YouVersion लोगो
खोज आइकन

हितोपदेश 31:25-31

हितोपदेश 31:25-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिनी सामर्थ्‍य र प्रतिष्‍ठाले सुशोभित हुन्‍छिन्, र आउने दिनहरूका बारेमा तिनी हाँस्‍न सक्‍छिन्‌। तिनी बुद्धिसँग बोल्‍छिन्, र तिनको जिब्रोमा विश्‍वास योग्य उपदेश हुन्‍छ। तिनी आफ्‍नो परिवारका कारोबारको रेखदेख गर्छिन्, र आलस्‍यको रोटी खाँदिनन्‌। तिनका छोरा-छोरीहरू खड़ा भएर तिनलाई धन्‍य भन्‍छन्, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्‌: “धेरै स्‍त्रीहरूले उत्तम कुराहरू गर्छन्, तर तिनीहरू सबैलाई तिमीले जितेकी छ्यौ।” सौन्‍दर्य भ्रमात्‍मक हुन्‍छ, र सुन्‍दरता उड़िजाने हुन्‍छ, तर परमेश्‍वरको भय मान्‍ने स्‍त्रीको नै प्रशंसा गरिनुपर्छ। तिनले कमाएको इनाम तिनैलाई दिनू, र तिनका कामले सहरको मूल ढोकामा नै तिनलाई प्रशंसा ल्‍याऊन्‌।

शेयर गर्नुहोस्
हितोपदेश 31 पढ्नुहोस्

हितोपदेश 31:25-31 पवित्र बाइबल (NERV)

तिनी बलीयी अनि मर्यादित छिन्, तिनले भविष्यलाई हेरेर ढुक्क भएर हाँस्न सक्छिन्। तिनको बोलीमा ज्ञान छ, र तिनले मानिसहरूलाई मायालु तथा दयालु बन्न सिकाउँछिन्। तिनले आफ्नो परिवारको कामको हेरविचार गर्छिन्। तिनले कहिले अल्छी गर्दिनन्। तिनलाई आफ्नै बाल बच्चाले प्रशंसा गर्छन्, तिनको पतिले तिनी माथि गर्व गर्छन् र भन्छन्, “संसारमा धेरै असल स्त्रीहरू छन् तर ती मध्ये तिमी नै सर्व-श्रेष्ठ हौ।” आकर्षण र सौन्दर्य क्षणिक वस्तुहरू मात्र हुन्, तर जो स्त्रीले परमप्रभुको डर मान्छे उसको प्रशंसा गर्नु पर्छ। तिनको योग्यताले पाउने इनाम तिनले पाउनु पर्छ अनि तिनले गरेको प्रशंसनीय कार्यहरूका निम्ति तिनी समाजमा प्रशंसित हुनै पर्छ।

शेयर गर्नुहोस्
हितोपदेश 31 पढ्नुहोस्

हितोपदेश 31:25-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ऊसित बल र इज्‍जत छ, भोलिको निम्‍ति उसले चिन्‍ता गर्दिन। उसको बोली बुद्धिले भरिएको हुन्‍छ र असल शिक्षा उसको ओठमा हुन्‍छ। ऊ सधैँ व्‍यस्‍त र काम गरिरहेकी हुन्‍छे र आफ्‍ना परिवारलाई चाहिने कुराहरूको जोहो गर्छे। उसका छोरा-छोरीहरूले उसको गुण मान्‍छन् र उसका लोग्‍नेले उसको प्रशंसा गर्छन्‌। लोग्‍नेचाहिँले यसो भन्‍छन्‌, “धेरै स्‍त्रीहरू असल स्‍वास्‍नीहरू हुन्‍छन् तर तिमीचाहिँ सबैभन्दा असल छ्यौ।” सौन्दर्य छली हुन्‍छ र सुन्‍दरता ओइलिजाने हुन्‍छ तर परमप्रभुलाई आदर गर्ने स्‍त्री प्रशंसाको योग्‍य हुन्‍छे। तिनको सबै मिहेनेतको लागि तिनलाई सम्मान देऊ। तिनले सबैबाट आदर पाउन सुहाउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 31 पढ्नुहोस्