हितोपदेश 31:13-15
हितोपदेश 31:13-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले ऊन र सनपाट चुनेर आफ्ना हातहरूले उत्सुकतासाथ काम गर्छिन्। व्यापारी जहाजहरूले जस्तै तिनले टाढ़ाबाट भोजन ल्याउँछिन्। तिनी राती नै उठ्छिन्, आफ्नो परिवारको लागि भोजनको इन्तिजाम गर्छिन्, र आफ्नी दासी ठिटीहरूलाई आ-आफ्नो भाग दिन्छिन्।
शेयर गर्नुहोस्
हितोपदेश 31 पढ्नुहोस्हितोपदेश 31:13-15 पवित्र बाइबल (NERV)
तिनी सधैँ ऊनी को लुगा, तथा सूतीको लुगा बनाउनमा व्यस्त रहन्छिन्। तिनी टाडा देशबाट आउने समुद्री जहाजले जस्तै, कहींबाट पनि भोजन लिएर घर आउँछिन्। तिनी बिहानै उठी भोजन पकाउँछिन्, अनि आफ्नो परिवार र नोकर्नीहरूलाई बाँड्छिन्।
शेयर गर्नुहोस्
हितोपदेश 31 पढ्नुहोस्हितोपदेश 31:13-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले ऊन र सनपाट चुन्छिन्, र इच्छुक हातले काम गर्छिन्। व्यापारीका जहाजहरूले जस्तै; तिनले टाढाबाट भोजन ल्याउँछिन्। मिरमिरे बिहान नहुँदै तिनी उठ्छिन्, आफ्नो परिवारको निम्ति भोजन जुटाउँछिन्, र आफ्नी सेविकाहरूलाई आ-आफ्नो भाग बाँडिदिन्छिन्।
शेयर गर्नुहोस्
हितोपदेश 31 पढ्नुहोस्