हितोपदेश 6:30-32
हितोपदेश 6:30-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
साह्रै भोक लागेको मानिसले आफ्नो भोक मार्न चोरी गर्यो भने, मानिसहरूले त्यसलाई घृणा गर्दैनन्। तापनि त्यो पक्राउ पर्यो भने त्यसले सात गुणा बढ़ी तिर्नैपर्ने हुन्छ, शायद त्यसले आफ्नो घरको सारा सम्पत्तिसम्म दिनुपर्नेछ। तर व्यभिचार गर्ने मानिस विनासमझको हुन्छ, यस्तो काम गर्नेले आफूमाथि बरबादी ल्याउँछ।
हितोपदेश 6:30-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
भोकले मर्न लागेको चोरले आफ्नो भोक मेटाउनलाई चोरी गरेकोमा कसैले त्यसलाई तुच्छ ठान्दैन। तर यदि त्यो पक्राउ पर्यो भने त्यसले सात गुणा बढी तिर्नुपर्छ; चाहे त्यो उसको घरको सम्पूर्ण धन नै किन नहोस्। तर व्यभिचार गर्ने व्यक्तिसित विवेक हुँदैन; यसो गर्ने सबैले आफूलाई नष्ट गर्छन्।
हितोपदेश 6:30-32 पवित्र बाइबल (NERV)
कुनै चोर भोकले चुर भएर यदि आफ्नो ज्यान बचाउनको निम्ति चोरी गर्यो भने, मानिसहरूले त्यसको त्यति निन्दा गर्दैनन। तर पनि त्यो मानिस चोर्दै गर्दा पक्राउ पर्यो भने उसले चोरी गरेको परिणाम भन्दा सात गुणा वेशी तिर्नु पर्छ, चाहे यसरी तिर्नु पर्दा उसको घरको सम्पूर्ण सम्पत्ति नै किन शेष नहोस्। तर जो मानिसले अर्काको पत्नीसित यौन सम्बन्ध राख्छ त्यसको विवेक हुँदैन उसले आफ्नै मात्र विनाश ल्याउँछ।
हितोपदेश 6:30-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भोकाएर चोरले खानेकुरा चोरे, त्यसलाई कसैले तुच्छ ठान्दैनन्, तर त्यो चोरीमा पक्राउ परे, आफूसित भएका सबै थोक दिनुपरे पनि त्यसले सात गुणा फर्काउनुपर्छ। तर व्यभिचार गर्ने मानिस विवेकहीन मूर्ख हो! त्यसले आफ्नै नाश गर्छ।