस्
भजनसंग्रह 10 पढ्नुहोस्