गन्ती 26:52-54
गन्ती 26:52-54 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले मोशालाई भन्नुभयो, “तिनीहरूका नाउँको संख्याअनुसार देश तिनीहरूका अधिकारको निम्ति बाँड़िओस्। ठूलो कुललाई ठूलै भूमि र सानो कुललाई सानै भूमि गरी तैंले दिनू। एक-एक कुललाई त्यसका मानिसको संख्याअनुसार अधिकार दिइओस्।
शेयर गर्नुहोस्
गन्ती 26 पढ्नुहोस्गन्ती 26:52-54 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले मोशालाई भन्नुभयो, “देशचाहिँ पैतृक सम्पत्तिको रूपमा तिनीहरूको नामको संख्याको आधारमा तिनीहरूलाई बाँडिदिनू। ठूलो दल हुनेलाई ठूलो भाग र सानो दल हुनेलाई सानै भाग दिनू। सूचीमा भएका संख्याअनुसार हरेकले आफ्नो पैतृक सम्पत्तिको भाग पाओस्।
शेयर गर्नुहोस्
गन्ती 26 पढ्नुहोस्गन्ती 26:52-54 पवित्र बाइबल (NERV)
परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरू माझ भूमि वितरण गरिन्छ र तिनीहरूलाई दिइन्छ। यसरी ती सबै गन्तीमा परेका मानिसहरू प्रत्येकले प्रशस्त भूमि पाउनेछन्। ठूलो परिवारले धेरै र सानो परिवारले कम्ती गरी भूमि पाउनेछन्। तिनीहरूलाई दिइएको भूमि गन्ती गरिएका मानिसहरू बराबर हुनेछ।
शेयर गर्नुहोस्
गन्ती 26 पढ्नुहोस्