हितोपदेश 3:18-20
हितोपदेश 3:18-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बुद्धिलाई अँगाल्नेहरूका निम्ति त्यो एक जीवनको रूख हो, त्यसलाई पक्रनेहरूले आशिष् पाउनेछन्। बुद्धिले नै परमप्रभुले पृथ्वीको जगहरू बसाल्नुभयो, समझशक्तिले उहाँले आकाशलाई त्यसको ठाउँमा राख्नुभयो। उहाँको ज्ञानले गहिरा सागरहरू फुटिनिस्के, र बादलले तलतिर शीत झारे।
हितोपदेश 3:18-20 पवित्र बाइबल (NERV)
ज्ञान एउटा मानिसको निम्ति जीवनको बृक्ष झैं हो जसले उसलाई बलियो गरी समाउँछ अनि त्यसमा जो टाँसिएर रहेनछ सधैँ धन्य रहन्छन्। परमेश्वरले ज्ञानद्वारा पृथ्वी स्थापना गर्नु भयो, र सम्झ-शक्तिद्वारा आकाश सृजना गर्नु भयो। उहाँको ज्ञानद्वारा परमप्रभुले समुद्र र बादल सृजना गर्नु भयो जसबाट पानी पर्छ।
हितोपदेश 3:18-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बुद्धि पाउनेहरू खुसी हुन्छन्, बुद्धिले तिनीहरूलाई जीवन दिँदछ। परमप्रभुले बुद्धिद्वारा पृथ्वी बनाउनुभयो, उहाँले ज्ञानद्वारा आकाशलाई त्यसको ठाउँमा बसाल्नुभयो। उहाँको बुद्धिले नदीहरू बगिनिस्के र बादलबाट पृथ्वीमा वर्षा भयो।