फिलिप्पी 3:8-9
फिलिप्पी 3:8-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
साँच्चै भन्ने हो भने ख्रीष्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रीष्टलाई प्राप्त गर्न सकूँ भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु, अनि ती सबैलाई फोहोर-मैला तुल्य म गन्दछु, र सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकूँ। व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो, जो ख्रीष्टमाथि निर्भर हुन्छ, जुनचाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो।
फिलिप्पी 3:8-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हो, मेरा प्रभु ख्रीष्ट येशूको असीम मूल्यको ज्ञानको तुलनामा म अरू सबै कुराहरूलाई नै व्यर्थको ठान्दछु। उहाँको निम्ति मैले अरू सबै कुराहरू त्यागेको छु; त्यसलाई कसिङ्गरतुल्य ठानेको छु, ताकि म ख्रीष्टलाई प्राप्त गर्न सकूँ। उहाँमा पाइन सकूँ, व्यवस्था पालनबाट आउने मेरो आफ्नै धार्मिकतामा होइन, तर ख्रीष्टमाथिको विश्वासद्वारा आउने त्यो धार्मिकता, जुन धार्मिकता विश्वासको आधारमा परमेश्वरबाट आउँछ।
फिलिप्पी 3:8-9 पवित्र बाइबल (NERV)
त्यति मात्र होइन, म सम्झन्छु, मेरा प्रभु येशू ख्रीष्टको महानतालाई बुझ्नेको तुलनामा प्रत्येक कुरो नगन्य रहेछ। ख्रीष्ट भेट्टाउँ भनी मैले नै प्रत्येक कुरो छोडिदिएँ अनि अहिले ती सबे वेकार ठान्छु। अनि यसले मलाई ख्रीष्ट अप्नाउन दियो। ख्रीष्टमा म धार्मिक छु, तर यो उपयुक्त नियम पछ्याएकोले होइन। यो परमेश्वरमा विश्वासको माध्यमद्वारा आउँछ। परमेश्वरले मलाई धार्मिक बनाउनु ख्रीष्टमा मेरो विश्वासलाई प्रयोग गर्नुभयो
फिलिप्पी 3:8-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यति मात्र होइन, येशू ख्रीष्ट मेरा प्रभु हुन् भन्ने अति बहुमूल्य ज्ञान पाएर अरू सब कुरा व्यर्थको ठान्छु। उहाँकै निम्ति मैले सबै कुरा त्यागिदिएको छु र उहाँलाई पाऊँ भनेर मैले यी सबै कुरा कसिङ्गर सम्झेको छु र उहाँमा नै लीन हुन चाहन्छु। व्यवस्था मानेर परमेश्वरको अघि ठीक ठहरिने मेरो आफ्नै धार्मिकता छैन। तर अब त परमेश्वरले नै मलाई ख्रीष्टमा विश्वास गरेकोले ठीक ठहराउनुहुन्छ। यो धार्मिकता विश्वासमा अडेको छ।