हितोपदेश 11:1-3
हितोपदेश 11:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
छलको तराजूलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठीक तौलदेखि उहाँ प्रसन्न हुनुहुन्छ। जब अहङ्कार आउँछ, तब अपमान पनि आइलाग्छ, तर नम्रताले बुद्धि ल्याउँछ। ईमानदारी नै सोझाहरूको पथ-प्रदर्शक हो, तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्।
हितोपदेश 11:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
छलको तराजु याहवेहले घृणा गर्नुहुन्छ, तर ठिक ढकदेखि उहाँ प्रसन्न हुनुहुन्छ। जब अहङ्कार आउँछ, तब बदनामी पनि आउँछ; तर नम्रतासँग बुद्धि आउँछ। धर्मीहरूको इमानदारीताले तिनीहरूलाई अगुवाइ गर्छ; तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्।

हितोपदेश 11:1-3 पवित्र बाइबल (NERV)
केही ठग मानिसहरू त्रुटिपूर्ण तराजुहरू प्रयोग गर्छन्। परमप्रभुले त्यस्तो व्यवहार गर्नेहरूलाई घृणा गर्नु हुन्छ तर सही ओजन गर्नेहरूलाई उहाँले मन पराउनु हुन्छ। अपमान घमण्डसँग आँउछ, तर ज्ञान नम्रतासँगै आउँछ। ईमानदार मानिसहरूलाई आफ्नो ईमान्दारीले पथ-प्रदर्शन गराउँछ, तर विश्वासघातीहरूलाई तिनीहरूको दुष्टताले नै सर्वनाश गराउँछ।
हितोपदेश 11:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
छली तराजु चलाउनेलाई परमप्रभुले घृणा गर्नुहुन्छ, ठीक तौलको ढकसित उहाँ खुसी हुनुहुन्छ। अहङ्कारी मानिसको चाँडै बेइज्जत हुन्छ, नम्र स्वभाव राख्नु बुद्धिको कुरा हो। तिमी भलो छौ भने इमानदारीता त्याग्दैनौ। तर भरोसा गर्न नसकिने मानिसहरू आफ्नै छल-कपटमा नष्ट भइजान्छन्।