हितोपदेश 7:2-4
हितोपदेश 7:2-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा आज्ञाहरू पालन गर्, र तँ जीवित रहनेछस्, मेरा अर्तीहरू तेरो आँखाको नानीजस्तै जोगाइराख्। तिनलाई तेरा औँलामा औँठीझैँ लगाइराख्। हृदयको पाटीमा ती लेखिराख्। बुद्धिलाई भन्, “तिमी मेरी बहिनी हौ,” र समझशक्तिलाई चाहिँ आफ्नो परममित्र भन्
हितोपदेश 7:2-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ, मेरा अर्तीहरूलाई आफ्नो आँखाको नानीजस्तै जोगाइराख। तिनलाई तिम्रा औँलाहरूमा बाँधिराख, तिनलाई आफ्नो हृदयको पाटीमा लेखिराख। बुद्धिलाई भन, “तिमी मेरी बहिनी हौ,” र समझशक्तिलाई चाहिँ “तिमी मेरो आफन्त हौ।”
हितोपदेश 7:2-4 पवित्र बाइबल (NERV)
तिमीले मेरा आज्ञाहरू पालन गर्यौ भने तिमी बाँच्नेछौ। मेरो सल्लाहलाई आँखाको नानी झैं जोगाई राख। तिनीहरू तिमीले आफ्नो औंलीहरूमा बाँधेर राख अनि हृदयमा लेखेर राख। ज्ञानलाई भनः “तिमी मेरी बहिनी हौ।” समझशक्तिलाई भन, “तिमी मेरो आफन्त हौ!”
हितोपदेश 7:2-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले भनेअनुसार गर् र तँ जिउनेछस्। तेरा आँखाका नानी जोगाएझैँ मेरा अर्ती मान्न होश गर्। सधैँ मेरो शिक्षा पालन गर्, त्यो तेरो हृदयको पाटीमा लेखिराख्। बुद्धिलाई बहिनीजस्तो र अन्तर्दृष्टिलाई परममित्रजस्तो व्यवहार गर्।