हितोपदेश 5:3-8
हितोपदेश 5:3-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने व्यभिचारी स्त्रीको ओठबाट मह चुहुन्छ, र त्यसको बोलीचाहिँ तेलभन्दा चिप्लो हुन्छ। तापनि अन्तमा त त्यो स्त्री पित्तझैँ तीतो, र दुईधारे तरवारझैँ लाग्ने हुन्छे। त्यसको खुट्टा मृत्युको बाटोतिर ओह्रालो लाग्छ, त्यसको पाइला सोझै पातालतिर लागेको हुन्छ। त्यसले जीवनको मार्गतिर ध्यानै दिँदिन, त्यसको चाल कुटिल छ, तापनि यो कुरा त्यसले थाहा गर्दिन। अब हे मेरा छोरा हो, मेरा कुरा सुन, र मैले भनेका कुराहरूबाट तर्केर एकातिर नलाग। त्यस्ती स्त्रीदेखि टाढ़ा बस, त्यसको घरको ढोका नजिक नजाओ।
हितोपदेश 5:3-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि व्यभिचारिणी स्त्रीको ओठबाट मह चुहिन्छ, र त्यसको बोली तेलभन्दा चिप्लो हुन्छ, तापनि आखिरमा त्यो पित्तजस्तै तितो, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ। त्यसका पाउहरू मृत्युको बाटोतिर लाग्छन्, त्यसका पाइलाहरू सोझै पातालतिर लाग्छन्। त्यसले जीवनको मार्गतिर वास्तै गर्दिन; त्यसका मार्गहरू अस्थिर छन्, तापनि यो कुरा त्यसले थाहै गर्दिन। अब, हे मेरा छोराहरू, मेरो कुरा सुन, म जे भन्छु, त्यसबाट तर्किएर नजाओ! त्यस्ती स्त्रीको मार्गदेखि टाढै बस, त्यसको घरको ढोका नजिक जाँदै नजाओ!
हितोपदेश 5:3-8 पवित्र बाइबल (NERV)
कारण पर-स्त्रीको मुखबाट मह टप्किन्छ अनि ओठ भद्राक्षको तेल दले झैं चिप्लो हुन्छ। तर पछि परिणाम चाँहि नीमको पत्ता झैं तीतो तथा दुइ धारे तरवार जस्तै धारिलो हुन्छ। पर-स्त्रीको गोडाहरू मृत्यु तिर लम्कन्छन र उसको पाइला चिहानतिर जान्छन्। उसको मार्गले कहाँ लगिरहेको छ त्यसले विचार गर्दिन त्यसले बाटो विराएर हिँडेकि हुन्छे तैपनि त्यसले त्यो जान्दिन। यस कारण अब मेरो छोराहरू सुन! त्यो मैले दिएको उपदेशहरूबाट निलित नहोऊ। स्त्री देखि टाढा बस अनि त्यसको घरको ढोका नजिक पनि नजाऊ।
हितोपदेश 5:3-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अर्काकी स्वास्नीको ओठ महजस्तो मीठा र त्यसको बोली जैतुनको तेलझैँ चिप्ला होलान्, तर अन्तमा त्यो पित्तजस्तै तीतो र दुईधारे तरवारजस्तै हुन्छ। त्यसले तँलाई ओह्रालो मृत्यु-लोकमा पुर्याउँछे, त्यसका पाउहरू मृत्युको बाटोतिर लागेका हुन्छन्। तिनी जीवनको बाटोमा हिँड्दिन तर त्यो त्यागेर कुबाटो हिँड्छे र आफूलाई के हुँदै छ, त्यसले चाल पाउँदिन। ए मेरा छोराहरू हो! अब मेरा कुरा सुन र ती कहिल्यै नछोड। त्यस्ती आइमाईबाट टाढा बस! त्यसको घरको ढोकाको नजिक पनि नजाओ!