फिलिप्पी 3:3-9
फिलिप्पी 3:3-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि परमेश्वरलाई आत्मामा पुज्ने र ख्रीष्ट येशूमा गर्व गर्ने र शरीरमा भरोसा नराख्ने साँचो खतना हामी नै हौं। यद्यपि म आफैलाई त शरीरमा भरोसा राख्ने कारण छ। कुनै मानिसले शरीरमा भरोसा राख्ने कारण छ भन्ठान्छ भने, मेरो त झन् बढ़ी कारण छ। आठौँ दिनमा मेरो खतना भएको हो। म इस्राएल जातिको, बेन्यामीन कुलको हुँ, हिब्रूको पनि हिब्रू, व्यवस्थाको विषयमा हो भने एक फरिसी, जोशको विषयमा हो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकताबमोजिम निष्खोट ठहरिएको हुँ। तर जति कुरा मेरो निम्ति लाभदायक थिए, ती त मैले ख्रीष्टको खातिर हानि नै ठानें। साँच्चै भन्ने हो भने ख्रीष्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रीष्टलाई प्राप्त गर्न सकूँ भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु, अनि ती सबैलाई फोहोर-मैला तुल्य म गन्दछु, र सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकूँ। व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो, जो ख्रीष्टमाथि निर्भर हुन्छ, जुनचाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो।
फिलिप्पी 3:3-9 नेपाली समकालीन संस्करण (NCV)
किनकि हामी खतना भएकाहरू हौं, जसले परमेश्वरका आत्माद्वारा उहाँको सेवा गर्दछौं; हामी ख्रीष्ट येशूमा गर्व गर्दछौं र जसले मानवीय परिश्रमहरूमा कुनै भरोसा राख्दैनौं। यद्यपि म आफूसँग पनि मानवीय उपलब्धीहरूमा भरोसा राख्ने कारणहरू छन्। यदि कसैले आफूलाई यी कुराहरूमा भरोसा राख्ने कारणहरू छन् भनी ठान्दछ भने मसँग झन् धेरै कारणहरू छन्: आठौं दिनमा खतना भएको, इस्राएल जातिको मानिस, बेन्यामीनको कुलको, हिब्रूहरूको हिब्रू; यहूदीहरूको व्यवस्थाको अभ्यासको विषयमा हो भने एक फरिसी हुँ; जोशको विषयमा हो भने मण्डलीलाई सताउने; व्यवस्थाबमोजिम धार्मिक ठहरिने कुरामा हो भने दोषरहित थिएँ। तर जे कुराहरू मेरा निम्ति मूल्यवान् थिए, अब ती कुराहरूलाई ख्रीष्टको निम्ति म व्यर्थको ठान्दछु। हो, मेरा प्रभु ख्रीष्ट येशूको असीम मूल्यको ज्ञानको तुलनामा म अरू सबै कुराहरूलाई नै व्यर्थको ठान्दछु। उहाँको निम्ति मैले अरू सबै कुराहरू त्यागेको छु, त्यसलाई कसिङ्गरतुल्य ठानेको छु, ताकि म ख्रीष्टलाई प्राप्त गर्न सकूँ। उहाँमा पाइन सकूँ, व्यवस्था पालनबाट आउने मेरो आफ्नै धार्मिकतामा होइन, तर ख्रीष्टमाथिको विश्वासद्वारा आउने त्यो धार्मिकता, जुन धार्मिकता विश्वासको आधारमा परमेश्वरबाट आउँछ।
फिलिप्पी 3:3-9 पवित्र बाइबल (NERV)
तर हामी साँच्चै खतना गरिएकाछौं। हामी परमेश्वरलाई आत्माद्वारा आराधना गर्छौं। हामीले हाम्रो विश्वास ख्रीष्ट येशूमा राख्नेछौं अनि हामी के गर्न सक्छौ त्यसमा होइन। म आफैंमा भर पर्न सक्छु, तर म पर्दिन। यदि कसैले भन्छ कि ऊ आफैंमा भरोसा गर्न सक्छ तब म त्यो भन्दा ज्यादा गर्न सक्छु। म जन्मेको आठौं दिनमा मेरो खतना भएको हो। म इस्राएल राष्ट्रको हुँ र बिन्यामीन वंशको हुँ। म एकजना यहूदी हुँ र मेरा आमा-बाबु पनि यहूदी नै थिए। मोशाको व्यवस्था मेरो लागि महत्वपूर्ण थियो। त्यसैले म फरिसी भएँ। म यहूदी धर्मको कट्टर सर्मथक थिएँ। मैले मण्डलीलाई खेदो गरें। मैले जुन प्रकारले मोशाको व्यवस्था पालन गरें त्यसमा कसैले भूल भेट्न सक्दैनथे। एक समयमा यी सब मेरो लागि महत्वपूर्ण थियो। तर मैले ठानें, ख्रीष्टको अघि ती सब व्यर्थका रहेछन्। त्यति मात्र होइन, म सम्झन्छु, मेरा प्रभु येशू ख्रीष्टको महानतालाई बुझ्नेको तुलनामा प्रत्येक कुरो नगन्य रहेछ। ख्रीष्ट भेट्टाउँ भनी मैले नै प्रत्येक कुरो छोडिदिएँ अनि अहिले ती सबे वेकार ठान्छु। अनि यसले मलाई ख्रीष्ट अप्नाउन दियो। ख्रीष्टमा म धार्मिक छु, तर यो उपयुक्त नियम पछ्याएकोले होइन। यो परमेश्वरमा विश्वासको माध्यमद्वारा आउँछ। परमेश्वरले मलाई धार्मिक बनाउनु ख्रीष्टमा मेरो विश्वासलाई प्रयोग गर्नुभयो
फिलिप्पी 3:3-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
साँचो खतना लाउने त हामीहरू पो हौं किनभने हामी त परमेश्वरलाई पवित्र आत्माले पुज्छौं अनि ख्रीष्ट येशूमा हामी घमण्ड गर्छौं। हामी कुनै बाहिरी रीतिथितिमा भरोसा राख्तैनौं। बाहिरी कुरामा भरोसा राख्ने भए म सबैभन्दा बढी भरोसा राख्न सक्नेथिएँ किनभने मलाई त जन्मेको आठ दिनमा नै खतना लगाइदिएको थियो। जन्मले नै भन्ने हो भने म बेन्यामीन कुलको इस्राएली हुँ। म झर्रा हिब्रू हुँ। व्यवस्था मान्नेहरूमा म फरिसी थिएँ। जोशिलो भएर मैले ख्रीष्टका मण्डलीको खेदो गरें। व्यवस्था मानेर परमेश्वरको अघि ठीक हुनेभए म ठीक थिएँ। तर त्यस बेला मैले आफ्नो निम्ति लाभदायक सम्झेका सबै कुरा अब ख्रीष्टको निम्ति त व्यर्थै ठान्छु। यति मात्र होइन, येशू ख्रीष्ट मेरा प्रभु हुन् भन्ने अति बहुमूल्य ज्ञान पाएर अरू सब कुरा व्यर्थको ठान्छु। उहाँकै निम्ति मैले सबै कुरा त्यागिदिएको छु र उहाँलाई पाऊँ भनेर मैले यी सबै कुरा कसिङ्गर सम्झेको छु र उहाँमा नै लीन हुन चाहन्छु। व्यवस्था मानेर परमेश्वरको अघि ठीक ठहरिने मेरो आफ्नै धार्मिकता छैन। तर अब त परमेश्वरले नै मलाई ख्रीष्टमा विश्वास गरेकोले ठीक ठहराउनुहुन्छ। यो धार्मिकता विश्वासमा अडेको छ।