YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 10:1-15

भजनसंग्रह 10:1-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमप्रभु, तपाईं किन टाढ़ा उभिनुहुन्‍छ? कष्‍टको बेला आफैलाई तपाईं किन लुकाउनुहुन्‍छ? दुष्‍ट मानिसले आफ्‍नो अहङ्कारमा कमजोरहरूलाई लखेट्‌छ। त्‍यसले रचेका योजनामा तिनीहरू फस्‍छन्‌। दुष्‍ट आफ्‍नो हृदयका इच्‍छाहरूमा गर्व गर्दछ, त्‍यसले लालची मानिसलाई आशीर्वाद दिन्‍छ र परमप्रभुलाई निन्‍दा गर्दछ। आफ्‍नो अहङ्कारमा दुष्‍टले उहाँलाई खोज्‍दैन, त्‍यसका सबै विचारमा परमेश्‍वरलाई स्‍थान हुँदैन। त्‍यसका कामकाजमा त्‍यो सधैँ सफल हुन्‍छ। त्‍यो अभिमानी हुन्‍छ, र तपाईंका विधिहरू त्‍यसबाट टाढ़ा हुन्‍छन्‌। आफ्‍ना सबै शत्रुहरूको त्‍यसले उपहास गर्दछ। त्‍यसले आफ्‍नो मनमा सोच्‍छ, “कुनै कुरोले मलाई हल्‍लाउन सक्‍नेछैन, म सधैँ सुखी हुनेछु र मलाई कुनै कष्‍ट आइपर्नेछैन।” त्‍यसको मुख सराप, झूट र धम्‍कीले भरिएको हुन्‍छ। त्‍यसको जिब्रोमा उपद्रव र दुष्‍टता छन्‌। गाउँ-गाउँकै नजिक त्‍यो ढुकिबस्‍छ। ढुकेर बसेका ठाउँहरूमा त्‍यसले निर्दोषहरूको हत्‍या गर्छ। त्‍यसले दु:खीहरूलाई लुकी-लुकी चियो गरिराखेको हुन्‍छ। झाडीमा पर्खेर बसिरहेको सिंहझैँ त्‍यो गुप्‍त ठाउँमा ढुकेर बस्‍छ। असहायहरूलाई पक्रन त्‍यो ढुकेर बस्‍छ। त्‍यसले आफ्‍नो जालमा असहायहरूलाई घिसारेर लैजान्‍छ। दु:खीहरू पेलिन्‍छन्‌ र लाचार भई लड्‌छन्‌, र तिनीहरू त्‍यसको शक्तिले ढल्‍दछन्‌। त्‍यसले आफ्‍नो मनमा सोच्‍दछ, “परमेश्‍वरले बिर्सनुभएको छ। उहाँले आफ्‍नो मुहार लुकाउनुभएको छ, र कहिल्‍यै देख्‍नुहुन्‍न।” हे परमप्रभु, उठ्‌नुहोस्‌, हे परमेश्‍वर, तपाईंको हात उठाउनुहोस्‌, असहायहरूलाई नबिर्सनुहोस्‌। दुष्‍टले किन परमेश्‍वरको निन्‍दा गर्छ? त्‍यसले किन आफ्‍नो मनमा भन्‍छ, “उहाँले मेरो लेखा राख्‍नुहुन्‍न।” तर हे परमेश्‍वर, तपाईं दु:ख र शोक देख्‍नुहुन्‍छ, तपाईंले ती आफ्‍नै हातमा लिनुहुन्‍छ, दु:खीले आफैलाई तपाईंमा सुम्‍पन्‍छ, अनाथको सहायक तपाईं नै हुनुहुन्‍छ। दुष्‍ट र कुकर्मीको हात भाँचिदिनुहोस्‌। कुकर्मीका नभेट्टाइने दुष्‍टताका लेखा लिनुहोस्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 10 पढ्नुहोस्

भजनसंग्रह 10:1-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमप्रभु! किन यति टाढा हुनुहुन्‍छ? हामी कष्‍टमा परेको बेलामा किन तपाईं लुक्‍नुहुन्‍छ? दुष्‍टहरू अहङ्कारी हुन्‍छन् र गरीबलाई सताउँछन्, आफूले बुनेका जालमा तिनीहरूलाई समात्‍छन्। दुष्‍टले आफ्‍ना दुष्‍ट इच्‍छामा घमण्‍ड गर्दछ, लोभीले परमप्रभुलाई धिक्‍कार्दछ र अस्‍वीकार गर्दछ। दुष्‍टले परमप्रभुको बारेमा वास्‍ता गर्दैन, उसले आफ्‍नो घमण्‍डमा परमेश्‍वरको के वास्‍ता गर्नु भनी सोच्‍दछ। दुष्‍ट मानिस सबै काममा सफल हुन्‍छ। त्‍यसले परमेश्‍वरको न्‍यायलाई बुझ्‍न सक्‍दैन, त्‍यसले आफ्‍ना शत्रुहरूको खिसी गर्छ। त्‍यसले आफैंलाई भन्‍दछ, “म कहिले असफल हुनेछैनँ, मलाई कहिल्‍यै कष्‍ट हुनेछैन।” सराप, झूट र धम्‍कीले त्‍यसको बोली भरिएको हुन्‍छ; घिनलाग्‍दो र दुष्‍ट कुरा भन्‍न त्‍यो छिटो हुन्‍छ। निर्दोष मानिसहरूलाई मार्न त्‍यो गाउँ-गाउँमा लुकिबस्‍छ। शिकार बनेका ती असहाय मानिसहरूको त्‍यसले खोजी-नीति गर्छ। आफू लुकेको ठाउँमा त्‍यो सिंहजस्‍तो पर्खिरहन्‍छ, त्‍यसले तिनीहरूलाई पासोमा पार्दछ र घिस्‍स्‍याएर लैजान्‍छ। त्यसका शिकार बनेका ती असहाय मानिसहरू दबेर लडिरहन्‍छन्, जनावरको जस्‍तो शक्तिद्वारा तिनीहरूको हार भएको छ। दुष्‍टले आफैंलाई भन्‍दछ, “परमेश्‍वरले केही वास्‍ता गर्नुहुन्‍न, उहाँले आँखा चिम्‍म गर्नुभएको छ, मलाई देख्‍नुहुन्‍न!” हे परमेश्‍वर, ती दुष्‍ट मानिसहरूलाई दण्‍ड दिनुहोस्! कष्‍ट पाएकाहरूलाई सम्‍झनुहोस्! कसरी दुष्‍ट मानिसले परमेश्‍वरलाई निन्‍दा गरेर, “उहाँले मलाई दण्‍ड दिनुहुन्‍न” भनी मनमा भन्‍न सक्‍छ? तर तपाईंले देख्‍नुहुन्‍छ, मानिसका दु:ख-कष्‍ट जान्‍नुहुन्‍छ र मद्दत गर्न सदा तयार हुनुहुन्‍छ। असहाय मानिस आफैं तपाईंको शरण पर्दछ, तपाईंले सधैँ दरिद्रलाई सहायता गर्नुभएको छ। दुष्‍ट र खराब मानिसका शक्तिलाई तोड्‍नुहोस्, तिनीहरूले गरेका खराब कामको निम्‍ति तिनीहरूले त्‍यसमा काम गर्न नछोडुञ्‍जेल तिनीहरूलाई दण्‍ड दिनुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 10 पढ्नुहोस्

भजनसंग्रह 10:1-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे याहवेह, किन तपाईं टाढा उभिनुहुन्छ? तपाईं सङ्कष्‍टको समयमा किन आफूलाई लुकाउनुहुन्छ? दुष्‍टहरूले आफ्ना अहङ्कारमा कमजोरहरूलाई अत्याचार गर्छन्। तिनीहरूले रचेका योजनामा उनीहरू फस्छन्। तिनीहरूले आफ्नो हृदयका इच्छाहरूमा गर्व गर्छन्; लोभीहरूलाई आशीर्वाद दिन्छन्, र याहवेहलाई निन्दा गर्छन्। दुष्‍टहरूले आफ्नो घमण्डमा परमेश्‍वरको खोजी गर्दैनन्; तिनीहरूका सारा विचारहरूमा परमेश्‍वरको लागि कुनै स्थान हुँदैन। दुष्‍टहरूका योजनाहरू सधैँ सफल हुन्छन्; तपाईंका विधिहरू तिनीहरूले इन्कार गर्छन्; तिनीहरूले आफ्ना सबै शत्रुहरूको उपहास गर्दछन्। तिनीहरूले आफ्नो मनमा भन्छन्, “हामीलाई कुनै पनि कुराले हल्‍लाउन सक्नेछैन।” तिनीहरूले अडान लिन्छन्, “हाम्रो कुनै पनि पुस्तामा विपत्ति आइपर्नेछैन।” तिनीहरूका मुख श्राप, छल र हप्कीले भरिएका हुन्छन्; तिनीहरूका जिब्रोमा दुष्‍टता र गलत कुरा हुन्छन्। तिनीहरू गाउँहरूकै छेउमा ढुकिबस्छन्; पर्खेर निर्दोषहरूको हत्या गर्दछन्। तिनीहरूका आँखा असहायहरूलाई गुप्‍त स्थानहरूमा खोजिरहन्छ। तिनीहरू सिंहझैँ झाडीमा ढुकेर बस्छन्; असहायहरूलाई पक्रनलाई ढुकेर बस्छन्; असहायहरूलाई पक्रन्छन् र आफ्नो पासोमा पारेर घिसार्दै लैजान्छन्। तिनीहरूका शिकारहरू चकनाचुर पारिन्छन्, ती निर्बल भई ढल्छन्, दुष्‍टहरूका शक्तिमुनि उनीहरू लडिहाल्छन्। तिनीहरूले आफ्नो मनमा भन्दछन्, “हामीले गरेका कुराहरू परमेश्‍वरले बिर्सनुभएको छ; उहाँले आफ्नो मुहार ढाक्नुभएको छ, र उहाँले कहिल्यै देख्नुहुन्‍न।” हे याहवेह, उठ्नुहोस्, हे परमेश्‍वर, तपाईंको हात उठाउनुहोस्। असहायहरूलाई नबिर्सनुहोस्। किन दुष्‍टहरूले परमेश्‍वरको विरोध गर्छन्? तिनीहरूले किन आफ्नो मनमा यसो भन्छन्, “उहाँले हाम्रो लेखा लिनुहुनेछैन?” तर हे परमेश्‍वर, तपाईं दुःखीहरूका सङ्कष्‍ट देख्नुहुन्छ; तपाईंले तिनीहरूका दुःख देख्नुहुन्छ र आफ्नो हातमा लिनुहुन्छ। दुःखीहरूले आफूलाई तपाईंमा सुम्पन्छन्; तपाईं नै अनाथहरूका सहायक हुनुहुन्छ। दुष्‍ट तथा कुकर्मीहरूका पाखुरा भाँचिदिनुहोस्; दुष्‍ट काम गर्नेहरूबाट लेखा लिनलाई बोलाउनुहोस्, ताकि तिनीहरूमा फेरि दुष्‍टता नभेट्टाइयोस्।

भजनसंग्रह 10:1-15 पवित्र बाइबल (NERV)

हे परमप्रभु, तपाईं यति टाढा किन बस्नु हुन्छ? दुःखी मानिसहरूले तपाईंलाई देख्न सक्तैनन्। घमण्डी र दुष्ट मानिसहरूले खराब योजनाहरू बनाउँछन्। अनि दिनहीन मानिसहरूलाई चोट पुर्याउँछन्। दुष्ट मानिसहरूले आफ्नो इच्छामाथि घमण्ड गर्छन् अनि ती लोभी मानिसहरूले परमप्रभुलाई सराप्छन्। ती पापीहरूले परमप्रभुलाई घृणा गर्छन्। दुष्ट मानिसहरू यस्तो घमण्डी हुन्छन् तिनीहरूले परमेश्वरलाई मान्दैनन्। तिनीहरूले आफ्ना खराब योजनाहरू बनाउँछन् अनि त्यहाँ परमेश्वर हुनुहुन्न भने झैं व्यवहार गर्छन्। दुष्ट मानिसहरूले सधैँ नराम्रा कामहरू मात्र गर्दछन्। तिनीहरूले परमेश्वरको विधिहरू र ज्ञानीको शिक्षामा ध्यान दिंदैनन्, परमेश्वरका शत्रुहरूले उहाँका शिक्षाहरूलाई अस्वीकार गर्छन्। तिनीहरूले सोच्छन् तिनीहरूमाथि केही पनि नराम्रो हुन सक्तैन। तिनीहरू भन्छन्, “हामीमा मज्जा गर्नेछौ र हामी कहिल्यै दण्डित हुनेछैनौं।” ती मानिसहरू सधैँ सरापी रहन्छन। तिनीहरू सधैँ अरूको अहितका कुराहरू मात्र सोच्दछन्। ती मानिसहरू गुप्त ठाउँमा लुकेर बस्दछन् र मानिसहरू पक्रन पर्खी रहन्छन। तिनीहरू लुक्छन् र मानिसहरूलाई घात पुर्याउन खोजिरहेका हुन्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई पनि मार्दछन्। तिनीहरू त्यस्ता सिंह जस्तो हुँन्छन् जसले जनावर पक्रेर खान्छ। तिनीहरूले असहाय मानिसहरूमाथि आक्रमण गर्दछन्। गरीब मानिसहरू दुष्टहरूले बनाएका पासोमा फँस्दछन्। घरि-घरि ती दुष्ट मानिसहरूले असहाय मानिसहरूलाई कष्ट दिंदछन्। यसकारण ती असहाय मानिसहरूले सोच्न थाल्दछन्, “परमेश्वरले हामीलाई बिर्सनु भयो। हामीदेखि उहाँ सदाको लागि विमुख हुनुभयो। हामीमाथि के घटिरहेछ परमेश्वरले हेर्नुहुन्न!” हे परमप्रभु, उठ्नुहोस् र केही गर्नुहोस्! हे परमेश्वर, ती पापीहरूलाई दण्ड दिनु होस्, असहायहरूलाई नबिर्सनु होस्। किन दुष्ट मानिसहरू परमेश्वरको विरोधी हुन्छन्? किनभने तिनीहरू सोच्दछन् उहाँले दण्ड दिनु हुन्न। हे परमप्रभु, निश्चय नै तपाईंले ती दुष्टहरूले गरेको निर्दयतापूर्ण र दुष्ट कार्यहरू देख्नुहुनेछ, अनि तिनीहरूको निम्ति केही गर्नु हुनेछ! समस्याहरूले लादिएका मानिसहरू तपाईं कहाँ सहयोग माग्न आउँछन्। हे परमप्रभु, तपाईं मात्र हुनुहुन्छ, जसले टुहुरा-टुहुरीलाई सहायता गर्नु हुन्छ। हे परमप्रभु, दुष्टहरूलाई नष्ट गर्नुहोस्। खराब मानिसको दुष्टता खोज्नुहोस् र उनीहरूको विनाश गर्नुहोस्।