YouVersion लोगो
खोज आइकन

हितोपदेश 5:3-8

हितोपदेश 5:3-8 सरल नेपाली

अर्काकी स्‍वास्‍नीको ओठ महजस्‍तो मीठा र त्‍यसको बोली जैतुनको तेलझैँ चिप्‍ला होलान्, तर अन्‍तमा त्‍यो पित्तजस्‍तै तीतो र दुईधारे तरवारजस्‍तै हुन्‍छ। त्‍यसले तँलाई ओह्रालो मृत्‍यु-लोकमा पुर्‍याउँछे, त्‍यसका पाउहरू मृत्‍युको बाटोतिर लागेका हुन्‍छन्। तिनी जीवनको बाटोमा हिँड्दिन तर त्‍यो त्‍यागेर कुबाटो हिँड्छे र आफूलाई के हुँदै छ, त्‍यसले चाल पाउँदिन। ए मेरा छोराहरू हो! अब मेरा कुरा सुन र ती कहिल्‍यै नछोड। त्‍यस्‍ती आइमाईबाट टाढा बस! त्‍यसको घरको ढोकाको नजिक पनि नजाओ!

हितोपदेश 5 पढ्नुहोस्